STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ आश्विन ३०, बिहिबार

    लागुऔषध ब्राउनसुगरसहित दुई युवा पक्राउ

    प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित सिरहा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले गएराति गोलबजार नगरपालिका–५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीयवासी २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतोलाई पक्राउ गरेको हो । स्थानीय दुर्गा यादवको कुखुरा फार्ममा लुकाएर प्लाष्टिकको पोकामा तयार पारिएको अवस्थामा दुवैको साथबाट लागुऔषध...

  • २०७६ आश्विन ३०, बिहिबार

    विप्लव समूहका २१ नेता पक्राउ

    दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यहाँ विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम...

  • २०७६ आश्विन ३०, बिहिबार

    जोखिममा रहेका ३७६ बालबालिकाको उद्धार

    एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ । जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको पाइएको छ । महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्ध काम गर्दै आएको गैरसरकारी संस्था आवाजका अनुसार उद्धार गरिएकामध्ये २४८...

  • २०७६ आश्विन २९, बुधबार

    चार किलोग्राम चरेससहित दुई युवा पक्राउ

    नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले झोलामा चरेस बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई गोङ्गबुबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “चरेस बेचबिखन गर्न...

  • २०७६ आश्विन २९, बुधबार

    आगलागीबाट पाँच लाख बराबरको क्षति

    सप्तरीको सप्तकोशी नगरपालिका–१ हलेशी टोलमा गएराति आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । डिल्लीबहादुर बस्नेतको काठको दुईतले घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात र नगद रु १० हजार गरी रु पाँच लाख मूल्य बराबरको क्षति भएको पीडितले बताउनुभयो । आगो निभाउने क्रममा घरधनी बस्नेतको अनुहार, हातखुट्टासमेत जलेको छ । उहाँको फत्तेपुरस्थित स्थानीय मेडिकलमा उपचार...

  • २०७६ आश्विन २८, मंगलबार

    छुट्टाछुट्टै घटनामा तीन पक्राउ

    प्रहरीले लागुऔषधसहित एक जनालाई सोमबार पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ मा डेरा गरी बस्ने भारतको लखिमपुरका १९ वर्षीय आशिष बालमिकीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर शाखा र त्रिनगर प्रहरी चौकीबाट खटिएको टोलीले बालमिकीको कोठाबाट २८ सिसी क्लोरोमाइन निलिट, २२ पत्ता स्पास्मो र १८३...

  • २०७६ आश्विन २८, मंगलबार

    मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ

    बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राति युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र शाही सख्त घाइते हुनुभएको थियो । घटनालगत्तै खटिएको प्रहरी...

  • २०७६ आश्विन २८, मंगलबार

    तीन दिनमा ११० ट्याक्सी चालक नियन्त्रणमा

    तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको जाँचका क्रममा क्रमशः ५३, २७ र ३० ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारवाही गरिएको सहसूचना अधिकारी एवं प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार...

  • २०७६ आश्विन २८, मंगलबार

    गैँडाको आक्रमणमा परी मृत्यु

    गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन् । आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो । उनको शव सोही सामुदायिक वनमा आइतबार साँझ नै स्थानीयवासीले फेला पारेका थिए । स्थानीयवासी वनभित्र दाउरा र खर काट्न गएका बखत...

  • २०७६ आश्विन २८, मंगलबार

    सांसद साह पक्राउ

    जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी राजपाका नेता तथा सांसद प्रमोद साहलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओखलढुङ्गा जान लागेका बेला साहलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ लगत्तै शाहलाई आजै जनकपुर पठाइएको छ । जहाज...

  • २०७६ आश्विन २७, सोमबार

    साधुको हत्यामा संलग्न आरोपमा तीन पक्राउ

    डडेल्धुरामा साधुको जोगी हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिनुभयो । अर्का आरोपित घटनापश्चात डडेल्धुरा र बैतडीको सिमानामा लुकीछिपी बसेको सूचनाका आधारमा आइतबार पक्राउ परेका हुन् । तर बालबालिका ऐन, २०७५ को दफा...

  • २०७६ आश्विन २७, सोमबार

    सकेट बम निष्क्रिय

    सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला नदीको बगरमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । सिरहाको चोहर्वास्थित शेरदल गणबाट गएको नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिनुभयो । बगरमा बालुवाले पुरिएको अवस्थामा नदीमा गिट्टी बालुवा कुट्ने कामदारले बम फेला पारेको प्रहरीले जनाएको छ ।...

Pages