-
२०८० चैत्र ८, बिहिबार
एकीकृत समाजवादीले मनाङेलाई स्पष्टीकरण सोध्ने
काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टी गण्डकीका स्वतन्त्र सांसद तथा हाल कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएका दीपक मनाङे (राजिव गुरुङ)लाई स्पष्टीकरण सोध्ने भएको छ। बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। ‘दीपक मनाङे पहिला हाम्रो पार्टीमा प्रवेश गर्नुभएको हो। पार्टी प्रवेश गरेकाले हाम्रो तर्फ बाट मन्त्री पनि बन्नुभयो। तर अहिले कुनै छलफल नै...
-
२०८० चैत्र ८, बिहिबार
बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीमाथि अनुसन्धान सुरू
काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद तथा अर्वपति व्यवसायी विनोद चौधरीमाथि अनुसन्धान अगाडि बढाएको छ। बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले चौधरीमाथि अनुसन्धान अगाडि बढाएको हो। प्रतिनिधि सभा सदस्य रहेका चौधरीमाथि अनुसन्धान भइरहेको विषयमा सीआईबीले सभामुख देवराज घिमिरेलाई समेत जानकारी गराएको छ। संघीय संसद् सचिवालय स्रोतका...
-
२०८० चैत्र ८, बिहिबार
लामिछानेको निर्देशन : ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालनको व्यवस्था गर्नू
काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्ने गरी सुरक्षा लगायतका प्रबन्ध गर्न निर्देशन दिएका छन्। जसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पर्यटकहरुको बढी चहलपहल हुने क्षेत्र २४ सै घण्टा सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको छ। सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले गर्नेगरी ठमेल र...
-
२०८० चैत्र ६, मंगलबार
उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या
काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो । विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यानमा आज कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी...
-
२०८० चैत्र ६, मंगलबार
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने
काठमाडौं - सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।...
-
२०८० चैत्र ६, मंगलबार
कथाकार परशु प्रधानको निधन
काठमाडौं - कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ। उनको हिजो राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए। स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ। स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए। उनका ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य,...
-
२०८० चैत्र ६, मंगलबार
बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुग्यो
बागलुङ- बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार बिकले जानकारी दिए । उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर छ । रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको वाग्मती...
-
२०८० चैत्र ६, मंगलबार
दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ
काठमाडौं- राजीव गुरुङ (दीपक मनाङे) ले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका छन्। प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्री पाण्डेले कृषि मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।
-
२०८० चैत्र ६, मंगलबार
चार शहरमा नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव
द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल (नेपालका लागि युरोपियन युनियनको डेलिगेशन) ले यो वर्ष पनि नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४ आयोजना गर्ने भएको छ । ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः सांस्कृतिक विविधताको उत्सव’ भन्ने मूल नारा रहेको यो महोत्सवको १३ औं संस्करण भएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यो वर्षको चलचित्र महोत्सव युरोपियन युनियन–नेपाल...
-
२०८० चैत्र ६, मंगलबार
निफ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली तर्फ "बुलाकी” सर्वश्रेष्ठ चलचित्र
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनमा हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौं संस्करणको सोमबार समापन गरिएको छ । नागरीक उड्ययन , पर्यटन तथा संस्कृति मन्त्री हित बहादुर तामाङ्ग को प्रमूख आतिथ्यतामा सोमबार सम्पन्न समापन तथा अवार्ड प्रदान कार्यक्रममा नेपाली चलचित्र तर्फ "बुलाकी ” सर्वश्रेष्ठ चलचित्र घोषित भएको छ । यस चलचित्रबाट लक्ष्मण सुनार बेस्ट डाइरेक्टर र...
-
२०८० चैत्र ६, मंगलबार
पोखराको काहुँ डाँडामा भीषण आगलागी
काठमाडौं - कास्कीको पोखरास्थित काहुँ डाँडामा भीषण आगलागी भएको छ । सोमबार राति करिब ९ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । कास्की प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगलागी बस्ती नजिकै भएको कास्की प्रहरीले जनाएको छ । अबेर रातिसम्म दमकलसहित प्रहरी, स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।
-
२०८० चैत्र ६, मंगलबार
सुन तस्करीमा पक्राउ परेका महरा नर्भिक अस्पतालमा भर्ना
काठमाडौं - सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले पनि आदेश दिएकाले महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए । यसअघि नेकपा माओवादी...


