अपराध-दुर्घटना
-
२०७६ श्रावण १८, शनिबार
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
सुनसरी सदरमुकाम इनरुवा ७ बर्छवामा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय अर्पण खबास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी...
-
२०७६ श्रावण १८, शनिबार
दुई किशोरी सम्पर्क विहीन
हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्र्पक विहीन रहेका छन् । सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी लक्षुकै साथी सङ्गीता शाही साउन १५ गतेदेखि घरबाटै सम्पर्कविहीन भएका हुन् । लक्षुका काफ्ले भने रातो गौ गोरो अनुहार कि दाहिने आँखामुनि खत भएकी रातो कुर्ता सुरुवाल लगाएकी कोट माविमा कक्षा ८...
-
२०७६ श्रावण १७, शुक्रबार
पहिरोमा परी दुईको मृत्यु, पाँच घाइते
लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । राति करीब १ बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ...
-
२०७६ श्रावण १७, शुक्रबार
अख्तियारद्वारा पाँच प्रहरी पक्राउ
टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ । आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो । बिहीबार साँझसम्मको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपर चालकबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरिएको...
-
२०७६ श्रावण १७, शुक्रबार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
भरतपुर महानगरपालिका वडा नं १० चितवन मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ९ का १९ वर्षीय प्रदीप सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना४८प ७०६४ नंको मोटरसाइकलले बिहीबार राति ११ बजे पैदलयात्री सुनारलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते सुनारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।...
-
२०७६ श्रावण १७, शुक्रबार
लागुऔषधसहित दुई पक्राउ
चितवनमा प्रतिबन्धित लगुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–८ बस्ने १९ वर्षीय सनम प्याकुरेल क्षेत्री र गोरखाको सुलिकोट गाउँपालिका–८ बस्ने २४ वर्षीय गणेश गुरुङलाई फेनेरागन ६ एम्पुल, डाइजापाम ६, बुप्रिनुफिन ६ एम्पुल, नाइट्राजेपाम ट्याब्लेट ९नाइट्राभेट० १० लेखेको लागुऔषध डाइजेपामसहित भरतपुर महानगरपालिका–९ स्थित परमानन्दचोकबाट पक्राउ गरिएको हो...
-
२०७६ श्रावण १७, शुक्रबार
सिसी क्यामेराको फुटेजको सहयोगले अपराधी पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसी क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ । बुधबार मध्याह्न १२ः३० बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी सुर्खेतस्थित पुरानो बसपार्क सडकखण्डमा एक वृद्धा महिलालाई ठक्कर दिएर फरार भएका युवकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भई हाल वीरेन्दनगर नगरपालिका–५ चिसापानी सुर्खेत निवासी २४ वर्षीय गगन गुरुङ रहेको जिल्ला...
-
२०७६ श्रावण १७, शुक्रबार
सवारी दुर्घटनामा वृद्धि
आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा आव २०७५÷७६ मा जिल्लामा सवारी दुर्घटना वृद्धि भएको छ । गत आवमा १८४ सवारी दुर्घटनामा १०४ को मृत्यु २३३ को अवस्था नाजुक र १९० सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार ती दुर्घटनामा २५१ सवारीसाधन परेका थिए । आव २०७४÷२०७५ मा भने जिल्लामा १७१ सवारी दुर्घटनामा ७९ को मृत्यु २१५ को...
-
२०७६ श्रावण १७, शुक्रबार
कोरिया–जापान व्यापार संकट, दुबै देशबीच आरोप–प्रत्यारोप
दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिइआएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयप्रति शुक्रबार भत्र्सना गर्नुभएको छ । उहाँले जापान सरकारको कदम निकै असंवेदनीय रहेको बताउँदै कोरियाले जापानी कदमको प्रतिवाद गर्ने स्पष्ट गर्नुभयो । मन्त्रिपरिषदको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति मूनले भन्नुभयो, “टोकियोको कदम स्वार्थप्रेरित, ध्वंसात्मक कार्य रहेकाले...
-
२०७६ श्रावण १७, शुक्रबार
दुई युवकको शव बरामद
महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार हत्या गरिएको अवस्थामा दुई युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित उखु बारीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको हो । नाम, थर, बतन नखुलेको युवकको अनुहारलगायतको भागमा हतियार प्रयोग गरिएकाले पहिचान खुल्न सकेको...
-
२०७६ श्रावण १७, शुक्रबार
दुई युवकको शव बरामद
महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार हत्या गरिएको अवस्थामा दुई युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित उखु बारीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको हो । नाम, थर, बतन नखुलेको युवकको अनुहारलगायतको भागमा हतियार प्रयोग गरिएकाले पहिचान खुल्न सकेको...
-
२०७६ श्रावण १७, शुक्रबार
ब्लक प्रहारबाट कैदीको मृत्यु
ललितपुरको नक्खुस्थित कारागारमा एक कैदीले सिमेन्टको ब्लक प्रहार गर्दा आज अर्का कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका सर्लाहीका ४५ वर्षीय पवनकुमार महत्तोको ब्लक प्रहारबाट कर्तव्य ज्यान मुद्दामै थुनामा रहेका बर्दियाका ३७ वर्षीय पूर्णबहादुर राजीको ज्यान गएको कारागारका जेलर बेदप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ब्लकले टाउकोमा हानेकालेभित्र गम्भीर चोट लाग्दा उनको...


