अपराध-दुर्घटना
-
२०७६ भाद्र १, आइतबार
पुडासैनी मृत्यु प्रकरण ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ । सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारसँग माग गरेका छन् । घटनाको अनुसन्धान प्रभावित हुने काम कसैले गर्न नहुनेमा जोड दिइएको छ । पोलिएका व्यक्तिलाई यसअघि पटक–पटक...
-
२०७६ श्रावण ३२, शनिबार
आगलागीबाट ६५ लाखको क्षति
दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ । उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ । “मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो”, उहाँले भन्नुभयो । विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आचार्यको अनुमान छ । लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी,...
-
२०७६ श्रावण ३१, शुक्रबार
दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते
हेटौँडामा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो । काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना५ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको चितवन र मकवानपुरका...
-
२०७६ श्रावण ३१, शुक्रबार
प्रदेशसभा सचेतकको घरमा आक्रमण
प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति अज्ञात समूहले आक्रमण गरेको छ । प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा सिसामा मट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उहाँ चढ्ने लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिनुभयो । राति करीब २ः३० बजेको...
-
२०७६ श्रावण ३०, बिहिबार
लेक लागेर मृत्यु
पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ । जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी बस्ने २३ वर्षीय दीपक ढकालको निधन भएको हो । समुद्र सतहदेखि १४ हजार १०० फिटको उचाइमा लेक लागेको उनको मृत्यु भएको हो । शवलाई गोसाइँकुण्डबाट तल झार्ने प्रक्रिया अगाडि बढेका प्रहरी प्रवक्ता वाग्लेले जानकारी...
-
२०७६ श्रावण ३०, बिहिबार
थानकोट नाका लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु
उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि धेरै लागुऔषध ओसारपसार पनि थानकोट नाकाबाटै हुने गरेको...
-
२०७६ श्रावण ३०, बिहिबार
एशियन पेन्टस् उद्योगमाथि मुद्दा दायर
नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर गरिएको छ । नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि मुद्दा दायर गरेको हो । उद्योगले नापतौल यन्त्रको खरीद गरी सञ्चालन गरेको ३५ दिनभित्र नापतौल कार्यालयबाट इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको तर,...
-
२०७६ श्रावण ३०, बिहिबार
सीमा अपराध नियन्त्रणमा चुनौती
बाँकेको ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । यो क्षेत्रमा नेपाल–भारत जोड्ने साना ठूला बाटाहरु छन् । जसमध्ये कुनै मुख्य नाका छन् भने कुनै छोटी नाका छन् । बाँके जिल्लामा सशस्त्र प्रहरी बलका सीमा सुरक्षा कार्यालय छन् । भएका सुरक्षा कार्यालय पर्याप्त छैनन् । जसका कारण सीमामा सुरक्षा चुनौती छ । सीमामा सशस्त्र प्रहरीको उपस्थिति पनि न्यून छ । यसले सीमा क्षेत्रमा प्रभावकारी गस्ती र सीमा अपराध...
-
२०७६ श्रावण ३०, बिहिबार
पत्रकार पुडासैनी हत्या आरोपमा टेलिभिजन कार्यक्रम प्रस्तोला रवि लामिछानेसहित तीन जना पक्राउ
प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज पक्राउ गरेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् । जिल्ला प्रहरी कार्यालय चितवन र...
-
२०७६ श्रावण २९, बुधबार
एउटै वडामा ६० लाई डेङ्गु, नियन्त्रण अभियानमा सेना–प्रहरी
हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् । हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधरण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरीलगायत सयौँको सङ्ख्यामा स्थानीयवासी तथा...
-
२०७६ श्रावण २९, बुधबार
आठ हजार गाँजाको बोट नष्ट
सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ठूलोगाउँमा रहेका करीब आठ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ । महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागुऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताउनुभयो । स्थानीय बासिन्दाको घर करेसा, तरकारी, मकैबारीदेखि खुला ठाउँ, चौर र पाखामा लहलह गर्दै झुलेका हजारौँ...
-
२०७६ श्रावण २९, बुधबार
फरार दुई बलात्कार आरोपित पक्राउ
पाँचखाल नगरपालिकास्थित दुई स्थानमा भएका दुई बलात्कार घटनाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । पाँचखाल नपा–४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर लामाले घरधनी महिलालाई गत जेठ २३ गते राति १ बजे जबर्जस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक अनुसन्धानबाट लामाले ती महिलालाई पटक...


