अपराध-दुर्घटना
-
२०७६ आश्विन ७, मंगलबार
दुर्घटना अपडेट ः मृतक सबैको पहिचान
नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टामा दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेँगामगर, देवचुली नगरपालिका–१० का दिपेश राना, सोही स्थान घर भएका हीरा राना र कैलाली धनगढी–११ का सुरज रानामगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।...
-
२०७६ आश्विन ७, मंगलबार
गाँजा तस्करलाई दुई राउन्ड गोली हानेर पक्राउ
प्रहरीले एक गाँजा तस्करलाई गोली हानी पक्राउ गरेको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहा नेतृत्वको टोलीले चालक अफ्रिका चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउन्ड गोली प्रहार गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज यहाँ पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउँदै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२९ का चौधरीलाई नियन्त्रणमा...
-
२०७६ आश्विन ६, सोमबार
दाजुलाई खुकुरी प्रहार गरी आत्महत्या
इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी...
-
२०७६ आश्विन ६, सोमबार
‘चारदेखि १८ वर्ष उमेर समूहका बालिका हिंसाको सिकार’
मुलुकमा चारदेखि १८ वर्ष उमेर समूहका बालिका बढी हिंसाको सिकार भएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको आज ‘जबर्जस्ती करणीमा परेका महिलाको मानवअधिकार एवं न्याय पहँुचमा नेपाल प्रहरीको जवाफदेहिता अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम’ मा नेपालमा उक्त उमेर समूहका बालिका हिंसाको सिकार भोग्न बाध्य भएको बताइएको हो । आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा रहेका दलित, जनजाति, मुस्लिम र अपाङ्गता भएका...
-
२०७६ आश्विन ६, सोमबार
मूर्ति सेलाउन गएका मुस्लिम युवाको शव चार दिनपछि फेला
सप्तरीमा विश्वकर्मा भगवानको मूर्ति सेलाउने क्रममा एक मुस्लिम युवाको डुबेर मुत्यु भएको अवस्थामा आज शव फेला परेको छ । मूर्ति सेलाउन सप्तकोशी नदी गएका सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियाका २० वर्षीय अमिर खाँको शव चार दिनपछि फेला परेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिकाको जोगिनियास्थित कोशी नदीमा मृत अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय भारदहका प्रहरी...
-
२०७६ आश्विन ५, आइतबार
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना४ख २६०७ नंको बसले अन्दाजी २८ वर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । बस र चालकलाई...
-
२०७६ आश्विन ५, आइतबार
१४ जुवाडे पक्राउ
नेपाल प्रहरीले रु ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरमा रु ८७ हजारसहित नौ जनालाई र टोखा नगरपालिका–९ कल्पना...
-
२०७६ आश्विन ५, आइतबार
जेसिबीको ठक्करबाट एक बालकको मृत्यु
दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको सडक निर्माण डोजर ठक्करबाट एक बालकको ज्यान गएको छ । बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्कालाई जेसिबीले ठकर दिएको र...
-
२०७६ आश्विन ५, आइतबार
चोरीका मोटरसाइकलसहित सात पक्राउ
भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ । सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका–३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामबहादुर तामाङ, सुनकोशी गाउँपालिका–७ का २४ वर्षीय विजय नेपाल पक्राउ परेका उक्त बृत्तका प्रहरी नायब उपरीक्षक शान्तिराज...
-
२०७६ आश्विन ५, आइतबार
खोलाको जग्गा धितो राखेर ऋण दिने प्रकाउ
पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी गरी ११ जना छन् । उनीहरुले मिलेमतोमा बगिरहेको खोलाको नक्कली कागजात बनाएर...
-
२०७६ आश्विन ५, आइतबार
बालकोटको कपास उद्योगमा आगलागी
सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ । भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो फैलिएर पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा आगो लागेको कामदारले बताएका छन् । के कारणले आगलागी भयो भन्ने यकिन नभए पनि आगलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट...
-
२०७६ आश्विन ३, शुक्रबार
कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट
नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताउनुभयो । तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ । प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ । नगरपालिका कार्यालयको ढोका...


