अपराध-दुर्घटना
-
२०७६ बैशाख १०, मंगलबार
आगलागीबाट इलेक्ट्रोनिक्स पसल ध्वस्त
नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल गए राति आगलागीबाट ध्वस्त भएको छ । धु्रव दाहालले सञ्चालन गरेको सौगात इलेक्ट्रोनिक्समा आगलागी भएको हो । कोही नभएको बेलामा भएको आगलागीबाट पसलमा रहेको एलइडी टिभी, फ्रिजलगायतका सामग्री जलेर ध्वस्त भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । उहाँले विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने जानकारी दिनुभयो । आगलागीको कारण र क्षतिको...
-
२०७६ बैशाख १०, मंगलबार
माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा आज माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग १ य ४८५ नं को माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग १३ प ९१८१ नं को स्कुटरलाई ब्यास नगरपालिका–४ शहीदगेट नजिक ठक्कर दिएको थियो । ठक्करबाट सख्त...
-
२०७६ बैशाख १०, मंगलबार
साकेला गाउँपालिका–३का वडाध्यक्षको मृत्यु
निमोनियाका कारण साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएको छ । गत चैतदेखि बिरामी हुनुभएका ३९ वर्षीय वडाध्यक्ष उहाँको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा सोमबार साँझ बाटैमा मृत्यु भएको हो । शुरुमा रुघाखोकीले थलिनुभएका राईमा विस्तारै विषमज्वर र निमोनिया भएको स्वाथ्यकर्मीले बताएका छन् । गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि दिक्तेल...
-
२०७६ बैशाख १०, मंगलबार
जीपको ठक्करबाट बृद्धाको मृत्यु
रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा जीपले ठक्कर दिदा एक वृद्धाको मृत्यु भएको छ । आज बिहान ग २ च ३०९४ नं को बोलेरो जीपले ठक्कर दिँदा इस्लामपुर बस्ने ७५ वर्षीया सकिना मियाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ । मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने चालक र गाडी प्रहरी नियन्त्रणमा छ । इस्लामपुरको मुख्य सडकबाट भित्री सडकमा जाने क्रममा मियाँलाई...
-
२०७६ बैशाख ९, सोमबार
जलिरह्यो घर, सम्झिइयो दमकल
शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो । अपराह्नपख शर्माको वडा नं ३ हटिया बजारस्थित घरमा लागेको आगोले विपद्को रुप लियो । हेर्दाहेर्दै तीनतले घर खरानीमा परिणत भयो । खत्रीका छिमेकी र सिङ्गो हटिया बजारवासीमा त्रास छायो । आगो नियन्त्रणमा सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खटिए । बाल्टी, गाग्री...
-
२०७६ बैशाख ९, सोमबार
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् । रोकी राखेको यूपी ६५ बि।पी। ३९११ नंको भारतीय ट्रकमा पछाडिबाट लु ७ प १३१२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइल चालक पश्चिम नवलपरासी रामग्राम–१६ हकुई बस्ने २६ वर्षीय रमेश यादवको उपचारको क्रममा मृत्यु भएको हो । यादवको उपचारको क्रममा जिल्ला पृथ्वी चन्द्र अस्पतालमा मृत्यु...
-
२०७६ बैशाख ९, सोमबार
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
गए राति करीब १२ बजेतिर दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लमही नगरपालिका–७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त घटना घटेको हो । दुर्घटनामा परी लमही नगरपालिका–७ उचानिम्बु बस्ने २२ वर्षीय लालु चौधरीको मृत्यु...
-
२०७६ बैशाख ९, सोमबार
पुण्यका नाममा सुदूरमा बाल विवाह कायमै
विवाहका लागि कानूनी उमेर १८ वर्ष भएता पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बाल विवाह गर्ने प्रचलन अझै पनि कायमै रहेको छ । महीनावारी हुनुभन्दा अगाडिनै छोरीलाई विवाह गरिदिए पुण्य प्राप्त हुनेअर्थात् धर्म कमाइने भन्ने धार्मिक अन्धविश्वासले बाल विवाहको प्रचलन कायमै रहेको दिपायलका स्थानीय उत्तम द्धारीयाले बताउनुभयो । उहाँले भन्नुभयो, “धर्म कमाउने नाममा बालविवाह हुँदैछ, बाल विवाहको अन्त हुनु जरुरी...
-
२०७६ बैशाख ९, सोमबार
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बसको ठक्करबाट आज तनहुँमा एक मोरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक कास्की पुम्दीभुम्दी–१ निवासी ३१ वर्षीय सन्दिप कँुवर रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । पोखराबाट दमौली आउँदै गरेको प्रदेश ३–०२–००१ प।६०३५ नं को मोटरसाइकललाई विपरीत दिशाबाट...
-
२०७६ बैशाख ९, सोमबार
तारा एयरको विमान दुर्घटना
तारा एयरलाइन्सको जहाज रामेछापको सदरमुकाम मन्थलीको हवाई मैदानमा अवतरण गर्ने क्रममा आज बिहान दुर्घटना भएको छ । काठमाडौँबाट १४ जना विदेशी पर्यटक लिएर सोलुखुम्बुको फाप्लुतर्फ उडेको तारा एयरलाइन्सको नाइन एन एकेके डोर्नियर जहाज खराब मौसमका कारण फाप्लुमा अवतरण गर्न नसकेपछि रामेछापको मन्थली विमानस्थल फर्किएको थियो । मन्थलीमा जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर रन वेको पश्चिमतर्फको मैदानमा गएर...
-
२०७६ बैशाख ८, आइतबार
आर्चरी बालिकादेखि वृद्धसम्म खेलाडी
तराईमा गर्मीले तताउँदै गएको छ । बिहानीको घामको झुल्कोसँगै गर्मी बढ्दै जान्छ, दिउँसोसम्म पुग्दा ३५ डिग्री सेल्सियसको हाराहारीमा पुग्छ । यही बेला नेपालगञ्जलाई केन्द्र बनाएर आठौँ राष्ट्रिय खेलकूद चलिरहेको छ । खेलकूदको रौनकले बेग्लै रङ लिएर देशको वातावरणलाई तरङ्गित तुल्याइरहेको छ । खेलाडी खेलिरहेका छन्, प्रशिक्षक खेलाइरहेका छन्, आयोजक खेल महोत्सव आयोजनामा रमाइरहेका छन् र दर्शक जता मन लाग्यो उतैतिर...
-
२०७६ बैशाख ८, आइतबार
लागुऔषधसहित तीन पक्राउ
मकवानपुरका विभिन्न स्थानबाट लागुऔषधसहित प्रक्राउ परेका तीन जनालाई प्रहरीले आज आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बारा, परसौनी गाउँपालिका–५ का २२ वर्षीय पप्पु राय, मकवानपुर हेटौँडा–८ कमानेका २६ वर्षीय रुपक राई र भारत विहारस्थित वैशाली जिल्लाका ३२ वर्षीय अमरजित सिंह रहेका छन् । उनीहरुबाट प्रहरीले...


