-
२०८२ फाल्गुण ५, मंगलबार
हृदयचन्द्र स्मृति सम्मान’ प्रदान
काठमाडौँ, साहित्य सदन नेपालको स्थापना दिवस तथा हृदयचन्द्रसिंह प्रधानको १११औँ जन्मजयन्तीका अवसरमा यस वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ वरिष्ठ साहित्यकार राम विनयलाई प्रदान गरिएको छ ।साढे छ दशक लामो साहित्य साधना गरी कविता, निवन्ध र कथा सृजना तथा साहित्य सन्ध्या संस्थामा नेतृत्व गर्दै साहित्यका माध्यमबाट समाज परिवर्तनमा पुर्याउनुभएको योगदानको कदर गर्दै सोमबार आयोजित कार्यक्रममा विनयलाई सम्मान...
-
२०८२ फाल्गुण ५, मंगलबार
भक्तपुर १ का उम्मेदवारहरु विकासको ‘एजेन्डा’सहित घरदैलोमा
भक्तपुर, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रचारप्रसारमा जुटेका दलका उम्मेदवारहरु घरदैलो अभियान लिएर गाउँ पसेका छन् । प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र २ मा उम्मेदवारी दिएका मुख्य दलहरुले घरदैलो अभियान सञ्चालन गरेर मतदाताका घरघरमा मत माग्न पुगेका हुन् । बिहान र अपराह्न गरी दुई चरणमा अभियानको तालिका नै बनाएर नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेमकिपा, नेकपा,...
-
२०८२ फाल्गुण ५, मंगलबार
तीन किलो चाँदीसहित एक जना पक्राउ
काठमाडौँ, चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन् । वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रीवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको छ । चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल...
-
२०८२ फाल्गुण ४, सोमबार
नेमकिपाको घोषणा पत्र : भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजाय
काठमाडौं - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो पार्टीका सचिव प्रेम सुवालले ठूला भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजाय गर्नुपर्ने कुरा समेत घोषणा पत्रमा उल्लेख गरिएको बताए। घोषणा पत्रमा जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको...
-
२०८२ फाल्गुण ४, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा ‘नागरिक करार पत्र’ सार्वजनिक
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पाँच वर्षका लागि आफ्नो स्पष्ट मार्गचित्रसहितको नागरिक करार सार्वजनिक गरेको छ । नागरिकको मतलाई लगानीको रूपमा परिभाषित गर्दै पार्टीले पाँच वर्षभित्र ठोस प्रतिफल दिने वाचासहित यो विशेष अवधारणा अघि सारेको हो। रास्वपाले सदाचार, आर्थिक समृद्धि, रोजगारी, पूर्वाधार र प्रवास गरी मुख्य पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्ना योजनाहरू प्रस्तुत गरेको...
-
२०८२ फाल्गुण ३, आइतबार
साम्प्रदायिक विद्वेष नफैलाउन निर्वाचन आयोगको आह्वान
काठमाडौँ, निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचारप्रसार नगर्न नगराउन र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार नगर्न वा मत नमाग्न निर्देशन जारी गरेको छ । आयोगले आज जारी गरेको ६४ बुँदे निर्देशनमा निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुईवटा दुई पाङ्ग्रे्रे वा तीन...
-
२०८२ फाल्गुण ३, आइतबार
खुम्बू ल्होसार कपको उपाधि महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्चलाई
काठमाडौँ, शेर्पा समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा आयोजित १५औँ खुम्बू ल्होसार कप–२०२६ फुटबल प्रतियोगिताको उपाधि महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकले हात पारेको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न फाइनल खेलमा नाम्चे युथ क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै फराकले उपाधि जितेको हो । नाम्चे युथ क्लब उपविजेतामा सीमित रहँदा खुम्जुङ युथ क्लबले तेस्रो स्थान सुरक्षित ग¥यो ।...
-
२०८२ फाल्गुण ३, आइतबार
निलकृष्ण–जशोदा सिटौला फाउण्डेशनद्वारा विभिन्न व्यक्तित्व सम्मानित
निलकृष्ण–जशोदा सिटौला फाउण्डेशन, नर्दन क्यालिफोर्नियाद्वारा आयोजित सम्मान तथा पुरस्कार अर्पण समारोह २०८२ मा सामाजिक अभियन्ता तथा संयुक्त अपाङ केन्द्रका अध्यक्ष तिलबहादुर कार्की सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू एक समाारोहमा सम्मानित भएका छन् । साे समारोहका क्रममा कार्कीलाई नगद ७२ हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो । विगत दुई दशकदेखि अभिभावकविहीन तथा असहाय बालबालिकाको क्षेत्रमा निरन्तर...
-
२०८२ फाल्गुण ३, आइतबार
जापानमा म्युजिक भिडियो र पुस्तक सार्वजनिक
शिवरात्रीको दिनमा जापान देशको शिजुओका प्रान्तको फुजिनोमिया महानगरपालिकाको भवनमा प्रा. ई. नरेश महर्जनज्युले नेपाल जापान दुई देशको सुमधुर दौत्य सम्बन्ध गाँसेको ७० वर्ष पुगेको अवसरमा एउटा म्युजिक भिडियो र साहित्यकार रिता महर्जन रितुकाे जापान यात्रा संस्मरण पुस्तक विमाेचन समेत गरी दुइवटा नेपाली कार्यक्रम सम्पन्न भएको छ। जापानमा विगत ४ दशक देखि बस्दै आउनुभएका प्रा. ई. नरेश महर्जनज्युले नेपाल जापान...
-
२०८२ फाल्गुण ३, आइतबार
भारतका नौ प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार'
नइ एकेडेमीले नेपाली भाषासाहित्यको पठनपाठन तथा अनुसन्धानका साथै 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन'को उचाइ अभिवृद्धिमा विशिष्ट योगदानका लागि भारतका नौ जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने भएको छ । यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् । प्रा.डा.कविता लामा, प्रा.डा.कृष्णराज घतानी, डा.टेकबहादुर छेत्री, प्रा.डा.दिवाकर प्रधान, डा.दैवकीदेवी तिम्सिना, प्रा....
-
२०८२ फाल्गुण २, शनिबार
विदेशी भुमिकाे हिँउको आँगनमा शिल्पा पाेखरेल
भ्यालेण्टाइन डे अर्थात प्रणय दिवसको अवसर पारेर बहुप्रतिभाशाली सर्जक एक जमानामा नायक का रुपमा चर्चित इश्वर थापाको प्रस्तुति तथा निर्देशनमा तयार गरिएको ‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ। भिडियोमा नायिका शिल्पा पोखरेल र सुगम श्रेष्ठको अभिनय रहेको छ भने गायक इश्वर थापा र गायिका अलिसा गुरुङको सुमधुर स्वरले गीतलाई अझ आकर्षक बनाएको छ। प्रेमभाव झल्किने उक्त गीतमा शब्द...
-
२०८२ फाल्गुण २, शनिबार
चलचित्रकर्मी दक्षता अभिवृद्धि गर्ने क्रममा ध्वनि तालिम सुरु हुने
नेपाली चलचित्र उद्योगको गुणस्तर उकास्न र पर्दा पछाडिका स्रष्टाहरूको योगदानलाई संस्थागत सम्मान दिन चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०८२/०८३ लाई ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ का रूपमा मनाउँदै विभिन्न विशेष तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ। यही अभियानअन्तर्गत ध्वनी संयोजनकर्ताहरूका लागि अत्यन्त महत्वपूर्ण मानिएको “Spot Sync Sound Training” काठमाडौंमा आयोजना हुने भएको छ। यस वर्ष...


