-
२०८० फाल्गुण २७, आइतबार
जसपाबाट उपेन्द्र बने चौथो उपप्रधानमन्त्री, बरियतामा को अगाडि ?
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल २२ सदस्यीय पुगेको छ। आज जनता समाजवादी पार्टी नेपालका दुई नेतालाई मन्त्री नियुक्त गर्दै प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्रिमण्डल २२ सदस्यीय पुगेको हो। जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन्। यादव उपप्रधानमन्त्री नियुक्त हुँदा प्रचण्डको...
-
२०८० फाल्गुण २७, आइतबार
देशभरको हलबाट 'काँडेतार' उतारियो
नेपाल-भारतको सिमा क्षेत्रमा काँडेतार लगाउने अभियानको सन्देश बोकेको नेपाली चलचित्र " काँडेतार” फागुन २५ गतेबाट प्रदर्शनमा आएको थियो भने यस चलचित्रलाई हलहरुले उपयुक्त शो नदिएको भन्दै चलचित्र ‘काँडेतार’ लाई आइतबारबाट प्रदर्शन नगराउने निर्णय गरेको निर्माण कम्पनी सामना फिल्मस् प्रा. लि. ले जानकारी दिएको छ । हलवालाहरूले चलचित्रलाई पर्याप्त शो नदिएको भन्दै प्रदर्शन नगराउने निर्णय गरिएको बताइएको छ ।...
-
२०८० फाल्गुण २५, शुक्रबार
काठमाडौँ महानगरमा कुष्ठरोगका एक सय १० बिरामी
काठमाडौँ महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९/८० मा महानगरभित्र मात्र एक सय १० कुष्ठरोगका बिरामी फेला पारेका हुन् । महानगरभित्र कुष्ठरोगका बिरामी फेला पारेपछि गैरसरकारी संस्था...
-
२०८० फाल्गुण २५, शुक्रबार
बागमती प्रदेश प्रमुख शर्माद्वारा नारी दिवसको शुभकामना
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्नुहुँदै यो दिवसले नारीहरूको सशक्तीकरणमा पाइला अगाडि बढाइराख्न अभिप्रेरित गरोस् भनी शुभकामना दिनुभएको हो । उहाँले सबै नारीको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक तथा विकासका समग्र आयाममा प्रगतिका लागि सम्पूर्णको समान सहभागिता तथा योगदान...
-
२०८० फाल्गुण २५, शुक्रबार
राष्ट्रपतिद्वारा पशुपतिनाथको पूजाअर्चना
महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नुभएको छ । उहाँलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गर्नुभएको थियो । त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका...
-
२०८० फाल्गुण २५, शुक्रबार
महाशिवरात्रि पर्वका अवसरमा हेटाैँडाको पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो
हिन्दूको महान् पर्व महाशिवरात्रि पर्वका अवसरमा हेटौँडामा रहेको पशुतिनाथ मन्दिरमा आज बिहानदेखि पूजापाठ गर्नेको घुइँचो लागेको छ । हेटौँडा–४ स्थित हुप्राचोरमा रहेको सो मन्दिरमा पूजापाठका विभिन्न सामग्रीसहित महिला, बालबालिका, वृद्धवृद्धा तथा पुरुष बिहानदेखि पूजा गर्न लाम लागेका छन् । कडा सुरक्षा व्यवस्था रहेको सो मन्दिरको एक किलोमिटर अगाडिदेखि दुईतर्फी पूजा गर्ने लाम लागेको छ । मन्दिरमा हेटाँैडा...
-
२०८० फाल्गुण २५, शुक्रबार
नारी दिवसको अवसरमा बोर्डले गरे महिला फिल्मकर्मीलाई सम्मान
नेपाल सरकार चलचित्र विकास बोर्डले ‘अन्तरराष्ट्रिय नारी दिवस’को अवसर पारेर नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याउने ७ जना महिला फिल्मकर्मीलाई सम्मान गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्मानित ७ महिला फिल्मकर्मीलाई जनही २५ हजार र सम्मानपत्र सहित सम्मानित गरेकि हुन् । मन्त्री शर्मा सपथ ग्रहणपछि पदभार ग्रहण गरेर यो कार्यक्रममा पुगेकी थिइन् । जसकाकारण, विकास बोर्डको यो कार्यक्रम...
-
२०८० फाल्गुण २५, शुक्रबार
चैत दसैँमा बाग्लुङमा लक्की मिडिया सांस्कृतिक कार्यक्रम हुने
सांस्कृतिक , सामाजिक र कला क्षेत्रमा मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले बाग्लुङमा यस वर्षको चैत दसैँ मेलाको अवसरमा यस वर्ष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ गर्नका लागि मेलाको आयोजना गरिएको बताउनु भयो । चैत दसैँ मेलामा आयोजना गरिने सांस्कृतिक कार्यक्रमलाई सफल पार्नका लागि...
-
२०८० फाल्गुण २५, शुक्रबार
सेनाले मनायो २६१ औं स्थापना दिवस
काठमाडौं- काठमाडौंको टुँडिखेलमा २६१ औं सेना दिवस मनाइएको छ। शिवरात्रिको दिनमा पर्ने सेना दिवस शुक्रबार टुँडिखेलमा मनाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेल सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन्। सेनाले शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक...
-
२०८० फाल्गुण २५, शुक्रबार
आज महाशिवरात्री, पशुपति क्षेत्रमा भक्तजनको घुइँचो
काठमाडौं- आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुइँचो लागेको छ। हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ। आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भीड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै...
-
२०८० फाल्गुण २५, शुक्रबार
आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै
काठमाडौं- आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिएको छ। यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने छ। दिवसका...
-
२०८० फाल्गुण २५, शुक्रबार
जसपाबाट उपेन्द्रले स्वास्थ्य र नवलकिशोरले वन मन्त्रालय सम्हाल्ने
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। बिहीबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए। यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन्। जसपाबाट दीपक कार्की...


