STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ जेठ ९, बिहिबार

    अवैध हातहतियारसहित २४२ पक्राउ

    नेपाल प्रहरीले चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले देशभरबाट अवैधरूपमा हातहतियार लिएर हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २३६ पुरुष र छ महिला रहेका छन् । यो सङ्ख्यामा १७ विदेशी नागरिक रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार एलएमजी राइफल एक थान, पोइन्ट टुटु राइफल एक थान, एसएमजी दुई थान, एमसिक्स्टीन एटु राइफल एक थान, पेस्तोल ३८ थान,...

  • २०७६ जेठ ९, बिहिबार

    विद्युत् चुहिएर किरानामा आगोलागी, लाखाँैको क्षति

    विद्युत् चुहिएर गए राति झापाको दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन हुँदै आएको साहको किराना पसलबाट अचानक निस्किएको आगोले सँगै रहेको राज अग्रवालको मोबाइल पसलमा समेत क्षति पुगेको थियो ।...

  • २०७६ जेठ ९, बिहिबार

    सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’

    काठमाडौँको शङ्खरापुर नगरपालिकाको इन्द्रेणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ गरेको पाइएको छ । नगरपालिकाको वडा नं ९ खुलालटारमा सार्वजनिक खोल्सा रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा हिमपाइप राखेर निजी जग्गा प्लटिङ गरिएको हो । साँखुका स्थानीय दिलीपकुमार श्रेष्ठ  भन्नुहुन्छ, “यो क्षेत्रमा पहिला ठुलो खोल्सा थियो । अहिले यहाँ खोल्सामा हिमपाइप राखेर खोल्सा पुर्दै व्यक्तिले सार्वजनिक...

  • २०७६ जेठ ९, बिहिबार

    जलेर तीनको मृत्यु

    बैतडीमा बुधबार गएराति आगलागी हुँदा एकैघरका तीन जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।  पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाइ बस्दै आएका थिए । गएराति  खाना खाई...

  • २०७६ जेठ ९, बिहिबार

    झाँक्री हत्या गर्ने २६ जनालाई कैद फैसला

    गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चार जना महिलालाई भने सफाइ दिइएको छ । चौँतीस वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भिमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७...

  • २०७६ जेठ ९, बिहिबार

    अज्ञात समूह द्धारा आमा र छोरीको हत्या प्रयास

    झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ वर्षीया छोरी अर्पणा बुढाथोकी घाइते भएका छन् । आक्रमणको घटना राति भए पनि...

  • २०७६ जेठ ९, बिहिबार

    पौडी खेल्दा डुबेर मृत्यु

    साथीहरुसँग पौडी खेल्ने क्रममा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ स्थित बानियाँटारका १७ वर्षीय विद्यार्थी सौगात ढकालको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरका अनुसार ढकाल काठमाडौँमा कक्षा ११ को परीक्षा सकाएर घर आएका थिए । बिदा मनाउन घर आएका ढकाल साथीसँग तादीखोलामा पौडी खेल्न गएकामा खोलामा डुबेर ज्यान गएकोे प्रहरी उपरीक्षक पल्लिमगरले...

  • २०७६ जेठ ८, बुधबार

    चरेशसहित पक्राउ

    काठमाडौँको बलम्बु क्षेत्रबाट १५ किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । केही व्यक्तिले लागुऔषध कारोवार तथा ओसारपसार गर्दै छन् भन्ने सूचनाका आधारमा मङ्गलबार साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले चरेशसहित पक्राउ गरेको हो ।  खोजतलास गर्ने क्रममा चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाबाट पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिनुभयो ।...

  • २०७६ जेठ ८, बुधबार

    यौन व्यवसायमा लगाउने होटल सञ्चालक पक्राउ

    झाडुपोछाको काम गर्न होटेलमा राखेकी कपिलवस्तुकी १५ वर्षीया नाबालिकालाई जबर्जस्ती यौन व्यवसायमा लगाउने होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ स्थित राप्ती मेनु होटेल सञ्चालक २९ वर्षीय अनिल भन्ने टेकबहादुर कुँवर र उनकी श्रीमती ३३ वर्षीया मीनाकुमारी बस्नेत कुवँर रहेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । उनीहरुलाई मानव बेचबिखन ऐन र...

  • २०७६ जेठ ८, बुधबार

    अस्पतालबाट फरार श्रेष्ठ बालाजुबाट पक्राउ

    प्रहरीले वीर अस्पतालबाट फरार रहेका १६ वर्षीय पदम श्रेष्ठलाई पक्राउ गरेको छ । एक बालिकालाई होटलमा लगेर करणी गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले स्वास्थ्य जाँचका क्रममा वीर अस्पताल लैजाँदा अस्पतालबाटै मङ्गलबार राति फरार भएका थिए । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले मङ्गलबार राति फरार श्रेष्ठलाई आज दिउँसो...

  • २०७६ जेठ ८, बुधबार

    सुनपसलमा चोरी

    काठमाडौँको जोरपाटीस्थित भीमेश्वर सुनचाँदी पसलबाट अज्ञात समूहले पैसा लुटेर फरार भएका छन् ।   आज दिउँसो ग्राहक बनेर आएका चार जनाको समूहले पसलको सटर लगाएर रु ८० हजार लुटेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । चोरीमा कसको संलग्नता रहेको छ भन्ने विषयमा प्रहरीले सिसिटिभी क्यामेराको फुटेजबाट अनुसन्धान भइरहेको जनाएको छ । 

  • २०७६ जेठ ८, बुधबार

    ‘विद्युतीय अपराध नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण’

    सामाजिक सञ्जालको प्रयोग हुने अपराधको नियन्त्रणमा परिवारको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । महानगरीय प्रहरी वृत्त गौशाला र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा मङ्गलबार यहाँ आयोजित ‘विद्युतीय अपराधसम्बन्धी सचेतना’ कार्यक्रममा सामाजिक सञ्जालको प्रयोगबाट ठूलाठूला अपराध भएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब...

Pages