STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ २, सोमबार

    भारतीय गाडीको बढ्दो प्रयोग ः ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ

    सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ ।  राजश्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै गएको जिल्ला भन्सार कार्यालय सिरहाका कर्मचारी बताउँछन् । प्रभावशाली तथा माथि पहुँच भएका व्यक्तिले भारतीय नम्बर प्लेटको गाडी चढ्ने गरेकाले नियन्त्रणमा समस्या आएको प्रहरी अधिकारी बताउँछन् । जिल्ला ट्राफिक प्रहरी...

  • २०७६ आषाढ २, सोमबार

    देशभरका पालिकाको केन्द्रसम्मको सडक कालोपत्र गरिने

    देशभरका स्थानीय तहको केन्द्रसम्मको सडक कालोपत्र बनाउन पूर्वतयारी शुरु भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले अध्ययन शुरु गरेको हो ।    सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा पालिका केन्द्रसम्म कालोपत्र गर्न रु पाँच अर्ब छुट्याइएको विभागले जनाएको छ । देशभरका ७५३ पालिकामध्ये ३६९ पालिकाको केन्द्रसम्मको सडक कालोपत्र नभएको पाइएको छ । सातै वटा प्रदेशले...

  • २०७६ आषाढ २, सोमबार

    कारबाहीमा चार आतङ्ककारी मारिएका

    अफगानिस्तानको कुन्दुज प्रान्तको चाद्रारा जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध सोमबार भएको सैन्य कारबाहीको क्रममा चार जना लडाकू मारिएका छन् ।  स्थानीय समयानुससार सोमबार विहान सबेरै ३ बजे सो कारबाही शुरु भएका थियो । सो इलाकामा पुनः कब्जा गर्ने क्रममा आतङ्ककारीहरुले केही गाउँहरुको समेत हत्या गरेका बताइएको छ । प्रान्तीय प्रहरी प्रवत्ता इनामसदिन रहमानी सोमबार सो जानकारी दिनु भएको छ ।  यस...

  • २०७६ आषाढ २, सोमबार

    काठमाडौँ–केरुङ रेलमार्ग ः द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान

    काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ ।  नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीले गर्नुभएको छ । प्रतिनिधिमण्डलमा मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल, रेल विभागका महानिर्देशक बलराम मिश्र, प्रवक्ता अमन चित्रकारका साथै...

  • २०७६ आषाढ २, सोमबार

    अस्थायी साधनको रूपमा प्रयोग हुँदै गर्भपतन सेवा

    जिल्लामा निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको पाइएको छ । आइपास नेपाल र सामुदायिक विकास मञ्च ९सिडिएफ० डोटीको संयुक्त सहयोगमा नेपाल सरकारले जिल्लाका १८ स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्दै आएको छ ।  विगतमा यहाँका स्वास्थ्य संस्थामा गर्भपतन गरे रु एक हजार तिर्नुपर्ने व्यवस्था रहेपनि पछिल्लो समय यहाँका १८ स्वास्थ्य...

  • २०७६ आषाढ २, सोमबार

    मजदूर आन्दोलनले हायातको सेवा प्रभावित

    होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले असार ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले मजदूरको माग सम्बोधनका लागि चासो नदेखाएको मजदूरले गुनासो गरेका छन् । मजदूरले खाइपाइ आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरेकाले बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको...

  • २०७६ आषाढ २, सोमबार

    उद्योगी भन्छन् ः बजेट चमत्कारिक भएन

    प्रदेश नं २ को विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले ठोस र उपलब्धिमूलक कार्यक्रम ल्याउन नसकेको गुनासो उद्योगी व्यवसायीको छ ।  प्रदेश नंं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷०७७ वजेट वक्तव्यमा उद्योग क्षेत्रको विकास र उन्नयनका लागि प्रभावकारी योजना तथा कार्यक्रम ल्याउन...

  • २०७६ आषाढ २, सोमबार

    जीप दुर्घटनामा चारको मृत्यु

    सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।  वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । तीन जनाको उद्धार गरिसके पनि जीपमा कति व्यक्ति सवार थिए...

  • २०७६ आषाढ १, आइतबार

    गर्मी बढ्दैं गएपछि विद्यालय बन्द

    अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ । “बढ्दै गएको घामको रापले स–साना बालबालिका विद्यालयमै आलसतालस पर्न थाले”, सोनमा गाउँपालिका अध्यक्ष राजकुमार...

  • २०७६ आषाढ १, आइतबार

    चन्द्रागिरिमा नगरस्तरीय अस्पतालको शिलान्यास

    ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको चन्द्रागिरिमा नगरस्तरीय सामुदायिक अस्पताल निर्माण हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको रु एक करोड र प्रदेश नं ३ सरकारको रु एक करोडको लगानीमा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा उक्त सामुदायिक अस्पताल निर्माण हुनलागेको हो । सो नगरस्तरीय अस्पतालको शनिबार नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास...

  • २०७६ आषाढ १, आइतबार

    नेपाल–भारत जोड्ने झोलुङ्गे पुल चार दिनका लागि बन्द

    दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुनलागेको हो । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो । भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन लागेको हो । नेपाल–भारत जोड्ने...

  • २०७६ आषाढ १, आइतबार

    राष्ट्रिय परिचयपत्रका लागि छलफल

    राष्ट्रिय परिचयपत्र सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालाई प्रभावकारी बनाउन शनिबार भैरहवामा छलफल भएको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउन, राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको कार्यान्वयन, पञ्जीकरण व्यवस्थापनको अझ प्रभावकारी कार्यान्वयनको उद्देश्यले छलफल शुरु गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले बताउनुभयो । उहाँले सबै नागरिकको एकीकृत अभिलेख...

Pages