-
२०७६ आषाढ ३, मंगलबार
उफ् गर्मी
अत्यधिक गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो । वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ । गर्मीका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन् भने कर्र्मचारी र मजदुरसमेत प्रभावित भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार भैरहवाको तापक्रम यो वर्षकै धेरै ४३।३...
-
२०७६ आषाढ ३, मंगलबार
न्यायिक समितिमा बढ्दै उजुरी
तुलसीपुर उपमहानगरपालिका–६ की ५८ वर्षीया मैती चौधरी आजभोलि निकै खुशी हुनुहुन्छ । उहाँलाई आफ्नै छोराबुहारीले विगत केही वर्षदेखि घरमा बस्न नदिएर निकै तनावमा हुनुहुन्थ्यो । उहाँ कहिले आफन्तसँग त कहिले छोरीको घरमा बस्दै आउनुभएको थियो । स्थानीयवासीले आफ्नै छोराबुहारीले गरेको दुव्र्यवहार देखेपछि तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा जान सल्लाह दिए । उहाँले समितिमा गएर आफ्ना सबै कुरा राख्नुभयो ।...
-
२०७६ आषाढ ३, मंगलबार
दुर्घटनामा मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । गैँडाकोट–१० सिस्नेमा गए राति पश्चिमतर्फ छुटेको लु१ख ८३२६ नंको बसले ना३३प ८७६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुलिङटार–३ का ५२ वर्षीय वीरेन्द्रनन्द सन्न्यासीको मृत्यु भएको हो । उहाँको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको...
-
२०७६ आषाढ ३, मंगलबार
साना उद्योगमा उत्साहजनक लगानी
बाँके जिल्लामा घरेलु तथा साना उद्योगमा उत्साहजनक लगानी देखिएको छ । जिल्लामा पछिल्लो समयमा घरेलु तथा साना उद्योगमा घरेलु उद्योग थपिँदै गएका छन् । जिल्लामा घरेलु उद्योग थपिदै जाँदा लगानी गर्ने क्रम पनि बढ्दै गएको छ । राजनीतिक अस्थिरता र आङ्शिकरूपमा भए पनि विद्युत्को समस्या समाधान भएकाले उद्योग सञ्चालनको वातावरण सिर्जना भएको हो । घरेलु तथा साना उद्योगबाहेक बाँकेमा करोडौँको लगानीमा धेरै ठूला...
-
२०७६ आषाढ ३, मंगलबार
दुवै मिर्गौला फेल भएका युवाको उपचारमा समस्या
दुवै मिर्गौला फेल भएपछि पर्वतका एक युवकले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित अर्घसेका बुद्धिप्रसाद सुवेदीको दुवै मिर्गौला फेल भएपछि अहिले जीवनमरणको दोसाँधमा छन् । विपन्न परिवारका उनको उपचारमा आर्थिक अभाव हुँदा समस्या परेको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण लामो समय रोजगारीका लागि भारतमा रहेका सुवेदी अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार...
-
२०७६ आषाढ ३, मंगलबार
कृषकलाई बोका वितरण
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका व्यावसायिक बाख्रापालक कृषकलाई बोका वितरण गरेको छ । व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका कृषकलाई बाख्रा उत्पादनका लागि सहयोग पु¥याउने उद्देश्यले बोयर क्रस जातको नौ बोका अनुदानमा वितरण गरिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार सहकारी र समूहलाई एक÷एक बोका वितरण गरिएको छ भने सात बाख्रापालक कृषकलाई बोका...
-
२०७६ आषाढ ३, मंगलबार
वैकल्पिक नयाँ सडक भत्काइयो
मण्डनदेउपुर नगरपालिका–७ स्थित डेडीथुम्का क्याम्पस हुँदै कश्यपेश्वर महादेव मन्दिर जाने सडक तथा पर्खाल निर्माणलगत्तै भत्काइएको छ । हेलम्बु राजमार्गमा सवारीको चाप बढ्दा कुन्ताबेँसीबाट वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने तथा मन्दिर जान समेतका लागि निर्माण गरिएको सडक नेपाली काङ्गे्रसका स्थानीय नेता÷कार्यकर्ताले डोजर लगाएर भत्काएका हुन् । नेपाली काङ्ग्रेस मण्डन देउपुर नगरका सभापति रामहरि सापकोटाले...
-
२०७६ आषाढ ३, मंगलबार
विकट गाउँपालिकामा प्राविधिक शिक्षा जहाँ पशुलाई झारफुक गरिन्छ
सरकारको एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुसार दाङको राजपुर गाउँपालिकामा प्राविधिक शिक्षा शुरु भएको छ । दाङको विकट गाउँपालिकाको रूपमा रहेको राजपुरमा पहिलोपटक प्राविधिक शिक्षा शुरु भएको हो । राजपुर–५ सालभौँरीस्थित साधारण माध्यमिक विद्यालय गङ्गदीमा पशु विज्ञानको पढाइ शुरु भएको हो । सोमबार विद्यालयको ५९औँ वार्षिकोत्सवका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका सल्लाहकार जीवन गौतम र...
-
२०७६ आषाढ ३, मंगलबार
गागलफेदी पुग्न गागलफेदी यातायात
कागेश्वरी मनोहरा नगरपालिका–१ को गागलफेदीदेखि रत्नपार्कसम्म चल्ने गागलफेदी यातायातले आफ्नो सेवा शुरु गरेको छ । गागलफेदी यातायात प्रालिले सञ्चालनमा ल्याएको बस सेवाबाट नगरपालिकाको गागलफेदीका सर्वसाधारणलाई यात्रा गर्न सहज हुने भएको छ । सीमित सवारीसाधनका कारण सधैँ जोखिमपूर्ण यात्रा गर्नुपरेको बताउँदै स्थानीयवासीको सहजताका लागि यातायात सेवा विस्तार गरेको यातायात प्रालिका अध्यक्ष मधुसुदन केसीले...
-
२०७६ आषाढ ३, मंगलबार
विद्यालय बाहिर बालबालिकामुक्त घोषित
सिञ्जा गाउँपालिका वडा नम्बर १ स्थित मालिका माध्यमिक विद्यालयलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त घोषणा गरिएको छ । किर्डाक नेपाल जुम्ला र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा गाउँपालिकाको आयोजनामा मालिका माविलाई सोमबार बालबालिकामुक्त समुदाय घोषणा गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमबहादुर शाहीले जानकारी दिनुभयो । बालबालिकामुक्त समुदाय घोषणा गर्दै जिल्ला समन्वय समिति जुम्लाका...
-
२०७६ आषाढ ३, मंगलबार
श्रीमतीको हत्या अभियोग
दिपायल सिलगढी नगरपालिका वडा नं ३ दिपायलमा कैंची प्रहार गरी एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अभियोग लगाइएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले दिनुभएको जानकारी अनुसार दिपायल सिलगढी ३ का ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती अन्दाजी ४० वर्षीया मीनालाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् । सोमबार राति ९÷१० बजे घरायसी झगडा हुँदा नेपालीले श्रीमतीको घाँडी र ढाडमा...
-
२०७६ आषाढ ३, मंगलबार
खोज पत्रकारिता तालीम शुरु
उत्तरदायी स्थानीय सरकारका लागि खोज पत्रकारिता कार्यशाला आजदेखि बुटवलमा शुरु भएको छ । शेयर काष्ट इनिसिएटिभ नेपाल र अमेरिकी दूतावासको संयुक्त आयोजना तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा शुरु भएको खोज पत्रकारिता कार्यशालामा रुपन्देहीका ४० पत्रकारको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने कार्यशालामा खोज पत्रकारिता केन्द्रका शिव गाउँले, सुशासनविद् विनोद उपाध्याय, शेयरकाष्टका कार्यकारी निर्देशक...


