STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ माघ १७, शुक्रबार

    छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद

    जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो । जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला भएको निमित्त श्रेस्तेदार नारायणबहादुर भट्टराईले बिहीबार जानकारी दिनुभयो । गत साउन २ गते जबर्जस्ती करणी...

  • २०७६ माघ १६, बिहिबार

    कवाडका बोराको खात पल्टिएर च्यापिँदा चार भारतीयको मृत्यु

    आफँैले जम्मा गरेका कवाडका बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ । कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको बलियास्थित तपनीगाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, दुई वर्षीया छोरी सहिना खातुन र छ वर्षीय छोरा सुल्तान रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव ज्ञवालीले जानकारी दिनुभयो ।...

  • २०७६ माघ १६, बिहिबार

    मदिरा, लागुऔषध र जुवातासविरुद्ध विशेष अभियान

    चन्द्रागिरि नगरपालिकाले मदिरा, लागुऔषध र जुवातासविरुद्ध विशेष अभियान सञ्चालन गरेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्वमा बुधबार नगरपालिकामा बसेको ‘समुदाय–प्रहरीपालिका समिति’को बैठकले मदिरा, लागुऔषध र जुवातासविरुद्ध विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले अवैध घरेलु मदिराको व्यावसायिक उत्पादन बिक्री वितरण तथा ओसारपसार तथा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकविरुद्ध...

  • २०७६ माघ १६, बिहिबार

    चुरे दोहन रोक्न माग

    अत्यधिक दोहनका कारण चुरे विनाश भइरहेकाले त्यसलाई रोक्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । बुधबार यदुवंशी उत्थान समाज नेपालले आयोजन गरेको कार्यक्रमका सहभागीले तत्काल चुरे विनाश रोक्न पहल नगरे भयावह स्थिति निम्तिने खतरा रहेको औल्याए । पूर्व सहसचिव उमेश्वरनाथ गंगोलले देशभर चुरे विनाश बढ्दै गएकामा चिन्ता प्रकट गर्नुभयो । उहाँले चुरे विनाश रोकथाम सरकारको मात्र नभएको र त्यसलाई रोक्न स्थानीयवासीको...

  • २०७६ माघ १६, बिहिबार

    साथीको हत्या गर्ने बङ्गलादेशी नागरिक पक्राउ

    आफ्नै साथीको हत्या गर्र्ने बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले सँगै काठमाडौँ आएका ढाकास्थित सनरे ट्राभल टुर्स प्रालिका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए । काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नं कोठामा सँगै बसेका बेला मदिराको बोतलले हानेर हत्या गरी फरार भएका उनलाई गएराति लहानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी...

  • २०७६ माघ १५, बुधबार

    घुससहित राजश्वका कर्मचारी पक्राउ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले घुससहित एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ । आन्तरिक राजश्व कार्यालय चितवनमा कम्युटर अधिकृतको दरबन्दीमा कार्यरत रामकुमार अधिकारीलाई कार्यालयले घुस रकम रु १० हजारसहित मङ्गलबार पक्राउ गरेको हो । आन्तरिक राजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले सेवाग्राहीबाट कम्युटर बिलिङको कामका विषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको जानकारी...

  • २०७६ माघ १५, बुधबार

    कपास उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

    बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ । आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट उद्योगभित्र पार्किङ गरेर राखिएको ध१प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको छ । आगलागीबाट उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा...

  • २०७६ माघ १५, बुधबार

    एकै दिन मरे दुई गैँडा

    चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८÷२० वर्षको पोथी गैँडा मृतावस्थामा फेला परेको हो । अर्को एक गैँडा सुखीभार क्षेत्र नजीक...

  • २०७६ माघ १५, बुधबार

    सिरहा समाचारः उपभोक्ता ठगिँदै

    सिरहा जिल्लामा खाद्य पदार्थमा हुने मिसावट रोक्न र उपभोक्तालाई ठगीबाट जोगाउन ऐन कानून बने पनि त्यसको प्रचारप्रसार हुन नसक्दा अझै उपभोक्ता ठगिँदैै आएका छन् । घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाद्वारा लहानमा आयोजित बजार अनुगमन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी अन्तक्र्रियाका वक्ताले निरन्तरको बजार अनुगमनले बजारमा केही सकारात्मक सुधार देखिए पनि ऐन कानूनको प्रचारप्रसार हुन नसक्दा अपेक्षित उपलब्धि...

  • २०७६ माघ १४, मंगलबार

    साढे दुई किलो चरेससहित तीन पक्राउ

    दाङमा साढे दुई किलो चरेससहित तीन जना पक्राउ परेका छन् । प्राप्त सूचनाका आधारमा उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका २१ वर्षीय अनिल पुनमगर, रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का २८ वर्षीय भीमबहादुर सार्की र मुसिकोट नगरपालिका–६ का...

  • २०७६ माघ १४, मंगलबार

    ट्रक दुर्घटनामा तीनको मृत्यु

    रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा ट्रकमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी...

  • २०७६ माघ १४, मंगलबार

    बाजुरामा चार रेक्टरको भूकम्प

    बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडाँैले जनाएको छ । भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार सो क्षेत्रमा...

Pages