अपराध-दुर्घटना
-
२०७६ पौष २७, आइतबार
खुर्पा प्रहारबाट प्रहरीसहित चार घाइते
भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा एक व्यक्तिको खुर्पा प्रहारबाट दुई प्रहरीसहित चारजना घाइते भएका छन् । जाजरकोटको नलगाढ नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर विकले शनिबार साँझ खुर्पा प्रहार गर्दै हिँड्दा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१० घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ४५ वर्षीया राजमती ज्याकिबन्जार घाइते...
-
२०७६ पौष २७, आइतबार
सोह्र दिनदेखि बेपत्ता पुरुषको शव फेला
सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पूर्वटोलस्थित सार्वजनिक पोखरीमा ४५ वर्षीय सुर्यनारायण मण्डलको शव फेला परेको छ । घरबाट १६ दिनअघि उधारो दिएको रकम उठाउन जान्छु भनी हिँडेका मण्डलको शव आफ्नै कुखुरा फार्म नजिकको पोखरीमा फेला परेको उनका भाइ ३५ वर्षीय शिवनारायण मण्डलले जानकारी दिनुभयो । मण्डल घरदेखि साढे एक किलोमिटरको दूरीमा रहेको रत्नसागर पोखरीको डिलमा सञ्चालन गरेको कुखुरा फार्मको रेखदेख गर्दै बस्ने...
-
२०७६ पौष २७, आइतबार
एनसेल टावरमा आगजनी
तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो । राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा आएको थियो । बिहान गएर हेर्दा टावर आगजनी भएको...
-
२०७६ पौष २५, शुक्रबार
तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक पक्राउ
नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज बिहान गोङ्गबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी...
-
२०७६ पौष २५, शुक्रबार
कार दुर्घटना भारतीय नागरिकको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको आज बिहान हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनाबाट भारत घर भएका अन्दाजी...
-
२०७६ पौष २४, बिहिबार
शान्ति भङ्ग गरेको आरोपमा यादव पक्राउ
शान्ति भङ्ग गरेको आरोपमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु यादवलाई पक्राउ गरेको छ । चर्को ब्याजमा पैसा लगानी गरेर ठगी गरेको भन्दै पीडित व्यक्तिले काठमाडौँमा गएर मङ्गलबार उजुरी दिएपछि गृहसचिवको आदेशमा शान्ति भङ्गको मुद्दामा यादवलाई हरिपुर नगरपालिकाबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो । शान्ति भङ्गको मुद्दामा जिल्ला प्रशासन कार्यालय...
-
२०७६ पौष २४, बिहिबार
फरार दुई प्रतिवादी पक्राउ
विभिन्न मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले सप्तरीको डाक्नेश्वरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ का ३८ वर्षीय बलराम मेहता र सोही ठाउँका ५९ वर्षीय मुनर यादव रहेका छन् । सुरक्षा बेस क्याम्प पत्थरगढाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । पक्राउ परेका मेहता शिक्षासम्बन्धी मुद्दामा र यादव कुटपिट...
-
२०७६ पौष २३, बुधबार
चन्द समूहका नुवाकोट सेक्रेटरी पक्राउ
जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ । उहाँ काठमाडौबाट पक्राउ पर्नुभएको जनाइएको छ । ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले मंगलबार जानकारी दिनुभयो ।...
-
२०७६ पौष २३, बुधबार
विद्यालय हाताभित्र मदिरा सेवन गर्नेलाई कारवाही गरिने
महोत्तरीको गौशाला नगरपालिका–३ स्थित जनता आधारभूत विद्यालय नवराजपुरको हाताभित्र यही पुस १६ गतेका दिन अङ्ग्रेजी नयाँ वर्ष मनाउने क्रममा मदिरा पार्टी गरेको खबर सार्वजनिक भएपछि नगरपालिकाले कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । उक्त पार्टीमा संलग्न शिक्षकलाई कानूनअनुसार कारवाही गरिने भएको छ । सार्वजनिक बिदाका दिन विद्यालयजस्तो पवित्रस्थलमा मदिरा पार्टी गरेको भन्दै नगरपालिकाले भोजमा संलग्नलाई...
-
२०७६ पौष २३, बुधबार
विदेशीको अवैध गतिविधि बढ्दै निष्कासनको दर
सुन तस्करीमा संलग्न चिनियाँ नागरिक माओ विङ र माफु निङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परे । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले साउन १२ गते आवश्यक जरिवाना तिराएर उनीहरुलाई दुई वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरियो । चोरीमा संलग्न चीनकै वाङ सीलाई साउन पहिलो साता एक वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरियो । आजमात्रै १२२ जना चिनियाँ नागरिकलाई पर्यटक भिसामा आएर अवैध...
-
२०७६ पौष २२, मंगलबार
फरार १७ अभियुक्त एकैदिन पक्राउ
जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका १७ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट सोमबार ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । अदालतबाट कैद तथा जरिवाना तोकिई हालसम्म फरार रहेका अभियुक्तलार्ई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका–१० का ५९ वर्षीय खगेन्द्र यादव, खड्क...
-
२०७६ पौष २२, मंगलबार
दुर्घटनामा एकको मृत्यु
चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन ।रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना५ख ६४४५ नंको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना३८प ८३२८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते करीब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको शव...


