अपराध-दुर्घटना
-
२०७६ बैशाख २४, मंगलबार
अल्ट्रालाइट विमान दुर्घटना
पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ बजे अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी गराउनुभएको छ । सो जाइरोकोप्टर विमानका चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । उहाँहरु दुवैजना सकुशल हुनुहुन्छ...
-
२०७६ बैशाख २३, सोमबार
लागुऔषध बरामद
लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँ र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले आज बिहान प्रतिबन्धित अफिम र चरेससहित एक जनालाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका–१ सोतीखोलास्थित कच्ची सडकखण्डबाट डिएल ३ सिएडी ७०८१ नम्बरको मारुती सुजुकी कारभित्र फल्स बटम बनाई लुकाइ निकासी गर्न लागेको अवस्थामा अवैध लागुऔषध अफिम ९७८ ग्राम र चरेस ४७ किलोग्राम प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक...
-
२०७६ बैशाख २३, सोमबार
दाइजो नदिँदा हत्या गरिएको आशङ्का
गत बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको हत्या आरोप लगाइएको छ ।नौ महीनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले आत्महत्या गरेको जिकिर घर परिवकारका सदस्यहरूले गरेका छन् तर माइती पक्षले भने हत्या भएको आरोप लगाएका हुन् । नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै रुक्सराका बुबा इस्लाम अहमद कुरैसीले मागेजातिको दाइजो नदिएकै कारण उनको हत्या गरिएको जिकिर गर्नुभएको हो। भारत नारापारा घर भई...
-
२०७६ बैशाख २२, आइतबार
निर्माणाधीन पोखरीमा डुबेर किशोरको मृत्यु
झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसार्इंको मृत्यु भएको छ । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । छ साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसार्इं बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आफ्ना अभिभावकलाई...
-
२०७६ बैशाख २२, आइतबार
पाँच लाखको लुटपाट
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आज बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर रु पाँच लाख बढीको लुटपाट गरेको छ । जिल्लाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार आज बिहान करीब साढे १ बजेतिर जलेश्वर नपा–१० सारीगाउँ बस्ने नवीन ठाकुरको घरमा चार÷पाँच जनाको समूहमा आएका चोरले रु पाँच लाख ६९ हजार बराबरको सुनचाँदीका गरगहना र नगद लुटेर लगेका छन् । उहाँका अनुसार मुखमा...
-
२०७६ बैशाख २२, आइतबार
बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी
जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका हुन् । बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ लाई दिपायलको पिपल्लास्थित शैलेश्वरी...
-
२०७६ बैशाख २२, आइतबार
लागुऔषध ब्राउनसुगरसहित तीन पक्राउ
बाह्र ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ का दिनेशकुमार बोहोरा, पुष्कर शाही र सुशील भारती रहेका छन् । तीनै जनालाई इलाका प्रहरी कार्यालय सानोश्रीको टोलीले मधुवन नगरपालिका–५ मा रहेको श्रीकृष्ण सामुदायिक वन नजिकबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महराले पक्राउ परेकाको साथबाट...
-
२०७६ बैशाख २०, शुक्रबार
चट्याङ लागेर दुई गाई मरे
जिल्लाको सायल गाउँपालिका–१ छपालीमा चट्याङ लागेर दुई गाई मरेका छन् । बिहीबार दिउँसो करीब ४।१५ बजेतिर छपालीको बिनेवाडा टोलका किशन नेपालीको गोठमा चट्याङ पर्दा उहाँका दुइ गाई मरेको इलाका प्रहरी कार्यालय मौवा डोटीले जनाएको छ । कमजोर आर्थिक अवस्थाका कृषक नेपालीका ब्याउने तयारीमा रहेका दुई गाई मरेपछि ठूलो क्षति व्यहोर्नुपरेको छ । घटनाबारे स्थानीय प्रहरीलाई खबर गरिसकेको भए पनि भौगोलिक हिसाबले अलि टाढा...
-
२०७६ बैशाख २०, शुक्रबार
६० किलो गाँजासहित एक भारतीय पक्राउ
सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । नेपालबाट भारततर्फ तस्करी गरेर गाँजा लगिरहेको भनी गोप्य सूचनाका अधारमा सशस्त्र प्रहरीको टोलीले मेहतालाई ६० किलो गाँजासहित पक्राउ गरेको सुनसरीका प्रहरी...
-
२०७६ बैशाख १९, बिहिबार
लागुऔषधसहित दुई पक्राउ
प्रहरीले लागुऔषधसहित दुईलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ का ३७ वर्षीय सञ्जय महर्जन र बिहार मुजफ्फरपुरको सदातपुर बस्ने २६ वर्षीय राजकुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको कमाण्डमा खटिएको प्रहरी टोलीले रातोमाटोमा शङ्कास्पद रूपमा पार्किङ गरी राखेको बिआर २९७५६५ नंको भारतीय सुमोलाई जाँच गर्दा उक्त सुमोको पछाडिको...
-
२०७६ बैशाख १९, बिहिबार
नक्कली भ्याट बिल बनाई सात अर्बको कर छली, पाँच सयको पहिचान
मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन र सदाचार कायम गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरेको छ । विभिन्न क्षेत्रबाट आएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा नक्कली भ्याट बिल बनाएर कर छली गर्ने ५०० को पहिचान भएको छ । उनीहरुले अनुमानित रु सात अर्ब कर छली गरेको पाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ । त्यसमध्ये २४ घटनामा १६ माथि रु एक अर्ब ६५...
-
२०७६ बैशाख १९, बिहिबार
करेन्ट लागेर मृत्यु
बर्दियामा करेन्ट लागेर एक पूर्व प्रहरीको बुधबार मृत्यु भएको छ । गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो । पिपलमा चढेर स्याउला काट्ने क्रममा करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिनुभयो ।


