STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७५ चैत्र २७, बुधबार

    रात्रिबस दुर्घटना, २३ घाइते एकको अवस्था गम्भीर

    मङ्गलबार राति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा २३ घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नंको बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी धनघाट नजिकमा दुर्घटना हुँदा २३ घाइते भएका छन् । घाइतेमध्ये २२ को अवस्था सामान्य रहेको छ भने एक गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई थप उपचारका लागि धनगढी...

  • २०७५ चैत्र २७, बुधबार

    बीस लाख बराबरको चोरी

    महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गए राति रु २० लाख बराबरको चोरी भएको छ ।   जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको भङ्गहा नगरपालिका–७ स्थित जीतेन्द्र साहले सञ्चालन गरेको श्री हनुमान ज्वेलर्सबाट रु ११ लाखको गरगहना चोरी भएको छ । चोरले सो ज्वेलर्समा लगाइएको ताल्चा काटेर फलामको रडको सहयोगमा पसलको सटर बाङ्गो पारेर पसलमा रहेको रु...

  • २०७५ चैत्र २७, बुधबार

    सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुईको मृत्यु

    बाँकेको कोहलपुरमा शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा गए राति दुई मजदुरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–११ पिपल चौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका–६ रझेना निवासी ५० वर्षीय कुमार थारू र चेतराम थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । शौचालयको...

  • २०७५ चैत्र २७, बुधबार

    तीर्थयात्री चढेको गाडी दुर्घटना, ११ घाइते

    पाथीभरा दर्शनपछि फर्किएका तीर्थयात्री चढेको पिकअप भ्यान गए राति दुर्घटना हुँदा ११ घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ भने छ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गम्भीरमध्ये ५४ वर्षीया मोतीमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, आठ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन...

  • २०७५ चैत्र २७, बुधबार

    यौन दुव्र्यवहार गर्नेलाई कैद

    उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाकाको दमौटीमा एक तीन वर्षीय बालिकामाथि यौन दुव्र्यवहार गर्ने स्थानीय १५ वर्षीय बालकलाई जिल्ला अदालत उदयपुरले नौ महीनाको जेलसजाय फैसला गरेको छ । मङ्गलबार जिल्ला न्यायधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका यौन दुव्र्यवहार गर्ने १५ वर्षीय बालकलाई नौ महीनाको जेलसजाय फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताउनुभयो । विसं २०७५ भदौ ३० गते...

  • २०७५ चैत्र २७, बुधबार

    राप्रपा महामन्त्री लिङ्देनलाई ‘ज्यान मार्ने धम्की’

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले आफूलाई ज्यान मार्ने धम्की आएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी सांसद लिङ्देनले यही चैत ७ गतेदेखि आफूलाई निरन्तर ज्यान मार्ने धम्की आएको जिकिर गर्नुभयो । “चैत ७ गतेदेखि निरन्तर मलाई थ्रेट आइरहेको थियो”, उहाँले भन्नुभयो, “कहिले शुभचिन्तक हुँ भन्दै म्यासेज आयो, कहिले तँलाई मार्ने मैले सुपारी लिएको छु भन्दै हिन्दी...

  • २०७५ चैत्र २६, मंगलबार

    चट्याङ लागेर एकको मृत्यु, १६ घाइते

    सोमबार राति चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले चट्याङ लागेर अछामको पञ्चदेवल विनायक नगरपालिका–७ बस्ने प्रसाद रावलको छोरा अन्दाजी १४ वर्षीय जनकको मृत्यु भएको जानकारी दिनुभयो । राति घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको मृत्यु भएको हो । मृतक जनकको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने...

  • २०७५ चैत्र २६, मंगलबार

    विप्लवका चार कर्यकर्ताद्वारा आत्मसमर्पण

    सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् ।   आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र...

  • २०७५ चैत्र २६, मंगलबार

    साहित्यकार गुभाजुको अन्त्येष्टि

    नेपाल भाषाका वरिष्ठ साहित्यकार एवं भाषासेवी अष्टमुनि गुभाजुको आज काठमाडौँको टेकू दोभानमा अन्त्यष्टि गरिएको छ । मुटु तथा मिर्गौलामा समस्या देखिएपछि ललितपुरको महालक्ष्मी स्थानस्थित गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा उहाँको सोमबार दिउँसो निधन भएको थियो । उहाँका एक श्रीमती र दुई छोरा छन् । नेपाल भाषा परिषद्का पूर्वसदस्यसचिव समेत रहनुभएका गुभाजुको नेपाल भाषासेवी, नेवाः अगुवा गुभाजुको ‘जातः’...

  • २०७५ चैत्र २६, मंगलबार

    अपहरणको आरोपमा चार जना पक्राउ 

    महानगरीय प्रहरी वृत्त थिमिले अपहृत एक युवकको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीका २३ वर्षीय विकास लामा, काठमाडौँ महानगरपालिका–६ बौद्ध, चाबहिलका २९ वर्षीय रमेश लामा, कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठ र झापा बुधबारे–३ घर भई हाल कामपा–१५ डल्लु बस्ने ३३ वर्षीय विकास थापा रहेको प्रहरी वृत्त जगातीका प्रहरी नायब...

  • २०७५ चैत्र २५, सोमबार

    अख्तियारको टोलीद्वारा फाइल नियन्त्रणमा

    अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको छ । ठेक्काको क्रममा तोकिएको मापदण्डविपरीत काम भइरहेको भनी उजुरी परेपछि कार्यालयले अनुसन्धानको क्रममा ठेक्कासम्बन्धी फाइल नियन्त्रणमा लिएको हो । सुनवल नगरपालिकाले यसअगावै आफ्नो क्षेत्रभित्र पर्ने पानभारखोला जर्गाह पुलदेखि उत्तर र पानभारखोला जर्गाह...

  • २०७५ चैत्र २५, सोमबार

    भाइको नाममा परीक्षा दिने दाइ पक्राउ

    माध्यमिक शिक्षा परीक्षा एसइई मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ । मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो । गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार...

Pages