अपराध-दुर्घटना
-
२०७५ चैत्र २५, सोमबार
अख्तियारको टोलीद्वारा फाइल नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको छ । ठेक्काको क्रममा तोकिएको मापदण्डविपरीत काम भइरहेको भनी उजुरी परेपछि कार्यालयले अनुसन्धानको क्रममा ठेक्कासम्बन्धी फाइल नियन्त्रणमा लिएको हो । सुनवल नगरपालिकाले यसअगावै आफ्नो क्षेत्रभित्र पर्ने पानभारखोला जर्गाह पुलदेखि उत्तर र पानभारखोला जर्गाह...
-
२०७५ चैत्र २५, सोमबार
भाइको नाममा परीक्षा दिने दाइ पक्राउ
माध्यमिक शिक्षा परीक्षा एसइई मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ । मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो । गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार...
-
२०७५ चैत्र २५, सोमबार
गैँडाको आक्रमणबाट पर्यटक घाइते
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने दूधौरामा आज बिहान गैँडाको आक्रमणबाट एक विदेशी पर्यटकसहित दुई जना घाइते भएका छन् । घाइतेमध्ये विदेशी पर्यटकको अवस्था गम्भीर रहेको छ । घटनास्थलमा उद्धारका लागि पुग्नुभएका निकुञ्जका गेम स्काउट दीपक कुमालका अनुसार घाइते हुनेमा अष्ट्रेलियन नागरिक १९ वर्षीय विलियम पेटर एकम्यानस र पथ प्रदर्शक सौराहा ओदाराका ५५ वर्षीय जितु महतो रहनुभएको छ । विदेशी पर्यटकको...
-
२०७५ चैत्र २२, शुक्रबार
एकै परिवारका तीन जनाले गरे आत्महत्या
चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३ १४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११ १२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।...
-
२०७५ चैत्र २२, शुक्रबार
भिक्षु अस्वघोषको निधन
थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको आज निधन भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको हो । करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका ९४ वर्षीय भिक्षु अस्वघोषले करीब १५० कृतिहरू प्रकाशित गर्नुभएको भिक्षु तपस्सीधम्मले जानकारी दिनुभयो । दिवङ्गत...
-
२०७५ चैत्र २२, शुक्रबार
समयमै सचेत नभए भविष्यमा आँशु चुहाउनुपर्छ
समयमै सचेत नभएमा भविष्यमा आँशु चुहाउनुपर्ने धारणा वक्ताहरुले व्यक्त गरेका छन् । एक्सन नेपाल, नेपाल पत्रकार महासङ्घ मोरङ शाखा र स्वास्थ्य पत्रकार मञ्चद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित “सुर्तीजन्य पदार्थ नियन्त्रामा प्रदेश तथा स्थानीय सरकारको भूमिका विषयक” अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सुर्तीजन्य पदार्थ सेवनले मानिस अकालमै ज्यान गुमाउनु परेको र यसबाट प्रशस्त धन पनि क्षति भइरहेकाले यसतर्फ...
-
२०७५ चैत्र २१, बिहिबार
सामाजिक सञ्जालबाट हिंसात्मक दृश्य देखाइए जेल
अस्ट्रेलियाको संसदले बिहीबार न्यूजील्यान्ड गोलीकाण्डको झैं सामाजिक सञ्जालमा वास्तविक हिंसात्मक घटनाहरु राखिए त्यस्ता सामाजिक सञ्जालका सञ्चालकलाई पक्राउ गरी जेलमा राख्न सकिने कानुन पारित गरेको छ । लोकतान्त्रिक मुलुक अस्ट्रेलियामै अनलाइन सञ्चारका बारेमा कठोर कानुन पारित गरिएको भन्दै यसको आलोचना पनि हुन थालेको छ । आलोचकहरुले नयाँ कानुनका कारण अस्ट्रेलियामा मिडियामा सेन्सरसीप बढ्ने र लगानी पनि घट्ने...
-
२०७५ चैत्र १९, मंगलबार
एम्बुलेन्समा मनपरी भाडा असुली
जुम्लाको पातारासी गाउँपलिकाको बिरामी बोक्ने एम्बुलेन्सले मनपरी भाडा लिने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । गाउँपालिकाको एम्बुलेन्सले एकै स्थानबाट फरक–फरक भाडा लिएको उनीहरुले गुनासो गरेका हुन् । एम्बुलेन्सले गाउँपालिका–४ लुमबाट पाँच किलोमिटरको दूरीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासम्म व्यक्तिपिच्छे फरकफरक भाडा लिएको स्थानीय दिजराज रेउलेले बताउनुभयो । उहाँले...
-
२०७५ चैत्र १९, मंगलबार
सतर्कता अपनाउन आग्रह
बारा र पर्सामा भीषण हावाहुरीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिई० नेपालले विषम परिस्थितिमा उच्च सतर्कता अपनाइ बालबालिका, प्रसूति महिला, वृद्ध, अपाङ्ग र असक्तका निमित्त आवश्यक सुविधाको सुनिश्चितता गर्दै यथाशीघ्र राहत दिन आग्रह गरेको छ । सञ्जालका अध्यक्ष कुमार भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा हावाहुरीकै कारण दर्जनौँ विद्यालय क्षतिग्रस्त भई सयौँ...
-
२०७५ चैत्र १९, मंगलबार
बोराभित्र शव लिएर हिँडेका दुई पक्राउ
भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट आज बिहान बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह रहेका छन् ।...
-
२०७५ चैत्र १९, मंगलबार
बाह्र जना नेपाली किशोरीको नयाँदिल्लीबाट उद्धार
नयाँदिल्लीबाट महिला आयोगले भारतको राजधानी शहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीहरुको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका किशोरीहरुले एक जना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन् । आयोगका सदस्य किरण नेगीको अगुवाईमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीहरुको उद्धार गरिएको आयोगले जनाएको छ । तर किशोरीहरुलाई...
-
२०७५ चैत्र १९, मंगलबार
सम्बन्धविच्छेदका घटना बढ्दै
नयाँ मुलुकी संहिता जारी भएसँगै कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेका ९१९ मुद्दा र चालू आवको आठ महीनामा दर्ता भएका गरी एक हजार ३२६ मुद्दा छिन्न बाँकी भएको अदालतका नायब सुब्बा हरि पन्थीले जानकारी दिनुभयो । चालु आवको आठ महीनामा जिल्ला अदालतमा एक हजार ३८२ मुद्दा दर्ता भएका उहाँले बताउनुभयो । अहिलेसम्म जिम्मेवारी सरेका र यो आवमा दर्ता भएका दुई हजार...


