अपराध-दुर्घटना
-
२०७६ श्रावण २६, आइतबार
नेपालमा वर्षेनी पाँच हजार व्यक्तिद्वारा आत्महत्या
नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५र७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका विभिन्न रूप भए पनि झुण्डिएर...
-
२०७६ श्रावण २५, शनिबार
बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ
दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो । प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी...
-
२०७६ श्रावण २४, शुक्रबार
त्रिशूलीमा बस खस्दा तीनको मृत्यु, २५ वेपत्ता
सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो । मृतक तीनै...
-
२०७६ श्रावण २४, शुक्रबार
मध्यरातमा सुर्खेतरोडमा आगलागी, ठूलो विनाश ट¥यो
नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राति ११ बजेबाट शुरु भएको आगलागी २ बजेतिर नियन्त्रणमा आएको थियो । प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका दुई, कोहलपुरको एक र नेपालगञ्ज विमानस्थलमा रहेको एक गरी चार दमकललाई आगलागी नियन्त्रणमा लिन हम्मेहम्मे...
-
२०७६ श्रावण २४, शुक्रबार
सडक डिभिजन प्रमुख रकमसहित पक्राउ
डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ । अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद रु नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ । आयोग पोखराका प्रमुख काशीराज दाहालले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो । सडक कार्यालय...
-
२०७६ श्रावण २४, शुक्रबार
चिर्पट प्रहार गरी बुबाको हत्या
झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले आज बिहान बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए । चिर्पट प्राहरबाट ७० वर्षीय बुबा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुबालाई चिर्पट प्रहार गर्ने ३० वर्षीय प्रकाशलाई इलाका...
-
२०७६ श्रावण २४, शुक्रबार
काठमाडौ स्वयंम्भुमा प्रहरीले गोली चलायो, एकजना पक्राउ
अपराध महाशाखाको टोलीले गोली प्रहार गरी लोप्चन लामा भन्ने मिलन तामाङलाई पक्राउ गरेको हो। उनको दुवै घुँडामुनि २ वटा गोली लागेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग २ करोड रकम माग गरेका थिए। नदिए छोरी मार्ने धम्की दिएका थिए। उनी लुटेरा रहेको प्रहरीले जनाएको छ।
-
२०७६ श्रावण २४, शुक्रबार
उपत्यकामा अपराध बढ्यो, देशभर घट्यो
काठमाडौँ उपत्यकामा विगतका वर्षको तुलनामा अपराधको सङ्ख्यामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा आव २०७५÷०७६ मा अपराधको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरमा आव २०७४÷०७५ मा आठ हजार ३८५ मुद्दा दर्ता भएकामा आव २०७५÷०७६ मा उक्त सङ्ख्या बढेर १० हजार १५९ मुद्दा दर्ता भएको थियो । यो अघिल्लो वर्षको...
-
२०७६ श्रावण २४, शुक्रबार
नक्कली नोट छाप्ने उपकरणसहित चार पक्राउ
नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहादुर खड्कालाई नोट छाप्ने उपकरणसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।...
-
२०७६ श्रावण २३, बिहिबार
बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ
जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् । सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ । पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो । किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको...
-
२०७६ श्रावण २३, बिहिबार
काँक्रेविहारमा तोडफोड
अज्ञात समूहले पछिल्लो समय लगातार पर्यटकीयस्थल काँक्रेविहारको तोडफोड गरेको छ । वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित पुरातात्विक स्थल काँक्रेविहारको पुनर्निर्माण अन्तिम चरणमा पुगेका बेला रातिको समयमा लगातार अज्ञात समूहको निशाना परेको हो । स्थानीय हेरालु सीता कार्कीले शनिबार, आइतबार र सोमबार राति तोडफोड गरेको बताउनुभयो । “उच्छृङ्खल समूहले मूल गेट, सुरक्षा पर्खाल, टिकट काउन्टर तोडफोड गरेको छ”, उहाँले...
-
२०७६ श्रावण २३, बिहिबार
बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ
जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् । सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ । पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो । किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु...


