अपराध-दुर्घटना
-
२०७६ कार्तिक ५, मंगलबार
भैँसी चोरीको आरोपमा तीन पक्राउ
सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ । भैँसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का २६ वर्षीय मो रफिल मियाँलाई नियन्त्रणमा लिइएको छ । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीलाई अन्य साथीसमेत चोरीमा संलग्न रहेको भनी बयान दिएका आधारमा थप दुईलाई...
-
२०७६ कार्तिक ५, मंगलबार
बैतडीमा डोजर आक्रमणः आठ घाइते
सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये गौरा अचेत छिन् । गौरालाई चालकले डोजरको बकेटले आक्रमण गरेको भिडियोमा...
-
२०७६ कार्तिक ४, सोमबार
पटाका बरामद
सप्तरीको राजविराजस्थित नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट पटकाहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । बेवारिसे अवस्थामा लुकाइएको पटाकाहरु विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले जाँच गर्दा विभिन्न...
-
२०७६ कार्तिक ४, सोमबार
हातहतियार तथा डाँका मुद्दामा फरार दुई पक्राउ
हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहा अदालतको फैसला कार्यान्वयन टोलीले हातहतियार खरखजाना मुद्दामा सिरहाको बरियारपट्टी गाउँपालिका–३ निवासी ४० वर्षीय कामेश्वर यादव र डाँका मुद्दामा फरार सिरहा नगरपालिका–६ निवासी २८ वर्षीय चन्देश्वर भनिने चन्दे महरालाई पक्राउ गरेको हो । आफ्नै घरमा लुकिछिपी...
-
२०७६ कार्तिक ४, सोमबार
सुन चोरी गर्ने भारतीय नागरिक पक्राउ
अर्घाखाँचीको सन्धिखर्कमा रहेको सुन पसलबाट रु चार लाख बढीको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सन्धिखर्क–१ हललाइनमा रहेको महालक्ष्मी गहना पसलमा गएराति सुन चोरी गर्ने भारतको मुस्ताफुर पश्चिम बङ्गाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ वर्षीय श्रीमन्त्र मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । विगत १२ वर्षदेखि सन्धिखर्कका विभिन्न सुनचाँदी पसलमा कालिगढको रूपमा काम गर्दै...
-
२०७६ कार्तिक ४, सोमबार
नक्कली नोट छाप्ने उपकरणसहित तीन पक्राउ
नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपालीलाई आज बिहान पक्राउ गरेको हो । घरको एकतला भाडामा लिएर नक्कली नोट छाप्दै गरेकाबखत उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी...
-
२०७६ कार्तिक ४, सोमबार
उपमहानगरभित्रै बाँदर आतङ्क
पहाडी क्षेत्रका बस्तीहरुमा बाँदरले सास्ती दिएका समाचार पढेका नेपालगञ्जवासीले केही दिनदेखि बाँदरको सास्ती भोग्दै आएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरमा बाँदरले आतङ्क मच्चाएका छन् । बाँदरले सास्ती दिन थालेपछि जयसपुरवासीले समाधानका लागि स्थानीय तहसँग गुहार मागेका छन् । बाँदरको झुण्ड स्थानीयवासीको घरमा पस्ने, बालीनाली, तरकारीमा नोक्सानी गर्ने र मान्छेमाथि नै आक्रमण गर्न थालेपछि...
-
२०७६ कार्तिक ४, सोमबार
लागुऔषधका कारण आपराधिक घटना
कैलाली जिल्लामा लागुऔषध ओसारपसार तथा प्रयोग गर्नेको सङ्ख्या बढ्दै जाँदा समाजमा विभिन्नखाले आपराधिक घटना पनि बढ्न थालेको छ । आपराधिक घटनामध्ये अधिकांश घटनामा लागुऔषध प्रयोगकर्ताको संलग्नता भेटिएको प्रहरीको भनाइ छ । साथीहरुको लहलहैमा लागेर धेरै युवा लागुऔषध दुव्यर्सनीमा फस्ने गरेका र उनीहरू चोरी, डकैती, लुटपाट, झैँझगडाजस्ता आपराधिक घटनामा संलग्न रहने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...
-
२०७६ कार्तिक ४, सोमबार
एक सय ९१ तोला चाँदीसहित एक जना पक्राउ
प्रहरीले भन्सार छलेर ल्याएको १९१ तोला चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । ना१४प २८३६ नं को मोटरसाइकलमा लुकाइ राखेको अवस्थामा चाँदीको गरगहनासहित प्रहरीले भारतको मोतिहारी आदपुर घर भई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ बस्दै आएका १८ वर्षीय राकेशकुमार सुनारलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय सानोपोखराका प्रहरी सहायक निरीक्षक जयबहादुर प्रधान नेतृत्वको टोलीले हेटौँडा–२ देवीपथमा जाँचका...
-
२०७६ कार्तिक ३, आइतबार
पोखरीमा डुबेर बालिकाको मृत्यु
सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा डुबेर बेपत्ता भएकी बालिका शनिबार साँझ मृतावस्थामा फेला परेकी छिन । मृत्यु हुनेमा कञ्चनरुप–४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्ली भनिने यासिका रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो । पोखरीमा नुहाउन जाँदा पोखरीभित्रै ती बालिका बेपत्ता भएकी थिइन । प्रहरी र स्थानीयवासीको...
-
२०७६ कार्तिक ३, आइतबार
मलेशियामा एक नेपालीको मृत्यु
रोजगारीका लागि मलेशिया जानुभएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी कान्छो को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो । दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको आफन्त सुरेश ओलीले बताउनुभयो । केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड...
-
२०७६ कार्तिक ३, आइतबार
अष्ट्रियाका एक पर्यटकको मृत्यु
धादिङको उत्तरी क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिका–१ सोदाङमा एक पर्यटकको मृत्यु भएको छ । हिजो टेन्टमा सुतेका अष्ट्रियाका ७० वर्षिया विल्हियम विहिण्डरको टेन्टमा सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । पदयात्राका लागि आएका पर्यटकको अत्यधिक चिसाको कारण बास बसेकै स्थानमा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।...


