अपराध-दुर्घटना
-
२०७६ बैशाख १९, बिहिबार
लागुऔषधसहित दुई पक्राउ
प्रहरीले लागुऔषधसहित दुईलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ का ३७ वर्षीय सञ्जय महर्जन र बिहार मुजफ्फरपुरको सदातपुर बस्ने २६ वर्षीय राजकुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको कमाण्डमा खटिएको प्रहरी टोलीले रातोमाटोमा शङ्कास्पद रूपमा पार्किङ गरी राखेको बिआर २९७५६५ नंको भारतीय सुमोलाई जाँच गर्दा उक्त सुमोको पछाडिको...
-
२०७६ बैशाख १९, बिहिबार
नक्कली भ्याट बिल बनाई सात अर्बको कर छली, पाँच सयको पहिचान
मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन र सदाचार कायम गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरेको छ । विभिन्न क्षेत्रबाट आएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा नक्कली भ्याट बिल बनाएर कर छली गर्ने ५०० को पहिचान भएको छ । उनीहरुले अनुमानित रु सात अर्ब कर छली गरेको पाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ । त्यसमध्ये २४ घटनामा १६ माथि रु एक अर्ब ६५...
-
२०७६ बैशाख १९, बिहिबार
करेन्ट लागेर मृत्यु
बर्दियामा करेन्ट लागेर एक पूर्व प्रहरीको बुधबार मृत्यु भएको छ । गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो । पिपलमा चढेर स्याउला काट्ने क्रममा करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिनुभयो ।
-
२०७६ बैशाख १८, बुधबार
वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु भएको थियो । घिमिरेका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र हात्तीको आक्रमणबाट छको मृत्यु भएको हो । तीमध्ये १०...
-
२०७६ बैशाख १८, बुधबार
भरुवा बन्दुकसहित शव फेला
शिवराज नगरपालिका–९ मा भरुवा बन्दुकसहित शव फेला परेको छ । सो वडाको शिवगढी नजिक बगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुक समेत रहेको प्रहरीले जनाएको छ । शवको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक मधु सिंहले बताउनुभयो । स्थानीय सर्वसाधारणले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि शिवराज अस्पताल...
-
२०७६ बैशाख १८, बुधबार
गाँजाखेती नष्ट
जिल्लाको भूमे गाउँपालिका–४ काँडामा स्थानीयवासीले लगाएको गाँजा प्रहरी र प्रशासनको टोलीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएका प्रहरी टोलीले भूमे–१ स्थित काँडामा करीब दुई रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरेको हो । लागुऔषधका कारण जिल्लाका आपराधिक गतिविधि भइरहेको बेला उक्त स्थानमा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक ओमप्रकाश...
-
२०७६ बैशाख १८, बुधबार
माटोको ढिस्कोले पुरिएर मजदूरको मृत्यु
आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदूर दिवस । देशैभरी मजदूरीहरूले आफ्नो हक र अधिकारका लागि ¥यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारका ३५ वर्षीया कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरवाङ सडकखण्डअन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको अवस्थामा...
-
२०७६ बैशाख १७, मंगलबार
बलात्कारको आरोपमा पक्राउ
चौध वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार किशोरीउपर आइतबार नै बलात्कार भए पनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त साहलाई प्रहरीले पक्राउ गरिएको हो । घरमा कोही नभएको मौका छोपी साहले घरमा प्रवेश गरी किशोरीलाई...
-
२०७६ बैशाख १७, मंगलबार
गैँडाको आक्रमणबाट मृत्यु
भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा आज बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । महतोलाई गैँडाले सोमबार...
-
२०७६ बैशाख १७, मंगलबार
लागुऔषधसहित दुई युवा पक्राउ
प्रतिबन्धित लागुऔषधसहित आज बिहान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–१९ गाढास्थित आँपको बगैँचाबाट प्रतिबन्धित लागुऔषधसहित वडा नं ३ निवासी २६ वर्षीय श्रवणकुमार यादव र वडा नं ८ निवासी २९ वर्षीय अर्जुनकुमार महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैको साथबाट फेनारगन २०१ एम्पुल, डाइजेल्याप २३८ एम्बुल र नोर्फिन २२० एम्पुल बरामद गरिएको...
-
२०७६ बैशाख १७, मंगलबार
कैलालीको लम्की तनावग्रस्त, सात प्रहरी घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ । ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्यासको समेत...
-
२०७६ बैशाख १७, मंगलबार
जिल्ला इञ्चार्जसहित १० पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक।,सचिव भरत थापा, महिला सङ्घ क्रान्तिकारीका...


