STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ श्रावण २२, बुधबार

    यात्रु ठग्ने बाह्र हजार ट्याक्सी चालक कारबाहीमा

    ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५÷७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले आव २०७४÷७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो । महाशाखाका प्रमुख एवं...

  • २०७६ श्रावण २२, बुधबार

    बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ

    सप्तरीमा एकगर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी...

  • २०७६ श्रावण २१, मंगलबार

    पत्रकार पुडासैनी मृत भेटिए

    माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा...

  • २०७६ श्रावण २१, मंगलबार

    जिप दुर्घटनाको खोजी भएन, मनपरी तवरले गाडी गुडाइँदै

    राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा छोटो दूरीका सडकमा ‘रुट परमिट’बिना सवारीसाधन सञ्चालन हुँदै आएका छन् । राष्ट्रिय गौरवको कर्णाली करिडोरको हुम्लाअन्तर्गत तीन खण्डमा सवारीसाधन सञ्चालन भए पनि जिल्लामा रुट परमिटबिना सञ्चालन हुँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाका तीन खण्डमा गुडिरहेका सवारीसाधनमाथि कडा निगरानी गर्ने भएको छ । जिल्लाभित्रै छोटो दूरीमा सञ्चालन हँुदै आएका...

  • २०७६ श्रावण २१, मंगलबार

    सम्बन्ध विच्छेदका मुद्दा बढ्दो

    रुपन्देहीमा विभिन्न कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको देखिएको छ । वैदेशिक रोजगार, मदिरा सेवन, लागुऔषध, असफल प्रेम विवाहका कारण सम्बन्ध विच्छेद बढ्दै गएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । आर्थिक वर्ष ०७४÷७५ मा ६३१ सम्बन्ध विच्छेदको मुद्दा परेकामध्ये ५०२ मुद्दा फछ्र्यौट भएको छ भने १२९ अझै बाँकी रहेको छ । त्यस्तै आर्थिक वर्ष २०७५÷७६ मा ७२७ मुद्दा परेकामा ४९२ फछ्र्यौट भएको छ भने २३५...

  • २०७६ श्रावण २०, सोमबार

    एनसेल टावर आगजनी गरेको आरोपमा पक्राउ

    गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका–५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता प्रकाशजङ्ग लामिछानेलाई शनिबार नियन्त्रणमा लिएको हो । टावरमा आगजनी गर्नेको खोजी गर्ने क्रममा टावर रहेकै वडा निवासी लामिछानेमाथि शङ्का रहेकाले उनलाई घरबाट नै...

  • २०७६ श्रावण २०, सोमबार

    त्रिशूलीमा ट्रक खस्यो

    नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ । ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा...

  • २०७६ श्रावण २०, सोमबार

    बाढी पहिरोबाट २६४ घर र ८५० मिटर पक्की सडक पूर्ण क्षति

    अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा दुई सय ६४ घर पूर्णरूपमा क्षति हुनुका साथै आठ सय ५० मिटर पक्की सडक क्षति भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १३ वटा नै स्थानीय तहमा भएको क्षतिको विवरण सङ्कलन गरी प्रदेश ३ सरकारसमक्ष पेश गरिएको विवरणमा मानवीय क्षतिका साथै भौतिक क्षतिको विवरण पेश गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना...

  • २०७६ श्रावण २०, सोमबार

    चार किलो सुनसहित चिनियाँ पक्राउ

    प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चार किलो सुनसहित चिनियाँ नागरिक ली निंछीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब उपरीक्षक शैलेश थापा क्षत्रीले आइतबार राति १०ः५० बजे क्याथी ड्रयागनको उडानमा हङकङबाट काठमाडौँ आएका निंछिलाई पक्राउ गरिएको जानकारी...

  • २०७६ श्रावण १९, आइतबार

    पहिरोमा ज्यान गुमाएको परिवारलाई छ लाख सहयोग

    बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित पहिरोपीडित एक परिवारलाई काँडेवास सेवा समाज जापानद्वारा रु छ लाख १२ हजार सहयोग प्रदान गरिएको छ । गत साउन ७ गते अविरल वर्षाका कारण गोठ बगाउँदा गोठमा भैँसी दुहुदै गरेकी सीता गौतमको मृत्यु भएको थियो । गौतमसँगै दुई भैँसी तथा एक बाख्रालाई समेत पहिरोले बगाएको थियो । आर्थिक अवस्था कमजोर भएको परिवारलाई राहतस्वरुप सहयोग रकम सङ्कलन गरी प्रदान गरिएको हो । गौतम...

  • २०७६ श्रावण १९, आइतबार

    ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

    कविलासी नगरपालिका–७ सिरसियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको मोटरसाइकललाई बोलबम शिवभक्त सवार ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ । ठक्करबाट चक्रघटा गाउँपालिका–६ निवासी हृदय दासको १७ वर्षीया छोरी रामशीलाकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गए राति ११ः१५ बजेको समयमा ट्र्याक्टरले उनलाई ठक्कर दिएको थियो...

  • २०७६ श्रावण १९, आइतबार

    बस दुर्घटनामा १३ यात्रु घाइते

    पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार १३ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते भएका यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज...

Pages