विश्वशान्तिको कामना गर्दै कपनमा महायज्ञ
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २३, बिहिबार
निरौला बन्धु सेवा समाजले विश्व शान्तिको कामना गर्दै बूढानीलकण्ठ—१० कपनमा बाह्रदिने महायज्ञको आयोजना गरेको छ ।
निरौला बन्धु परिसर नीलोपुलमा पितृ उद्धार गर्ने पनि उद्देश्यले महायज्ञ आयोजना गरिएको समाजका सहसचिव सुरेश निरौलाले बताउनुभयो । “महायज्ञबाट सङ्कलित रकमबाट समाजको भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो । यही जेठ २१ गतेदेखि सञ्चालन भएको महायज्ञ जेठ ३२ गते सम्पन्न हुनेछ ।
महायज्ञमा स्वामी मनमोहन ९एमएम० मुरारी दास र पण्डित दयाराम डिकप्रसाद निरौलाले कथा वाचन गर्नुभएको छ । जेठ २१ गते उद्घाटन भएको महायज्ञमा कलशयात्रा गरिएको थियो भने जेठ २२ गते मण्डपपूजा गरिएको थियो । अन्य दिन नियमित पूजापाठ र कथावाचन हुनेछ ।
Categorized in राष्ट्रिय


