STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७५ चैत्र २९, शुक्रबार

    जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

    पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनलाई नुवाकोटमा आफन्तको घरबाट पक्राउ गरिएको हो । उनले आफ्नै १५...

  • २०७५ चैत्र २९, शुक्रबार

    चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

    नेत्रविक्रम चन्द नेतृत्वको समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान ज्वाला लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गएराति चन्द समूहका मकवानपुर इञ्चार्ज घलान र अर्का एक जनालाई पक्राउ गरेको हो । ज्वालासहित दुईजनालाई हेटाँैडाको फायरलाइनबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उपरीक्षक सिंहका अनुसार प्रहरीले सवारी...

  • २०७५ चैत्र २९, शुक्रबार

    टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ । बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । प्रहरीका अनुसार टिपरको ठक्करबाट ना३३प ३४६६ नंंको मोटरसाइकल चालक २३ वर्षीय खनालको घटनास्थलमै मृत्यु भएको हो ।...

  • २०७५ चैत्र २९, शुक्रबार

    आगलागीबाट १५ लाख क्षति

    झापाको झापा गाउँपालिका–४ का राजेश गणेशको किराना पसलमा बिहीबार राति आगलागी हुँदा करीब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । राति ११ः५० बजे गणेशको टिनको छानो भएको बाँस र काठले बनेको पसलमा अचानक आगलागी हुँदा सो क्षति भएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट पसलमा रहेको सम्पूर्ण किराना सामान, फर्निचरका सामान र नगद रु १० हजार जलेर नष्ट भएको छ । आगलागी प्रहरी र...

  • २०७५ चैत्र २९, शुक्रबार

    सुन र लागुऔषधसहित दुई युवक पक्राउ

    प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट आज बिहान अवैधरुपमा रहेको सुन र लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२१ स्थित पिप्रा टोलबाट ५० ग्राम अवैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–२ निवासी २५ वर्षीय मोहमद अकरामुल राइनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ स६प ६८०१ नंको मोटरसाइकलमा आउँदै गर्दा जाँच गर्ने क्रममा अवैध...

  • २०७५ चैत्र २९, शुक्रबार

     भारत गएका १६५ बेपत्ता

    मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो ।  उक्त संस्थाले ती जिल्लामा गरेको सर्वेक्षणबाट मजदूरीका लागि भारत गएकामध्ये यति ठूलो सङ्ख्यामा मानिस हराएको तथ्याङ्क सार्वजनिक गरेको हो । निड्स...

  • २०७५ चैत्र २८, बिहिबार

    औषधि बरामद

    झापाको दक्षिण सीमावर्ती नाका केचनाकवल पछिल्लो समय भारतीय औषधि नेपाल भित्र्याउने तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । बुधबार पनि नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको रु ९० हजार मूल्य बराबरको औषधिसहित दुई जनालाई सोही नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट केचनाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय ब्राण्डका ट्रामाडोल हाइड्रो...

  • २०७५ चैत्र २८, बिहिबार

    दुर्घटनामा पोखरेली सङ्गीतकर्मी थुलुङको निधन

    दुई दशकदेखि पोखरालाई कर्मक्षेत्र बनाउँदै आएका  सङ्गीतकर्मी श्रीमान् थुलुङ राईको दुर्घटनामा परी निधन भएको भएको छ । बुधवार राति करीब साढे ९ बजे पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवीमा श्रीमतीसहित उहाँ सवार ग१२प ६७९ नंको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि थुलुङ सेती नहरमा खसेको र साढे १० बजे पोखरा–१३ स्थित दुईकुलाको मुहानबाट वडा प्रहरी कार्यालय रामबजारको टोलीले उद्धार...

  • २०७५ चैत्र २८, बिहिबार

    अवैध मदिरा नष्ट

    जिल्ला प्रहरी कार्यालय डोटीले जिल्लाका विभिन्न स्थानमा पक्राउ गरेको रु ५० हजार बराबरको अवैध मदिरा बुधबार नष्ट गरेको छ । प्रहरीले अवैधरूपमा बिक्री–वितरणका लागि लैजाँदै गरेको ६२ पेटी मदिरा नष्ट गरेको हो । जिल्लामा बिक्री–वितरणका लागि बन्द गरिएको कमसल खालका मदिरा महाकाली सौफी ६० पेटी, जेनियल एक पेटी, डी एक्स मदिरा १२० क्वार्टर र बियर सात बोतल तथा घरेलु मदिरा ५७ लिटर नष्ट गरिएको जिल्ला प्रहरी...

  • २०७५ चैत्र २८, बिहिबार

    फरार कर्मचारीको खोजी

    पुरानो क्षेत्रीय सदरमुकाम दीपायलस्थित राजपुरमा कार्यालय खोली यहाँका स्थानीयवासीको लाखौँ रकम लिएर फरार भएका कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालका कर्मचारीको खोजी कार्यलाई प्रहरीले तीव्र बनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बैतडी, बाजुरा, बझाङ र डोटीमा उक्त संस्थाले बचत समूह खोली स्थानीयवासीबाट रु १९ लाख ९४ हजार २०० रकम लिएर फरार भएको उजुरीका आधारमा संस्थाका कर्मचारीको खोजी भइरहेको...

  • २०७५ चैत्र २८, बिहिबार

    कारको ठक्करबाट युवकको मृत्यु

    मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट गए राति मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३च ७९६२ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको को१५प ९९७८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरी र पछाडि सवार २२ वर्षकै हेम चौधरी गम्भीर घाइते भई उपचारका लागि...

  • २०७५ चैत्र २८, बिहिबार

    कुखुरा फार्ममा आगलागी

    सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित पञ्चुकाली कुखुरा फार्ममा गए राति आगलगी हुँदा करीब रु सात लाख बराबरको क्षति भएको छ । राति करीब १० बजेतिर भएको आगलागीबाट फार्म तथा फार्ममा रहेका कुखुरा, चल्ला र अन्य सामान जलेर नष्ट भएको फार्मका सञ्चालक डेनोक मोक्तानले जानकारी दिनुभयो । आगलागी कसरी भएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Pages