STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ २, सोमबार

    गुठी विधेयक फिर्ता नलिए सडकमा आउने

    सांसद दिलेन्द्रप्रसाद बढूले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । केही दिन पहिले उक्त विधेयक छलफलका लागि राष्ट्रियसभामा पेस भएको थियोे । प्रतिनिधिसभाको आजको बैठकको शुरुआतमा नेपाली काङ्ग्रेसका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसद बढूलाई बोल्न समय उपलब्ध गराउनुभएपछि उहाँले उक्त विधेयक फिर्ता नलिए सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । ंसांसद बढूले...

  • २०७६ आषाढ २, सोमबार

    राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सञ्चालन

    कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढ्ने क्षमतामा सुधार ल्याई उनीहरुको शैक्षिक स्तर राम्रो बनाउन बर्दियामा एक वर्षदेखि राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालनमा रहेको छ । बाँकेमा सफलतापूर्वक सम्पन्न भएपछि सरकारले बाँके युनेस्को क्लबलाई गत साउन महीनादेखि बर्दियामा सो कार्यक्रम सञ्चालनको जिम्मेवारी दिएको हो । नेपाल सरकारले देशका १६ जिल्लामा सञ्चालन गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ...

  • २०७६ आषाढ २, सोमबार

    कृषि, पर्यटन, उद्योग, सिँचाइ र पूर्वाधारमा प्राथमिकता

    गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार, कृषि, पर्यटन र उद्योग क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।  प्रदेश सरकारले सबैभन्दा बढी रकम भौतिक पूर्वाधार निर्माण शीर्षकमा विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि रु ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रकम विनियोजन गरेकामा प्रदेश सरकारले सडक पूर्वाधार निर्माणका लागि कुल बजेटको एक चौथाइ अर्थात् रु आठ अर्ब १८ करोड रकम विनियोजन गरेको हो...

  • २०७६ आषाढ २, सोमबार

    महिला फुटबल–वालिङ नगरपालिका सेमिफाइनलमा

    स्याङ्जाको वालिङ नगरपालिकाले बाँसगढी नगरपालिकासँग गोलरहित बराबरी खेल्दै उपपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफ को मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा वालिङ नगरपालिकाले बाँसगढी नगरपालिका गोलरहित बराबरी खेल्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस खेलसँगै वालिङ नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोलीसमेत...

  • २०७६ आषाढ २, सोमबार

    लोकसेवाको विज्ञापन सच्याउन सांसदको माग

    संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरुले माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि जोड दिनुभयोे । सांसद उमाशङ्कर अरगरिया, कलिला खातुन, गङ्गा चौधरी सत्गौवा, चाँदतारा कुमारी, चन्द्रकान्त चौधरीलगायतले यस्तो माग...

  • २०७६ आषाढ २, सोमबार

    कोपा अमेरिका, सुआरेज र काभानीको गोलले उरुग्वे विजयी

    ब्राजिलमा जारी दक्षिण अमेरिकाको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा उरुग्वे विजयी भएको छ । उरुग्वेले १० खेलाडीमा सीमित भएको इक्वेडरलाई ४–० गोल अन्तरले पराजित गरेको हो । समूह ग को यस प्रतिस्पर्धामा उरुग्वेका तर्फबाट लुइस सुवारेज, एडिन्सन काभानी र निकोलास लोडेरोले एकएक गोल गरेका थिए । इक्वेडरका आर्टुरो मिनाले खेलको ७८औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।  उरुग्वेका...

  • २०७६ आषाढ २, सोमबार

    सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु

    सिरियाको उत्तरपश्चिमी एक गाउँमा विद्रोही लडाकूहरुले आइतबार गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली सरकारी समाचार संस्था साना का अनुसार अल–कायदा सम्बद्ध हायात तहरिर अल–शामले उक्त आक्रमण गरेको हो । अलेप्पो शहरको दक्षिणमा रहेको अल–वादिही गाउँमा गरिएको क्षेप्यास्त्र आक्रमणबाट अरु १५ जना गाउँले घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ...

  • २०७६ आषाढ २, सोमबार

    पेट्रोलियम पाइपलाइन ओछ्याउने काम सम्पन्नः अब सञ्चालन हुने

    नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ ।     नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भएपछि त्यसको प्राविधिक जाँच गरेर निकट भविष्यमै सञ्चालनमा ल्याउने परियोजना कार्यालय सिमराले जनाएको...

  • २०७६ आषाढ २, सोमबार

    प्रतिनिधसभामा दुई प्रतिवेदन पेश

    प्रतिनिधिसभाको आजको बैठकमा ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६’ र ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६’ पेश गरिएको छ । ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले र ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६’ महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पेश गर्नुभएको हो ।

  • २०७६ आषाढ २, सोमबार

    पानीको बहाव बढ्दा तारउतार सेवा बन्द

    डडेल्धुराको परशुराम नगरपालिका–६ सिसमजालामा सञ्चालित तारउतार डुङ्गा, ट्युब सेवा बन्द गरिएको छ ।  महाकाली नदीमा पानीको बहाव बढ्न थालेपछि वडा कार्यालयद्वारा सञ्चालित तारउतार सेवा असोजसम्मका लागि बन्द गरिएको सो कार्यालयले जनाएको छ । परशुरामको सिसमजालास्थित नेपाल–भारत आवतजावत गर्न प्रयोग गरिने तारउतार सेवा बर्खायाम शुरु भएसँगै बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो...

  • २०७६ आषाढ २, सोमबार

    इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

    भारतको बिहारस्थित मुजफरपुरमा इन्सेफलाइटिसबाट १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिल कुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ जना बालबालिकाको मृत्यु भएको छ । मुजफरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरु १७ जना बालबालिकाको मृत्यु भएको छ । इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही चार लाख भारतीय...

  • २०७६ आषाढ २, सोमबार

    पाकिस्तानमा नयाँ आइएसआई प्रमुख नियुक्त

    पाकिस्तानको सेनाले लेफ्टीनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय आइएसआई को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ । पाकिस्तानी सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा आइएसआईका वर्तमान प्रमुख लेफ्टीनेन्ट जनरल आसिम मुनिरको स्थापनमा हमिदलाई नियुक्त गरिएको उल्लेख छ । लेफ्टीनेन्ट जनरल नवीद मुख्तारको अवकाश पछि नियुक्त हुनुभएका मुनिरलाई आठ महिनापछि नै हटाइएको छ । हमिदले यसअघि आइएसआईको...

Pages