अपराध-दुर्घटना
-
२०७५ चैत्र १३, बुधबार
रु २० लाख लिएर संस्था फरार
पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा एक संस्था स्थानीयवासीका लाखाँै रकम लिएर फरार भएको छ । गत जेठमा दिपायलमा क्षेत्रीय कार्यालय खोलेको कर्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपालले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बैतडी, बाजुरा, बझाङ र डोटीबाट रु १९ लाख ९४ हजार २०० लिएर फरार भएको स्थानीयवासीको आरोप छ । यहाँका पहाडी जिल्लामा विभिन्न बचत समूह बनाई उक्त संस्थाले अछामबाट रु दुई लाख ३० हजार ६००, बैतडीबाट...
-
२०७५ चैत्र १३, बुधबार
पाँच निरीक्षक र छ परीक्षार्थी पक्राउ
एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अरोपमा आज पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ । चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको आजको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताउनुभयो । यसैगरी बमनगामा कट्टी...
-
२०७५ चैत्र १३, बुधबार
प्रहरीचौकीमा ढुङ्गामुढा गर्ने पाँच पक्राउ
बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा रातिका बेला ढुङ्गा मुढा गर्ने पाँचलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ईश्वर चटौत, धीरेन्द्र रावल र हरि बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय झलारीको टोलीले पाँचै जनालाई पक्राउ गरेको हो । “गएराति १० बजे प्रहरीचौकी नजिकैको चोकमा जम्मा भएका पाँचै जनाले हो हल्ला गर्न थालेपछि प्रहरीले सम्झाइ...
-
२०७५ चैत्र १३, बुधबार
बुटवलमा गोली प्रहार गरी भारतीयको हत्या
बुटवल उपमहानगरपालिका– १ गडी टोलमा भारतीय नागरिकको गोली प्रहार गरी हत्या गरिएको छ । बुटवलको अटो भिलेजस्थित एक अटो वर्कसपमा काम गर्दै आएका भारत बेलियाका ४० वर्षीय फिरोज खानको आज अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । गोली लागी घाइते भएका खानको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । उनी...
-
२०७५ चैत्र १२, मंगलबार
चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ घाइते
चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस आज बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा...
-
२०७५ चैत्र १२, मंगलबार
बालिका एघार दिनदेखि बेपत्ता
उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएको तर अहिलेसम्म नफर्किएको स्थानीय टेकनारायण आचार्यले जानकारी दिनुभयो । साँझ...
-
२०७५ चैत्र १२, मंगलबार
स्टकमा धर्ना बस्न खोज्ने पक्राउ
पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समूहका प्रतिनिधिले भोक हडतालको ब्यानरसहित स्टकको प्रवेशद्वारमा धर्ना शुरु गर्न लाग्दा हटाउँदै राष्ट्रिय समाचार समिति ९रासस०को प्रवेशद्वार बाहिरबाट प्रहरीले करीब १० जनालाई नियन्त्रणमा लिएको हो ।...
-
२०७५ चैत्र १२, मंगलबार
चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ
नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको । नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । पक्राउ परेको ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय...
-
२०७५ चैत्र १२, मंगलबार
बलात्कार गरेको आरोपमा पक्राउ
न्यूनदृष्टियुक्तलाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षिय हरिबहादुर तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ । अभियुक्त तामाङले युवतीलाई आइतबार बलात्कार गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोमबार नै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । आरोपितलाई जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरी अदालतबाट थुनामा राख्ने म्याद...
-
२०७५ चैत्र १२, मंगलबार
चन्द समूहका तीन कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन् । पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् । सुनार र कुमाललाई उनकै घरबाट र बुढालाई...
-
२०७५ चैत्र ११, सोमबार
आगलागीमा चार घर जलेर नष्ट
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक÷एक वटा घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचरका सामग्री जलेर नष्ट...
-
२०७५ चैत्र ११, सोमबार
न्यायिक समितिमा मुद्दाको चाप
बिहान १० देखि ११ बजेसम्म गाउँपालिकामा पुगिसक्दा त्यहाँ विभिन्न काम लिएर स्थानीयवासी पुगिसकेका हुन्छन् । अन्य कामका अलावा विभिन्न किसिमका विवाद र झगडाको बारेमा अहिले न्यायिक समितिले धमाधम काम अघि बढाएपछि गाउँपालिकामा भीड लाग्न थालेको हो । जिल्लाको तातोपानी गाउँपालिकामा दैनिकजसो विभिन्न प्रकारका मुद्दा लिएर आउने सेवाग्राही बढ्दो छन् । गाउँपालिकाका उपाध्यक्ष गङ्गादेवी उपाध्याय विभिन्न...


