अपराध-दुर्घटना
-
२०७६ जेठ ३, शुक्रबार
अनैतिक क्रियाकलापमा संलग्न २८ व्यक्ति पक्राउ
नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेक्रमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेक्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले गोङ्गबु...
-
२०७६ जेठ ३, शुक्रबार
हेलिकप्टरमै मृत शिशुको जन्म
रुकुम पूर्व की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिनुभएको छ । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ । अझै पनि सडक सञ्जालमा जोडिन नसकेको उक्त ठाउँकी २० वर्षीया मल्ल रिवाङचौर स्वास्थ्यचौकी चारगाउँमा सुत्केरी हुन नसकेपछि...
-
२०७६ जेठ ३, शुक्रबार
सुन चोर्ने प्रधानाध्यापक पक्राउ
अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद रु तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । लामो समयदेखि सोही स्कूलमा पढाउँदै...
-
२०७६ जेठ ३, शुक्रबार
घरेलु मदिरामा चप्पल, पिसाब र प्याड
लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् । गाउँघरमा बनाइने मदिराले सिङ्गो गाउँमा नै अपराध बढ्न थालेपछि अभियान शुरु गरिएको घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले बताउनुभयो । “सात...
-
२०७६ जेठ ३, शुक्रबार
लागुऔषधसहित तीन पक्राउ
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपाती बस्ने वर्ष २८ का काशिमअली मुसलमान, वर्ष १९ का कुर्सेद मियाँ र वर्ष ३१ का तेजबहादुर कुर्मी रहेका छन् । उनीहरुको साथबाट एक ग्राम खैरो ब्राउनसुगर र नौ ग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय...
-
२०७६ जेठ ३, शुक्रबार
कैदीको उपचारका क्रममा मृत्यु
भरतपुरमा उपचारका क्रममा एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगले पीडित बारा डुमरवाना–७ की ३५ वर्षीया सरिता थिङको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा आज बिहान १ः३० बजे मृत्यु भएको हो । थिङ जिउ मास्ने बेच्ने मुद्दामा १० वर्षदेखि काठमाडौँ जिल्ला कारागारमा कैद सजाय भोग्दै आएकी थिइन् । एघार वर्ष जेल सजाय पाएकी थिङले १० वर्ष दुई महीना कैद भुक्तान गरेको र बाँकी १० महीना मात्र...
-
२०७६ जेठ २, बिहिबार
वनमा लागेको आगो अझै नियन्त्रणमा आएन
जिल्लाका विभिन्न सामुदायिक तथा कबुलियती वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । करीब एक महीना पहिले यहाँका वनमा एकाएक आगलागी हुँदा यहाँका सयौँ हेक्टर वन सखाप भएको बताइएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा आगलागी हुँदा सामुदायिक तथा कबुलियती गरी करीब ७४५ हेक्टरभन्दा बढी वन सखाप भएको छ । डिभिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले दिनुभएको जानकारीअनुसार यहाँका...
-
२०७६ जेठ २, बिहिबार
बालिका बेपत्ता
एक महीनादेखि बालिका बेपत्ता भएपछि परिवारले खोजी शुरु गरेको छ । यहाँस्थित देउमाई नगरपालिका–५ धुसेनीकी १५ वर्षीया बालिका सुजता फियाक गत वैशाख ६ गतेदेखि बेपत्ता भई फेला नपरेकीले परिवारले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको हो । उक्त दिन दिउँसो स्थानीय हाटबजार मङ्गलबारेमा साथीलाई भेट्न घरबाट हिँडेकी उनी नफर्केपछि दाजु ९काकाका छोरा० विक्रम फियाकले छरछिमेक तथा आफन्तमा गुहार्नाका साथै प्रहरीसँग समन्वय...
-
२०७६ जेठ २, बिहिबार
गैर कानुनी काम गर्नेदेखि सावधान
कसैले चलेको कम्पनीको नाम लिएर कुनै काम गरिदिन्छु भन्यो भने तपाईंमा तत्कालै विश्वास गर्ने बानी त छैन यदी यस्तो गर्नुभएको भए सावधान हुनुहोस् र कुनै कम्पनीको कर्मचारी बनेर सेवा उपलब्ध गराउँछु भन्ने मान्छे यकिन नगरी उसलाई काम नदिनुहोस् । त्यस्ता व्यक्ति सम्बन्धित कम्पनीको कर्मचारी हो या होइन पहिले प्रष्ट भएर मात्र काम लगाउनुहोस् । नत्र ठगिन सक्नुहुन्छ । यस्तै घटना हालै काठमाडौँमा भएको छ । इन्टरनेट...
-
२०७६ बैशाख ३०, सोमबार
असिना पानीसँगै परेको चट्याङले आठ घाइते
हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् । घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी...
-
२०७६ बैशाख ३०, सोमबार
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ । गए राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका– ६ का शेषराम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । मोटरसाइकललाई कुनै ठूलो सवारी...
-
२०७६ बैशाख ३०, सोमबार
एभिन्यूजको कार्यालय तोडफोड
वीरगञ्जमा रहकोे एभिन्यूज टेलिभिजनको कार्यालयमा आज युवाको एक समूहले तोडफोड गरेका छन् । वीरगञ्ज महानगरपालिका–११ नेशनल टे«डिङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा छ÷सात जनाको सङ्ख्यामा गएका युवाको समूहले तोडफोड गरेका हुन् । मुख ढाकेर आएका युवाले गरेको आक्रमणमा कार्यालयको गेटको सिसा, ब्यानरलगायतमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । तोडफोड गर्नेमध्येका केही युवाको पहिचान भएको र उनीहरुको खोजी...


