STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नवलपरासीमा प्रेस सङ्गठनको एकताको पूर्णता

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २७, आइतबार

पश्चिम नवलपरासीमा प्रेस सङ्गठन नेपालको एकता प्रक्रियाले पूर्णता पाएको छ । साविक प्रेस सेन्टरका बेनीमाधव बस्याल संयोजक र प्रेस चौतारी नेपालका मोहन पौडेल सहसंयोजक रहेको १९ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । दुवै सङ्गठनको सहमतिमा जिल्लाबाट सिफारिस भएको कमिटीलाई प्रदेश कमिटीले अनुमोदन गरेपछि शनिबार परासीमा जिल्ला भेलाको आयोजना गरी जिल्ला कमिटीको घोषणासहित जिल्ला सदस्यलाई शपथग्रहण पनि गराइएको छ । जिल्ला संयोजक र सहसंयोजकले भने यसअघि नै काठमाडौँमा आयोजित राष्ट्रिय भेलामा शपथग्रहण गरेका थिए । एकतापछि बनेको प्रेस सङ्गठन नेपाल नवलपरासीको जिल्ला सदस्यमा प्रेस चौतारीबाट प्रमोद अर्याल, रमेश भुसाल, मालती न्यौपाने, रामु भुसाल, आरती राना, विकास अधिकारी, गौरीशङ्कर जयसवाल, इन्दिरा विक, अभिषेक राव हरिजन, कृष्ण ढकाल, विकास चापागार्इं तथा प्रेस सेन्टरबाट धुव्रनारायण बानियाँ, लक्ष्मी पौडेल, रिङ्की पङ्गेनी, रामकरण हरिजन, विकास पौडेल, सम्झना विकलगायत रहनुभएको छ । समारोहमा नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश न–५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले नेकपा नेतृत्वको वर्तमान सरकार मुलुकको विकास र समृद्धिमा केन्द्रीत रहेको बताउँदै सरकारका कामको पत्रकारिताको माध्यमबाट आम समुदायमा पु¥याउन आग्रह गर्नुभयो । जिल्लामा नेकपाकै कारण विकासको लहर आएको बताउँदै मन्त्री चौधरीेले आफूहरुले गरेका कामको जस नेपाली काँग्रेसले लिन खोजेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो,“उहाँहरु सत्तामा रहँदा जिल्लाको विकासमा ध्यान दिन सक्नुभएन, हामी आएपछि अहिले जिल्लामा धमाधम सडक, पुल, खानेपानीलगायतका पूर्वाधार बनिरहेको छ, रामग्राम स्तुप जोड्ने चक्रपथ, सदरमुकाम परासीमा चारलेनको बाटो, जिल्लाका विभिन्न स्थानमा गरी १५ वटा खानेपानी आयोजना, गाउँगाउँमा सडक, ठूलाठूला पुलपुलेसा मेरो पहलमा अहिले निर्माणाधीन अवस्थामा छन्, तर उहाँहरुले मैले गरेको हो भन्दै जनतामा भ्रम फिँजाउनुभएको छ, । सञ्चारमाध्यमले यस्ता कुराको यथार्थ सार्वजनिक गर्नुपर्छ” नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का जिल्ला अध्यक्ष भविश्वर तिवारीले पत्रकारको पेशागत सुरक्षासँगै जीविकोपार्जनको लागि पार्टीले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य भरत केसीले पेशागत सुरक्षा र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने वातावरणका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
Categorized in राष्ट्रिय