STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २२, बुधबार

काठमाडौं - विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा जवाफ दिने भएका छन् ।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि शर्माले संसदबाट आफ्ना कुरा राख्न लागेका हुन् ।

तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने तयारी गरेको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ ।

माले प्रमुख सचेतक विशाल भट्टराईले भने- ‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन, हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरेका हौ, अर्थमन्त्रीको जवाफ खोजेका होइनौ ।’

आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ।

बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएको छ ।

मन्त्रालयको गैरजिम्मेवारपूर्ण जवाफपछि अर्थमन्त्री शर्मामाथि छानबिन हुनु पर्ने र त्यसका लागि उनले राजीनामा दिनुपर्ने माग चौतर्फी उठिरहेको छ ।

Categorized in राजनीति