STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ श्रावण १६, बिहिबार

    एक वर्षमा साढे दुई सय बढीले गराए सुरक्षित गर्भपतन

    दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बितेको आर्थिक वर्ष २०७५र७६ मा २५८ महिलाले निःशुल्क सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १७ वर्षदेखि २० वर्षसम्मका २४ र २० वर्षमाथिका २३४ महिला रहेको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर दुर्गा रेग्मी जानकारी दिनुभएको छ । त्यसैगरी आर्थिक वर्ष २०७४र७५ मा भने सो अस्पतालबाट २२३ महिलाले सुरक्षित गर्भपतन गराएका थिए । सो अवधिमा २० वर्षमुनिका २० र २०...

  • २०७६ श्रावण १६, बिहिबार

    नागढुङ्गाबाट लागुऔषधसहित चौधरी पक्राउ

    नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित एकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको प्रहरी टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना५ख ४१९१ नंको बस जाँचका क्रममा लागुऔषधसहित बारा कलैयाका १६ वर्षीय राजु चौधरीलाई आज बिहान पक्राउ गरेको हो । प्रभागका प्रमुख, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले पक्राउ चौधरीसँग नुर्फिन ९६ एम्पुल, फेनार्गन ९८ एम्पुल र डाइजेपाम ९८...

  • २०७६ श्रावण १६, बिहिबार

    छुट्टाछुट्टै दुर्घटनामा घटनामा दुईको मृत्यु

    भक्तपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चाँगुनारायण नगरपालिका–८ चरेलीमा गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नंको बोलेरो गाडी आफँै अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । गाडी सडकबाट करीब पाँच मिटर तल खस्दा गाडीमा सवार चाँगुनाराण–८ कलमसी बस्ने ३२ वर्षीय कान्छा राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर...

  • २०७६ श्रावण १६, बिहिबार

    नदीले बगाउँदा विद्यार्थी बेपत्ता

    सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन् । आज बिहान ९ः१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको छ । प्रहरी चौकी लामोसाँघुबाट गएका प्रहरी, विद्यालयका शिक्षक तथा स्थानीयवासीले खोजी गरिरहेका छन् । बल खेल्ने क्रममा खेलिरहेको बल खोलामा पुगेपछि उनी बल निकाल्नका लागि...

  • २०७६ श्रावण १६, बिहिबार

    दुई दर्जन एनसेल टावरमा आगजनी

    मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी ९एनसेल० र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पु¥याएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा यसरी आगजनी भएको हो । बुधबार साँझदेखि आज बिहान ११ बजेसम्मको विवरणअनुसार धेरै स्थानमा जुटको बोरामा आगो सल्काएर आगजनी गरेको प्रहरीले जनाएको छ...

  • २०७६ श्रावण १६, बिहिबार

    चोरीमा बालकको संलग्नता

    एकैरात नेपालगञ्जका नौ पसलमा दुई बालकले चोरी गरे । खजुरा, कोहलपुर, राँझा, बर्दियाको बाँसगढीसम्मका ती पसलमा हिजो राति कालु र दामु नामका बालकले चोरी गरेका थिए । बाँकेको नेपालगञ्ज र बर्दियाको बजारमा हुने स–साना चोरीमा बालकको संलग्नता देखिएको प्रहरीले जनाएको छ । नेपालगञ्जका नौ वटा पसल र आसपासमा शृङ्खलाबद्ध चोरीमा संलग्न नेपालगञ्ज–२०स्थित मदनापुरका १५ वर्षीय कालु विक र १६ वर्षीय दामु शाही पक्राउ परेपछि...

  • २०७६ श्रावण १६, बिहिबार

    बाढीबाट १५ करोडभन्दा बढीको क्षति

    जिल्लाको रातु, मरहा र औरही नदीमा आएको बाढीले ६ हजार ११२ मिटर तटबन्ध बगाएको छ । जनताको तटबन्ध फिल्ड कार्यालय २ महोत्तरीका अनुसार रातु नदीले चार हजार १७ मिटर, औरही नदीले दुई हजार ५० र मरहा नदीले ४५ मिटर तटबन्ध तथा रिभेटमेन्ट बगाउनाका साथै क्षतिग्रस्त बनाएको छ । सोबाट रु १५ करोड २३ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको छ । मरहा नदीले बर्दिवास नगरपालिका–१० स्थित जुठेडाँडा, वडा नं ५ टुटेश्वर र...

  • २०७६ श्रावण १६, बिहिबार

    मोबाइल चलाउँदा एक किशोरको मृत्यु

    मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको आज बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २०७६ श्रावण १६, बिहिबार

    साइबर अपराध चुनौतीपूर्ण बन्दै

    पछिल्लो समय साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । भोटाहिटीस्थित प्रहरी प्रधान कार्यालय साइबर ब्युरोद्वारा यहाँ आज आयोजित महिला तथा बालबालिका विरुद्ध हुने ‘साइवर अपराध सचेतनामूलक कार्यक्रम’मा सहभागी बक्ताहरूले यस्तो बताएका हुन् । अहिले विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशाना महिला तथा बालबालिका केन्द्रित हुने गरेको सो अवसरमा जानकारी दिइएको थियो । महिला...

  • २०७६ श्रावण १६, बिहिबार

    गोलीसहित एक जना पक्राउ

    प्रहरीले झापाको भद्रपुर विमानस्थलबाट थ्रीनट थ्री राइफलको गोलीसहित आज एक व्यक्तिलाई पक्राउ गरेको छ । दिउँसो २ बजेको सौर्य एयरलाइन्सबाट काठमाडौँ जान लागेका इलामको सूर्याेदय गाउँपालिका–४ का ३१ वर्षीय सुरेन राई पक्राउ परेका हुन् । राईलाई विमानस्थलमा जाँचका लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ...

  • २०७६ श्रावण १६, बिहिबार

    वार्ताको विकल्प छैन चन्द समूहका नेता कार्की

    नेत्रविक्रम चन्द समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीले सरकार र आफ्नो पार्टीबीच वार्ताको विकल्प नभएको बताउनुभएको छ । महानगरीय प्रहरी परिसर टेकुमा आज रासससँग कुुरा गर्दै कार्कीले देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्ण रुपमै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । उहाँले आफू वार्ताको पक्षमा रहेको र वार्ताकै लागि विभिन्न सम्पर्कसूत्रमार्फत प्रयास गर्दैगर्दा पक्राउ परेको...

  • २०७६ श्रावण १५, बुधबार

    बेचिने जोखिममा परेका ८८ चेलीलाई समुदायमा पुनःस्थापित

    मानव बेचविखनविरुद्व काम गर्दै आएको संस्था केआइएन नेपालले आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न बहानामा बेचिन सकिने जोखिममा परेका जिल्लाका ८८ महिलालाई उद्धार गरी समुदायमा पुनःस्थापित गराएको छ । विभिन्न १० सीमानाका र भारतबाट उद्वार गरेकामध्ये चितवनमा ल्याइएका ८८ जनालाई समुदायमा पुनःस्थापित गराएको केआइएन नेपाल चितवनकी संयोजक केमिका घिमिरेले मङ्गलबार यहाँ मानव बेचविखनविरुद्व अन्तर्राष्ट्रिय दिवसको अवसरमा...

Pages