सिनेमा
-
२०७९ माघ १८, बुधबार
भारतको नाटु नाटु र द एलिफ्यान्ट व्हिस्परर्स ओस्कारमा मनोनित
एजेन्सी – ९५ औँ संस्करणको एकेडेमी अवार्ड (ओस्कर)मा भारत तीन ओटा मनोनयनमा पर्न सफल भएको छ । एसएस राजामौलीको ब्लकबस्टर फिल्म आरआरआर बाट नातु नातु गीत, डकुमेन्ट्री फिचर विधामा ‘अल दैट ब्रेथ्स’ र छोटो वृत्तचित्र विधामा ‘द एलिफ्यान्ट व्हिस्परर्स’ मनोनयनमा परेको छ । त्यसो त तेलुगु हिट डान्स ट्राक नातु नातुले गोल्डेन ग्लोब जिति सकेको छ । यो सँगै यो गीत गोल्डेन ग्लोब जित्ने पहिलो भारतीय गीत पनि हो ।...
-
२०७९ माघ १६, सोमबार
लक्की फिल्मी अवार्डको प्रचार प्रसार आरम्भ
मोफसलमा रहेर नेपालको चलचित्र र कला क्षेत्रको उत्थानमा क्रियाशिल चितवनको लक्की मिडिया हाउसले आयोजना गर्न लागेको ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी तीब्र रुपमा आरम्भ गरेको छ । सोही क्रममा फिल्मी अवार्डको प्रचार सामाग्री ‘स्टिकर’ सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको मुख्य कार्यालय भरतपुरमा सो प्रचार सामाग्री सार्वजनिक गरिएको हो । कार्यक्रममा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ सर्जन...
-
२०७९ माघ १५, आइतबार
सही पत्रकारिताले चलचित्रलाई सघाउने राय सहित कार्यशाला सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा काठमाडौंमा दुई दिने कार्यशाला सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको हलमा शुक्रबारदेखि प्रारम्भ भएको कार्यशालामा काठमाडौं तथा मोफसलका एक सय बढी पत्रकार सहभागी छन् भने समापन कार्यक्रममा कार्यशालामा सहभागि प्रशिक्षार्थी पत्रकारहरु लगाएत प्रशिक्षक पत्रकारहरुलाई प्रमुख अतिथी चलचित्र विकास बोर्डका अधयक्ष विशिष्ट अभिनेता भुवनके सि ले प्रमाण पत्र प्रदान गरे । दुई...
-
२०७९ माघ १२, बिहिबार
निफको छैठौं संस्करणमा प्रदिप खडकाको "प्रसाद”लगायतका नेपाली चलचित्रहरुको भिडन्त हुने
छैटौं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुने भएको छ । यो महोत्सवमा वर्ल्ड पानोरामा, नेशनल फिचर, इन्टरनेशनल डकुमेण्ट्री फिल्म, नेशनल डकुमेण्ट्री,इन्टरनेशनल नाराएटिभ शर्ट्स,इन्टरनेशनल एनिमेटेड शर्ट्स,नेशनल शर्ट्स विधामा प्रतिस्पर्धा हुनेछ भने नेशनल फिचर अन्तर्गतको प्रतिस्पर्धामा प्रदिप खडका अभिनित र दिनेश राउत निर्देशित चलचित्र...
-
२०७९ माघ ८, आइतबार
लक्की मिडियाका हरि कार्कीले गरे चितवन लक्की बन्ने दावा
कोराना संक्रमणले गर्दा नेपाली चलचित्र क्षेत्रमा २ वर्ष शून्यता को अवस्था रह्यो । लामो समय र निकै संघर्ष पछी चलचित्रहरु लयमा आउन थालेको छ । ठप्प बनेका मनोरञ्जन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका कामहरु सुरु हुन लागिरहेका छन् । कलाकारलाई हौसला दिन फिल्मी अवार्डहरु फेरी हुने क्रममा छन् । अहिले मोफसलमा पनि अवार्डको वातावरण बनिरहेको छ । ६ वर्ष पहिले स्थापना भएको चितवनको लक्की मिडिया हाउसले फिल्मी...
-
२०७९ माघ ३, मंगलबार
पल शाहले पाए सफाइ, तर जेलबाट नछुट्ने
काठमाडौं - नाबालिग जबर्जस्तीकरणी अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले जबर्जस्तीकरणी अभियोगमा दाबी नपुगेको भन्दै अभिनेता शाहलाई सफाइ दिएको हो । अभिनेता साहसँगै शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिइएको छ । तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त...
-
२०७९ पौष २९, शुक्रबार
सरकारलाई दबाब दिन चलचित्र निर्माताहरुको बृहत भेला
नेपाली चलचित्र निर्माताहरु काठमाडौँमा शुक्रबार भेला भएर एउटा बृहत अन्तर्क्रिया सम्पन्न गरेका छन् । आफ्ना बिभिन्न मागहरुलाई सरकारसमक्ष पेश गर्ने उद्देश्यले चलचित्र विकास बोर्डको सिनेमा हलमा झण्डै दुई सयको संख्यामा निर्माताहरु भेला भई यसरी छलफल गरेका हुन् । नेपाली चलचित्रको गर्विलो इतिहास धरमराउन लागेको र यसको भबिष्यको बारेमा अब सोच्नैपर्ने बेला आएको भन्दै नेपाल चलचित्र निर्माता संघले निर्माताहरुको...
-
२०७९ पौष २५, सोमबार
चलचित्र कलाकार संघको अध्यक्षका पदका लागि ५ जनाको उम्मेदवारी घोषणा
नेपाली चलचित्रमा अभिनय गर्ने कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको महाधिवेशन आगामी चैत ४ गते हुँदैछ भने महाधिवेशन नजिकिएसँगै चलचित्रकर्मीहरु अहिले नेतृत्वमा आउनका लागि दौडधुपमा व्यस्त छन्। अहिले यसै सन्दर्भया संघको अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्दो छ। यसैबीच, कलाकार संघको आसन्न चुनावमा पाका कलाकार मोहन निरौलाले पनि अध्यक्ष पदमा उठ्ने बताएका छन्। औपचारिक घोषणा...
-
२०७९ मङ्सिर २८, बुधबार
रिभेन्ज लभको ट्रेलर सार्वजनिक
अहिले नेपाली चलचित्र जगतमा गतिविधिहरु बढ्न थालेको छ । यसै क्रममा निर्देशक मन्दिप राना निर्देशित तेस्रो चलचित्र "रिभेन्ज लभ”को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रको ट्रेलरमा नयाँ तथा पुराना कलाकारकको अभिनय रहेको छ भने यो चलचित्र पोखराका युवाहरुले मिलेर सिनेमा निर्माण गरेका हुन् । यस चलचित्रमा काम गर्ने कलाकार तथा प्राविधिक पनि अधिकांश पोखरा कै छन् । प्रेममा बदला र समर्पणको कथाबस्तु...
-
२०७९ मङ्सिर २६, सोमबार
‘ऐना झ्यालको पुतली’लाई कौतिक अन्तर्राष्ट्रिय फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मको पुरस्कार
काठमाडौं - ‘ऐना झ्यालको पुतली’सँग यतिबेला खुसीका खबर छन् । नेपाली बक्स अफिसमा एक करोड रुपैयाँभन्दा बढी कमाएको फिल्मले यतिबेला ओस्कारमा अन्तर्राष्ट्रिय फिचर विधातर्फ भाग लिएको छ । फेस्टिभल र अवार्डको मौसम सुरु भएको छ र सुजित बिडारी निर्देशित फिल्मले पुरस्कार जित्न थालेको छ । आइतबार यस्तै एउटा खबर भारतबाट आइपुग्यो जहाँ यो फिल्मले चार विधामा अवार्ड जित्न सफल भएको छ । भारतको प्रतिष्ठित कौतिक...
-
२०७९ मङ्सिर १९, सोमबार
नेफ्टा फिल्म अवार्ड अब अमेरिकामा
नेपालको फिल्म अवार्डको इतिहासमा पृथक पहिचान कायम गर्न सफल नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३) अवार्ड हुन लागेको जनाएको छ । यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो । अध्यक्ष पुष्कर लामाले...



