STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ कार्तिक ३, आइतबार

    आलमलाई पाँच दिन म्याद थप

    राजपुरमा बम विष्फोटको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली काङ्ग्रेसका नेता आफताव आलमलाई आज जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप गर्ने आदेश दिएको छ । आलमलाई गत असोज २५ गते राजपुर गौरस्थित शेख इद्रिस गेटबाट प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि अनुसन्धानका लागि आलमको सात दिन म्याद थप गरिएको थियो । जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले उनलाई पाँच दिन थुनामा राखी अनुसन्धान...

  • २०७६ कार्तिक २, शनिबार

    वेश्यावृत्ति गराउनेलाई कारागार पठाउन आदेश

    महिला तथा किशोरीलाई प्रलोभनमा पारी घरमै यौनशोषण गर्ने र गराउँदै आएको अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जनालाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले आज जानकारी दिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मेलचोक घर भई हाल मध्यपुरथिमि–९ बोडेमा घर भाडामा बस्दै २५ वर्षीय सञ्जय भन्ने राजेश गिरी, मध्यपुरथिमि चपाचो घर भई बोडे बस्ने ५० वर्षीय श्रीकण्ठ प्रजापति भन्ने...

  • २०७६ कार्तिक १, शुक्रबार

    बसपार्कमा यात्रु ताने पाँच सय जरिवाना

    बसपार्कमा जथाभावी रुपमा यात्रु तानातान गरेपछि जरिवाना तिर्नुपर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क व्यवस्थापन कार्यविधि २०७६ मा यात्रुमैत्री व्यवहार नगरेमा ५०० जरिवाना तिनुपर्ने व्यवस्था गरिएको छ । वीरेन्द्रनगरमा रहेको नवनिर्मित बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्नको लागि वीरेन्द्रनगर नगरपालिकाले बसपार्क सञ्चालन कार्यविधि निर्माण गरेको हो । नगरपालिकाको स्वामित्वमा रहेको...

  • २०७६ कार्तिक १, शुक्रबार

    लागुऔषध नियन्त्रण चुनौतीपूर्ण

    बाँके जिल्लामा लागुऔषघको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । यस जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि नतिजा सन्तोषजनक भएको पाइँदैन । अहिले बाँके जिल्लालाई लागुऔषधमुक्त र दुव्यर्सनीलाई पुनःस्थापना गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाएको छ । सीमानाकामा चेकजाँचमा कडाइ गर्नुका साथै दुव्र्यसनीका लागि...

  • २०७६ कार्तिक १, शुक्रबार

    युवकको विभत्स हत्या

    सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या गरिएको छ । पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो फरार छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...

  • २०७६ कार्तिक १, शुक्रबार

    विप्लव समूहका दुई जना पक्राउ

    जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो । नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको प्रहरी नायब...

  • २०७६ कार्तिक १, शुक्रबार

    बलात्कार आरोपमा सात जना पक्राउ

    वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...

  • २०७६ कार्तिक १, शुक्रबार

    कम्प्युटर चोरी

    महोत्तरीको बर्दिवास नगरपालिका–९ स्थित एक विद्यालयबाट गएराति कम्प्युटर चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार बर्दिवास–९ स्थित राष्ट्रिय मावि पशुपतिनाथ बनरझुलाबाट १५ थान कम्प्युटर, एक थान प्रोजेक्टर र तीन थान राउटर चोरी भएको हो । बन्द रहेको विद्यालयको ताल्चा फुटाई लाखाँै मूल्य पर्ने कम्प्युटरलगायत सामान चारी भएको अधिकारीले बताउनुभयो । चोरीमा संलग्न...

  • २०७६ आश्विन ३०, बिहिबार

    बोलपत्र च्यात्ने सात पक्राउ

    बाँके राष्ट्रिय निकुञ्जले खुलाएको बोलपत्र च्यातेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । निकुञ्जभित्र दुई पोष्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको बोलपत्र दर्ता गर्ने क्रममा बुधबार एक समूहले निकुञ्जभित्र पसेर बोलपत्र फारम च्यातेको थियो । निकुञ्ज कार्यालयले तोक लगाएका दुई र अन्य केही बोलपत्र च्यातेको अभियोगमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख...

  • २०७६ आश्विन ३०, बिहिबार

    दुर्घटनामा एकको मृत्यु, दुई घाइते

    चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । ना१३प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–४ यज्ञपुरीका भविस केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार तनहुँ आबुखैरहनीका २२ वर्षीय सुशान्त अधिकारी र १९ वर्षीय...

  • २०७६ आश्विन ३०, बिहिबार

    कैदीको मृत्यु

    कारागार कार्यालय भरतपुरका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुघर भई कास्कीको पोखरा बस्ने ५६ वर्षीय अर्जुन सुनार रहेका छन् । क्यान्सरका रोगबाट पीडित उनलाई जेठ ११ गते उपचारका लागि चितवन ल्याइएको थियो । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सुनारको उपचारकै क्रममा बुधबार राति ८ः३० बजे क्यान्सर अस्पताल चितवनमा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

  • २०७६ आश्विन ३०, बिहिबार

    लागुऔषध ब्राउनसुगरसहित दुई युवा पक्राउ

    प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित सिरहा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले गएराति गोलबजार नगरपालिका–५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीयवासी २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतोलाई पक्राउ गरेको हो । स्थानीय दुर्गा यादवको कुखुरा फार्ममा लुकाएर प्लाष्टिकको पोकामा तयार पारिएको अवस्थामा दुवैको साथबाट लागुऔषध...

Pages