STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ श्रावण १५, बुधबार

    बिप्लप समूहद्धारा दुई वटा गाडीमा आगजनी

    विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको...

  • २०७६ श्रावण १५, बुधबार

    लापसे परीक्षण गर्दै प्रहरी

    मादक पदार्थ सेवन मापसे गरेर सवारीसाधन चलाउनेलाई कारवाहीपश्चात सफलता प्राप्त गरेको नेपाल प्रहरीलाई फेरि लागु पदार्थ सेवन लापसे को चुनौती थपिएको छ । मादक पदार्थ सेवन मापसे गरेर सवारीसाधन चलाउनेलाई प्रहरीले कारवाही गरेपछि सवारी चलाउने सङ्ख्यामा ह्वात्तै कमी आए पनि पछिल्लो समय लागु पर्दाथ सेवन लापसे गरेर सवारीसाधन चलाउने बढ्न थालेपछि बागलुङ जिल्लामै पहिलोपटक लापसे परीक्षण गरिने भएको हो । सवारी...

  • २०७६ श्रावण १५, बुधबार

    बालिका बलात्कार गर्ने दुई पक्राउ

    ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ । सोही प्रकृतिको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई...

  • २०७६ श्रावण १५, बुधबार

    मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन

    यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन मापसे गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र लाइसेन्स निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६९०...

  • २०७६ श्रावण १५, बुधबार

    पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

    चन्द्रपुर नगरपालिका–९ डुमरियास्थित ईटा भट्टाको पोखरीमा डुबेर आज एकैघरका दाजुबहिनीको मृत्यु भएको छ । मृत्यु हनेमा सर्लाहीको हरिपुर नगरपालिका–४ स्थायी घर भई डुमरियामा बस्दै आएका सञ्जय साहका ११ वर्षीय छोरा अनिस साह र आठ वर्षीय छोरी कल्पना साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । साह परिवार डुमरियामा मोटरसाइकल ग्यारेज खोलेर बस्दै आएका थिए । मृतक परिवारका अनुसार, बिप्लब समूहको...

  • २०७६ श्रावण १४, मंगलबार

    मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

    जिल्ला प्रहरी कार्यालय चितवनले मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० बस्ने वर्ष २३ का सागर क्षेत्री र वर्ष ३४ का दीपेन्द्र पण्डित रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले उनीहरुलाई आइतबार भरतपुर महानगरपालिका–३ लायन्सचोकबाट पक्राउ...

  • २०७६ श्रावण १४, मंगलबार

    राजमार्गमा खाल्डाखुल्डी बढेपछि दुर्घटना बढ्दो

    अति व्यस्त रहने पूर्वपश्चिम राजमार्गमा असङ्ख्य खाल्डाखुल्डी बढ्दै गएसँगै सडक दुर्घटनाको जोखिम बढेको छ । वर्षा र बाढीले राजमार्गको कालोपत्र भागमा खाल्डाखुल्डी बढाएसँगै दर्जनौँ ठाउँमा छेउ कटान गरेपछि दुर्घटना जोखिम बढेको हो । पूर्वपश्चिम राजमार्गको महोत्तरीमा पर्ने १६ किलोमिटर दूरीमा २० ठाउँभन्दा बढी बाढीले छेउ ढालेको र कालोपत्र भागमा पाइलैपिच्छे जसो खाल्डाखुल्डी बनाएको छ । राजमार्गमा सवारी चलाउन...

  • २०७६ श्रावण १४, मंगलबार

    लाागुऔषधका मुद्दामा वृद्धि, देशभर तीन हजार ३५७ मुद्दा दर्ता

    मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४र७५ को तुलनामा आव २०७५÷७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो । आव २०७४र७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आव २०७५र७६ मा तीन हजार ३५७ मुद्दा दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियता बढेसँगै लागुऔषध दुव्यर्सनी तथा...

  • २०७६ श्रावण १४, मंगलबार

    नौ गोही मरे

    गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन् । सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नौ वटा गोही तिहारी जालमा परेर मरेका थिए भने जालमा परेका १२ वटा गोहीलाई उद्धार गरिएको थियो । सात वटा राप्तीमा र दुई वटा नारायणी नदीमा जालमा परेर मरेका हुन ।...

  • २०७६ श्रावण १३, सोमबार

    चोरी गर्ने गिरोह पक्राउ

    रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ परेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार जनाएको छ । पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने अब्दुल हमिद मुसलमान, शुद्धोदन गाउपालिका–६ का कालु मल्लाह, कञ्चन गाउँपालिका–५ का गगन गुरुङ, सम्मरबहादुर थापा, मानबहादुर भण्डारी, वडा नम्बर ४ का ओमप्रकाश रौतार र...

  • २०७६ श्रावण १३, सोमबार

    वैदेशिक रोजगारीको नाममा तीन दर्जन युवा ठगिए

    वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिन पुगेका छन् । जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र लिम्चुङबुङ गाउँपालिका जाँतेका भोपाल थापाले जिल्लाका साउने, खाबु, त्रियुगा नगरपालिका, जाँते, लाफागाउँ, चुहाडे क्षेत्रका तीन दर्जन युवालाई विदेश पठाइदिने...

  • २०७६ श्रावण १३, सोमबार

    नौ हजार सवारीसाधन कारवाहीमा

    गत आवमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन्् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार राजश्व उठेको छ । अघिल्लोको तुलनामा आव ०७५÷०७६ मा कारवाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढी छ । आव ०७४÷०७५ मा जम्मा सात हजार ८२४ सवारीसाधन कारवाहीमा परेका थिए । नियमविपरीत चलेका ६४१ ट्रक, ६१८ बस, जीप चार हजार ४८०, ट्र्याक्टर एक हजार १२, मोटरसाइकल...

Pages