STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ आश्विन १६, बिहिबार

    बलात्कार गरी हत्या

    महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा मरहा खोलामा बिहीबार बिहान शव फेला परेको हो । उहाँले मृतक युवती शर्मिला दनुवारको मुख र घाँटी बाँधिएको, दुईटै आँखामा नीलडाम भएको, शरीरको विभिन्न भागमा...

  • २०७६ आश्विन १५, बुधबार

    चावहिलबाट सुनसहित दुई पक्राउ

    नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “त्रिभुवन...

  • २०७६ आश्विन १५, बुधबार

    हराएका पर्यटकको खोजी तीव्र

    उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता दुई पर्यटकको खोजी तीव्ररूपमा अगाडि बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भ्रमणका क्रममा हराइरहेका नेदरल्याण्डका २७ वर्षीय थोमस र कोरियाली ४२ वर्षीय सिसुङकोे खोजीका लागि नेपाल प्रहरीका तालीमप्राप्त तीन कुकुरसमेत परिचालन गरिएको छ । उनीहरू असोज ५ गते बिहान ९ः०० बजे तामाङ सम्पदा पदमार्गअन्तर्गत थुमन...

  • २०७६ आश्विन १५, बुधबार

    किसानलाई प्रलोभनमा पारेर रु १९ लाख ५० हजार रकम ठगी

    एशोसियसन अफ एग्रिकल्चर नेपा  ठगी गरी सम्पर्कविहीन भएको छ । दश वर्षसम्म उन्नतजातको बीउबिजन, तालीम, गोष्ठी, भ्रमण, माटो परीक्षण, सिँचाइ सुविधासँगै खानेपानी उपलब्ध गराउने प्रतिबद्धतासहित किसानबाट रकम उठाएर संस्थाका सञ्चालक सम्पर्कविहीन भएको बताइएको छ । एक हजार २५० बढी किसानबाट रु दुई हजारका दरले संस्थाका कर्मचारीले रकम उठाएका छन् । प्रतिसदस्यलाई सदस्यता शुःल्कका नाममा रु ५०० र यातायात ढुवानीका लागि...

  • २०७६ आश्विन १५, बुधबार

    सामूहिक बलात्कार आरोपमा तीन पक्राउ, दुई फरार

    एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई मङ्गलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न भएका दुई फरार छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो । सोही घटनामा संलग्न मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको...

  • २०७६ आश्विन १५, बुधबार

    एकैदिन ५० जना बढीलाई बौलाहा कुकुरले टोके

    महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ । जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ । कुकुरबाट घाइते हुनेलाई जिल्ला अस्पताल जलेश्वरमा...

  • २०७६ आश्विन १५, बुधबार

    स्क्रब टाइफसले दुईको मृत्यु, ९९ सङ्क्रमित

    जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो । स्क्रब टाइफसका कारण मृत्यु भएकामा एक जना गैंँडाकोटकी महिला र एकजना रौतहटका पुरुष रहेको केसीले जानकारी दिनुभयो । जिल्लाका अस्पतालमा...

  • २०७६ आश्विन १४, मंगलबार

    चन्दका तीन विद्यार्थी नेतामाथि मुद्दा

    चन्द समूहको विद्यार्थी सङ्गठनका जिल्ला संयोजकसहित तीन नेतालाई अभ्रद व्यवहार मुद्दा चलाइएको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेपछि पक्राउ गरी अभ्रद व्यवहारअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । गत शुक्रबार पश्चिम नवलपरासीको सुनवलबाट पक्राउ परेका शारदा भण्डारी, वीरेन्द्र विक र नैनसिंह खड्काविरुद्ध सोमबार मुद्दा दायर गरी अनुसन्धान...

  • २०७६ आश्विन १४, मंगलबार

    कारागारबाटै अवैध असुली

    जिल्ला कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले कारागारबाटै धम्की दिई यहाँका विभिन्न ट्राभल एजेन्सीबाट अनधिकृत रकम असुल्ने गरेको तथ्य बाहिर आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार कारागारमा अपहरण तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका सानोबाबु भन्ने धनबहादुर सुनारले कारागारभित्रबाटै धम्की दिई यहाँका विभिन्न...

  • २०७६ आश्विन १४, मंगलबार

    गाई काटेको अभियोगमा तीन पक्राउ

    पूर्वी चितवनको कालीका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा आज बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईजना फरार रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालीका नगरपालिका–३ बस्ने ३५ वर्षीया निरमाया तामाङ, २७ वर्षीया अञ्जना तामाङ, र १८ वर्षीय अमिर तामाङ रहेका छन् । उनीहरुलाई बिहान निरमायाको आँगनमा गाई काटिरहेको अवस्थामा...

  • २०७६ आश्विन १३, सोमबार

    बेपत्ता दुई बालिकामध्ये एकको शव फेला

    असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ । शनिबार राति १०ः३० बजे भीषण वर्षापछि खोलामा आएको बाढीले १० वर्षकी प्रवीना परियार र ८ वर्षकी अनुश्का परियार बेपत्ता भएका थिए । उनीहरुमध्ये १० वर्षीया प्रवीनाको शव आइतबार साँझ बागलुङको मालढुङ्गा क्षेत्रमा फेला...

  • २०७६ आश्विन १३, सोमबार

    मार्बल झार्दा च्यापिएर मजदूरको मृत्यु

    गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ । भूकम्पले क्षति पु¥याएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा सिरहा मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको च्यापिएर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो । “ट्रकभित्र मार्बल...

Pages