STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०८१ बैशाख १८, मंगलबार

    ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु

    काठमाडौं- ललितपुरको आनन्द वनमा लागेकाे डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ।  गोदावरी नगरपालिका–४ आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहरीको निधन भएको हो।  आगो निभाउने क्रममा घाइते भएका शंकरको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।  मंगलबार दिउँसो बडिखेल जङ्गलमा भीषण आगलागी भएको छ। सो क्रममा प्रहरीसहित स्थानीयहरु आगो निभाउन गएका थिए। सो क्रममा...

  • २०८१ बैशाख १३, बिहिबार

    महोत्तरीमा आगलागी, ९२ घर जलेर नष्ट

    महोत्तरी - महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको उनले बताए । “आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल...

  • २०८१ बैशाख १३, बिहिबार

    नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल कारागार चलान

    काठमाडौं - विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशसँगै पौडेललाई डिल्लीबजारस्थित कारागारमा पठाइएको छ। यसअघि गत वैशाख ७ गते नेसनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले पौडेललाई दोषी ठहर गरेको थियो। विशेष...

  • २०८१ बैशाख ९, आइतबार

    माताको भेषमा मूर्ति र घण्टी चोरी गर्ने तीन जना पक्राउ

    दाङ - प्रहरीले दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लिीकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । माताको भेषमा गएर मूर्ति चोरी गर्ने तीन महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।  उनका अनुसार आज दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो । ती मूर्ति चोरी गरेको आरोपमा...

  • २०८१ बैशाख ९, आइतबार

    भक्तपुरमा बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुर - भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ बर्सिया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो ।  घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो ।  उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल पुर्‍याइएको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी...

  • २०८१ बैशाख ९, आइतबार

    चोभारमा आगो निभाउन गएको दमकल दुर्घटना

    काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चोभार डाँडामा भएको आगलागी निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।  जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खानकै निवास नजिक अज्ञात व्यक्तिले जंगलमा आगो लगाएपछि निभाउने जाने क्रममा दमकल (वरुण यन्त्र) पल्टिएको हो।  दुर्घटनामा चालकसहित ६ जना गम्भीर घाइते भएको खानको निजी सचिवालयले जानकारी दिएको छ।  प्रहरी वृत्त कीर्तिपुरले पनि दुर्घटनाको...

  • २०८० चैत्र २६, सोमबार

    सशस्त्र गोदाममा आगलागी : एआईजीको नेतृत्वमा छानविन समिति गठन

    काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा भएको आगलागीबारे छानविन गर्न एआईजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआईजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरू समेत सम्मिलित समिति गठन गरेका हुन्। सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दोबस्ती सङ्गठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम...

  • २०८० चैत्र १४, बुधबार

    धनगढी मेयरकी छोरी सम्पर्कमा

    काठमाडौं - सोमबारदेखि सम्पर्कविहीन रहेकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छिन् । भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालकी छोरी सम्पर्कमा आएकी हुन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिरसहितको पोस्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरू भारतको गोवामा छन् । उनले...

  • २०८० चैत्र १४, बुधबार

    धनगढी मेयरकी छोरी सम्पर्कविहीन

    काठमाडौँ - धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छन् । आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् । ओशो साधन आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालको भनाइ छ । छोरी बेपत्ता भएको बारे उनको साथबाट खबर आएको भन्दै नगर प्रमुख हमालले भनेका छन्, ‘गोवा...

  • २०८० चैत्र १४, बुधबार

    १९ वर्षीया युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो

    पाल्पाको रिब्दीकोटमा १९ वर्षीया एक युवतीको हत्या भएको छ। सिब्दीकोट गाउँपालिका- १ ख्याहा काराम्दीकी १९ वर्षीया पद्‍मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  मंगलबार दिउँसो बिभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो। पद्‍मा मंगलवार दिउँसो घरबाट केही टाढा रहेको सार्वजनिक पँधेरोमा नुहाउन गएकी थिइन्।  नुहाउन गएकी छोरी घर...

  • २०८० चैत्र १२, सोमबार

    होली खेल्ने क्रममा ग्याङ फाइट, दुईजनाको मृत्यु

    काठमाडौं - ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ ।  होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।  मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।  l घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् । 

  • २०८० चैत्र ९, शुक्रबार

    महरा हाजिरी जमानतमा रिहा

    काठमाडौं - सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन्। महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडिएको सीआईबीका एक अधिकृतले बताए । सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला...

Pages