STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ बैशाख ३, मंगलबार

    करेन्ट लागेर एकको मृत्यु

    भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि भरतपुर...

  • २०७६ बैशाख ३, मंगलबार

    असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो 

    स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनका अनुसार गत वर्ष ९६ हजार ४१७ मात्र महिलाले सुरक्षित गर्भपतन गराएका थिए तर प्रति एक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन  गराउँछन् ।  अर्थात वर्षेनी एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने गरेको अनुमान छ । कृपाको अर्को अध्ययनका अनुसार ४२ प्रतिशत सुरक्षित र ५८ प्रतिशत असुरक्षित गर्भपतन हुने गर्दछ ।    कानूनीरुपमा सुरक्षित गर्भपतनको शुरु भएको १६ वर्ष...

  • २०७६ बैशाख ३, मंगलबार

    क्यासिनोको रु २८ करोड बक्यौता

    मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले रु २८ करोडभन्दा बढी बक्यौता रकम तिर्न अटेर गरेका छन् । चार क्यासिनो सञ्चालकका १४ क्यासिनोले नियामक निकाय पर्यटन विभागलाई रु २८ करोड ७५ लाख ५४ हजार २५ बक्यौता तिर्न बाँकी छ ।  क्यासिनो ह्याप्पीआवर प्रालिले सञ्चालन गरेको चार क्यासिनोबाट रु १४ करोड ६६ लाख ४३ हजार ७५० बक्यौता रहेको छ । ह्याप्पीले आर्थिक वर्ष २०७१ सालदेखि २०७४ सालसम्मको रोयल्टी रकम बुझाएको...

  • २०७६ बैशाख ३, मंगलबार

    धेरै कमाउने लोभ नगर्नुस्  फसिएला

    तपाई कतै थोरै दिएर धेरै कमाउने लोभमा त पर्नु भएको छैन रु यदि त्यस्तो लोभमा पर्नुभयो भने ठगिन सक्नुहुन्छ । बेलैमा सचेत हुनुहोला । काठमाडौँ उपत्यकामा अहिले यस्ता गिरोहको सक्रियता बढेको छ ।  कुनै पनि चिजको वास्तविक मूल्यभन्दा कममा पाइएको छ भनेर खरीद गर्दा उपत्यकाका धेरै व्यक्ति अहिले पीडित बन्न पुगेका छन् । सामान्यभन्दा भिन्न गतिविधि देखिएमा पनि तत्कालै प्रहरीलाई खबर गरी ठगी हुनबाट जोगिन महानगरीय...

  • २०७६ बैशाख २, सोमबार

    क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

    पश्चिम  नवलपरासीको परासीस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।  क्षमताभन्दा दोब्बर सङ्ख्यामा कैदीबन्दी हँुदा उनीहरुको सहज बसोबासमा निकै कठिन भएको कारागारका जेलर जगतबहादुर बस्नेतले बताउनुभयो ।  पच्चीस महिला र  १५० पुरुष गरी १७५ कैदीबन्दी राख्ने क्षमता भएको सो कारागारमा हाल ३०९ पुरुष, ५८ महिला र चार जना आश्रित बालबालिका गरी...

  • २०७६ बैशाख २, सोमबार

    बसमा आगजनी गर्ने पक्राउ

    मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मालबासे पेट्रोल पम्प नजीक आज बिहान रोकिराखेको बसमा आगजनी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार बिहान साढे ३ बजे सो स्थानमा राखिरहेको ना४ख ४९ नंको बसमा आगजनी गर्ने सर्लाही घर भई उर्लाबारी–७ मा बस्दै आएका ३७ वर्षीय रामहरि माझीले मादक पदार्थ सेवन गरेर बसमा आगजनी गरेको बयान...

  • २०७६ बैशाख २, सोमबार

    भूकम्प 

    बाजुरामा बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथीवी केन्द्रबिन्दु बनाएर आज बिहान स्थानीय समयानुसार ४ बजेर २७ मिनेट जाँदा ४।८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।   भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । सुतिरहेको समयमा बिहान एक्कासि भूकम्प गएपछि बजारवासी...

  • २०७६ बैशाख २, सोमबार

    पूर्ववडाध्यक्ष पाँच दिनदेखि बेपत्ता

    बागलुङ नगरपालिका–४ कुडुँले निवासी ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता हुनुभएको छ । चैत २८ गते बिहान ७ बजेदेखि हालसम्म परिवारको सम्र्पकमा नआएका कारण खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य गरे पनि हालसम्म फेला पर्न नसकेको बताएको छ । परिवारले शर्माका बारेमा दिएको जानकारीका आधारमा चार दिनसम्म खोजीकार्य गर्दासमेत फेला नपरेको जिल्ला प्रहरी...

  • २०७६ बैशाख २, सोमबार

    लोकगायक बुढाथोकीको निधन

    वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ ।केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।  जनसांस्कृतिक महासङ्घका संंस्थापक सदस्य तथा कम्युनिष्ट आन्दोलनका योद्धासमेत रहनुभएका स्रष्टा बुढाथोकीको पार्थिव शरीरलाई उहाँकै निवास बर्दघाट–२ चिसापानीमा आज...

  • २०७६ बैशाख २, सोमबार

    पौडी खेल्दाखेल्दै दुई युवा बेपत्ता

    कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन् ।    बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । छ जना साथी मिलेर कोठीघाट घुम्ने क्रममा पौडी खेल्न गएको बेला नदीमा प्रज्ज्वल र दीपेन्द्र बेपत्ता भएको कोहलपुरका उनीहरुकै साथी राजेन्द्र शाहीले बताउनुभयो ।      दुईजना...

  • २०७६ बैशाख २, सोमबार

    लागुऔषधसहित तीन जना पक्राउ

    यसैगरी भारतबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ट्याब्लेट ६०० पिस लिएर नेपाल प्रवेश गरेका तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिवास नगरपालिका–९ बस्ने देवकृष्ण महतो, धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–१ बस्ने रामदेव महतो र वडा नं २ बस्ने विजयकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भारतबाट कन्हमा बजारबाट ज ९ प ६३७१ नम्बरको मोटरसाईकलमा तीन जना...

  • २०७६ बैशाख २, सोमबार

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु 

    बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ कालापानीमा मोटरसाइकल दुर्घटनामा परी आइतबार बेलुका एकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा सप्तरी जिल्लाको सीतापुर नगरपालिका–५ बस्ने ३४ वर्षीय जीतेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सोही दुर्घटनामा परी सप्तरी सीतापुर–५ कै मोटरसाइकल चालक २५ वर्षीय दुर्गानन्द चौधरी...

Pages