सिनेमा
-
२०७९ पौष २९, शुक्रबार
सरकारलाई दबाब दिन चलचित्र निर्माताहरुको बृहत भेला
नेपाली चलचित्र निर्माताहरु काठमाडौँमा शुक्रबार भेला भएर एउटा बृहत अन्तर्क्रिया सम्पन्न गरेका छन् । आफ्ना बिभिन्न मागहरुलाई सरकारसमक्ष पेश गर्ने उद्देश्यले चलचित्र विकास बोर्डको सिनेमा हलमा झण्डै दुई सयको संख्यामा निर्माताहरु भेला भई यसरी छलफल गरेका हुन् । नेपाली चलचित्रको गर्विलो इतिहास धरमराउन लागेको र यसको भबिष्यको बारेमा अब सोच्नैपर्ने बेला आएको भन्दै नेपाल चलचित्र निर्माता संघले निर्माताहरुको...
-
२०७९ पौष २५, सोमबार
चलचित्र कलाकार संघको अध्यक्षका पदका लागि ५ जनाको उम्मेदवारी घोषणा
नेपाली चलचित्रमा अभिनय गर्ने कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको महाधिवेशन आगामी चैत ४ गते हुँदैछ भने महाधिवेशन नजिकिएसँगै चलचित्रकर्मीहरु अहिले नेतृत्वमा आउनका लागि दौडधुपमा व्यस्त छन्। अहिले यसै सन्दर्भया संघको अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्दो छ। यसैबीच, कलाकार संघको आसन्न चुनावमा पाका कलाकार मोहन निरौलाले पनि अध्यक्ष पदमा उठ्ने बताएका छन्। औपचारिक घोषणा...
-
२०७९ मङ्सिर २८, बुधबार
रिभेन्ज लभको ट्रेलर सार्वजनिक
अहिले नेपाली चलचित्र जगतमा गतिविधिहरु बढ्न थालेको छ । यसै क्रममा निर्देशक मन्दिप राना निर्देशित तेस्रो चलचित्र "रिभेन्ज लभ”को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रको ट्रेलरमा नयाँ तथा पुराना कलाकारकको अभिनय रहेको छ भने यो चलचित्र पोखराका युवाहरुले मिलेर सिनेमा निर्माण गरेका हुन् । यस चलचित्रमा काम गर्ने कलाकार तथा प्राविधिक पनि अधिकांश पोखरा कै छन् । प्रेममा बदला र समर्पणको कथाबस्तु...
-
२०७९ मङ्सिर २६, सोमबार
‘ऐना झ्यालको पुतली’लाई कौतिक अन्तर्राष्ट्रिय फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मको पुरस्कार
काठमाडौं - ‘ऐना झ्यालको पुतली’सँग यतिबेला खुसीका खबर छन् । नेपाली बक्स अफिसमा एक करोड रुपैयाँभन्दा बढी कमाएको फिल्मले यतिबेला ओस्कारमा अन्तर्राष्ट्रिय फिचर विधातर्फ भाग लिएको छ । फेस्टिभल र अवार्डको मौसम सुरु भएको छ र सुजित बिडारी निर्देशित फिल्मले पुरस्कार जित्न थालेको छ । आइतबार यस्तै एउटा खबर भारतबाट आइपुग्यो जहाँ यो फिल्मले चार विधामा अवार्ड जित्न सफल भएको छ । भारतको प्रतिष्ठित कौतिक...
-
२०७९ मङ्सिर १९, सोमबार
नेफ्टा फिल्म अवार्ड अब अमेरिकामा
नेपालको फिल्म अवार्डको इतिहासमा पृथक पहिचान कायम गर्न सफल नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३) अवार्ड हुन लागेको जनाएको छ । यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो । अध्यक्ष पुष्कर लामाले...
-
२०७९ मङ्सिर १९, सोमबार
किम्फको बीसौं संस्करण यहि विहिबार देखि शुरु हुने
विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिने अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल किम्फको २० औँ संस्करण मंसिर २२ (डिसेम्बर ८) देखि सुरु हुने भएको छ भने मंसिर २६ (डिसेम्बर १२) सम्म हुनेछ। महोत्सव काठमाडौँ, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुनेछ। पाँचदिने महोत्सवमा यसपटक ३० देशका ६० भन्दा बढी फिल्म देखाइनेछन्। महोत्सवमा...
-
२०७९ कार्तिक २३, बुधबार
सुविख्यात चलचित्र निर्देशक चेतन कार्कीको सम्झना
चेतन कार्की प्रतिष्ठानको आयोजनामा मंगलबार एक कार्यक्रम आयोजना गरी प्रसिद्ध चलचित्रकर्मी, गीतकार तथा संस्कृतिविद् चेतन कार्कीको ८५ औँ जन्मजयन्तीका अवसरमा उनको चलचित्र र सांस्कृतिक क्रियाशीलतालाई सम्झने काम गरिएको छ । चेतन कार्की प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले चेतन कार्कीसँगका केही स्मरण सुनाउँदै कार्की स्वाभिमानी भएको...
-
२०७९ कार्तिक २०, आइतबार
आलिया भट्टलाई पुत्रीलाभ
काठमाडौं - बलिउडकी क्यूट अभिनेत्री आलिया भट्टले आइतबार मुम्बईको रिलायन्स फाउन्डेशन अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी छन् । अभिनेत्री आलियाले आज पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । योसँगै आलिया र रणवीर कपूरको घरमा छोरी (लक्ष्मी)को जन्म भएको छ । डेलिभरीको समयमा आलियासँगै श्रीमान रणवीर कपूर पनि उपस्थित थिए । योसँगै रणवीर र आलिया एक छोरीको आमाबुवा बनेका छन् । अभिनेत्रीको डेलिभरी...
-
२०७९ कार्तिक १२, शनिबार
बन्जी जम्प गरेर नेवाः फिल्म "गालय् वन”को प्रोमोशन
एउटा नयाँ सोच संगै चलचित्रको प्रोमोशन गर्ने क्रममा नेवाः फिल्म "गालय् वन”का निर्देशक संयुक्त स्थापितले धौलागिरी अंचल पर्वत जिल्लाको कुस्मा पर्वतमा रहेको दक्षिण एशियाकै सबै भन्दा लामो बन्जी जम्प गरेका छन् भने अहिले नेवाः फिल्मवृत्तमा यो बन्जी जम्प चर्चाको विषय बनिरहको छ । नेपालभाषाको चलचित्रको यात्रामा ऐतिहाँसिक विषयबस्तुलाई आधार बनाई चलचित्र बनाउने चलन "राजमति” , "सिलु” हुदै "जामन गुभाजु” सम्म...
-
२०७९ कार्तिक ६, आइतबार
अभिनेता अधिकारीबारे प्रकाशित भ्रामक खबरको कलाकार संघको खेद प्रकट
नेपाल चलचित्र कलाकार संघका सदस्य अभिनेता रामचन्द्र अधिकारीको सम्बन्धमा सामाजिक सन्जालमा आएको समाचार प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ भनि एक विज्ञप्ति प्रकाशन गरेको छ । अभिनेता रामचन्द्र अधिकारी केही दिन अगाडी देखी निमोनियाको कारणवाट मेडी केयर अस्पतालमा उपचार गराइ रहनु भएको कुरा उल्लेख गर्दै संघका का.वा अध्यक्ष सानु कुमार ताम्राकार तथा कार्यकारिणी सदस्यज्युहरुले उहालाइ बारम्बार भेट गरिहनु...
-
२०७९ आश्विन २६, बुधबार
सन्तोष पन्तको ‘हिजोआजका कुरा’ शुक्रबार देखि प्रदर्शन हुने
दुई दशक अगाडी निकै लोकप्रिय रहेको टेलिसिरियल ‘हिजोआजका कुरा’ चलचित्रको रुपमा प्रर्दशन हुने भएको छ। वरिष्ठ हास्यकलाकार सन्तोष पन्तको मुख्य भूमिका रहेको यो चलचित्रमा पुरानै कलाकारहरु रमा थपलिया, सबिन शाक्य, मंजु श्रेष्ठलगाएत नयाँ थप अनुहारका चर्चित कलाकारहरु रीचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारी जस्ता चर्चित नायिकाहरुका साथमा जयनन्द लामा, लक्ष्मी भुषाल, निरन्जन अर्याल, रमेश अधिकारी, कमला रेग्मी...



