STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ पौष २२, मंगलबार

    हिमचिमले पु¥यायो जन्मकैदको सजायसम्म ।

    तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका–४ बस्ने भारती परियार र मङ्गलबहादुर दमैलाई जन्मकैदको फैसला सोमबार सुनाएको हो । सोही अभियोगमा थुनामा रहेका सुकबहादुर परियारलाई तीन वर्ष कैदको फैसला भएको जिल्ला...

  • २०७६ पौष २२, मंगलबार

    स्कारपियो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

    नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा आज बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा पाँच जना घाइते भएका छन् । सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आइरहेको बीआर ०६ पीडी ३६३७ नम्बरको स्कारपियो सडकमा हिँडिरहेको राँगोलाई ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कारपियोमा सवार भारतीय नागरिक ३८ वर्षीय प्रमोद सदाको घटनास्थलमै मृत्यु भएको...

  • २०७६ पौष २१, सोमबार

    वन मौरीको टोकाइबाट एकको मृत्यु

    चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ । घरमै बसिरहनुभएकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि...

  • २०७६ पौष १८, शुक्रबार

    नेपालमा मानव बेचबिखन जटिल बन्दै

    नेपाली सभ्य समाजका लागि मानव बेचबिखन एउटा कलङ्क र अभिशाप बन्दै गएको छ । नेपाली समाजमा मानव बेचबिखन घट्नुका साटो पछिल्लो समय बढ्दै गएपछि सामाजिक व्यवस्थामाथि नै प्रश्न चिह्न खडा भएको छ भने सरोकारवाला निकायलाई यसले ठूलो चुनौती थपिदिएको छ । नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा गत एक वर्षको अवधिमा ८६९ महिला हराएको भन्दै खोजीका लागि निवेदन पर्नुले मानव बेचबिखन अब सतही विषय नभएको प्रष्ट...

  • २०७६ पौष १८, शुक्रबार

    दुर्घटनाको एकको मृत्यु

    जिल्लाको ककनी गाउँपालिका–४ रानीपौवाको नाकेढुङ्गामा बालुवा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पासाङल्हामु सडकको ३५ किलो भन्ने स्थानबाट बालुवा बोकेर काठमाडौँतर्फ जाँदै गरेको बा२क ३७११ नंको टिपर बिहीबार राति ९ बजेतिर दुर्घटना हुँदा टिपरका चालक बेलकोटगढी नपा–१३ बाराहीका २२ वर्षीय अजय लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले...

  • २०७६ पौष १७, बिहिबार

    राससकर्मी प्रधानको निधन

    राष्ट्रय समाचार समिति इटहरीका समाचारदाता याम प्रधानको निधन भएको छ । मिर्गौला रोगबाट पीडित भई घरमै थलिनुभएका ५२ वर्षीय राससकर्मी प्रधानको आज बिहान आफ्नै निवास इटहरीमा निधन भएको हो । सुनसरीका पुरानो पत्रकारका रूपमा परिचित इटहरीका पत्रकार प्रधान प्रेस स्वतन्त्रता सेनानीसमेत हुनुहुन्थ्यो । सुनसरीमा पत्रकारिताका गुरुसमेत मानिने उहाँ नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वसभापति समेत हुनुहुन्थ्यो ।...

  • २०७६ पौष १७, बिहिबार

    बालकलाई जन्मकैद फैसला

    सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो । उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना सात दिन कैद हुने फैसला अदालतले गरेको हो । जिल्ला न्यायाधीश किरणप्रसाद...

  • २०७६ पौष १६, बुधबार

    रुघाखोकीले मृत्यु

    हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ । केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँ नै थला परेको छ । सोमबार राति रुघाखोकीले रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको स्थानीय पूर्णबहादुर रोकायाले जानकारी दिनुभयो । उहाँले मृतकका श्रीमान् घरमा नभएको बताउनुभयो । मृतक बुढाका एक छोरी, दुई छोरा गरी तीन नाबालक छन् । मृतक बुढाको हिजै हिन्दू...

  • २०७६ पौष १६, बुधबार

    सडक दुर्घटनामा १९ को ज्यान गएपछि हुम्लामा ट्राफिक प्रहरी

    राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदै बोलेरो, टिपर, ट्र्याक्टरलगायतका दुर्घटनामा १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक ट्राफिक प्रहरी आएको हो । जिल्लाभित्रका विभिन्न क्षेत्रमा चल्ने सवारीसाधन दुर्घटनामा परी ज्यान गुमाउनेको क्रम बढेपछि ट्राफिक प्रहरीको आवश्यकता परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । एक प्रहरी...

  • २०७६ पौष १६, बुधबार

    माइती नेपालद्वारा ९५ महिला तथा बालिकाको उद्धार

    माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ । ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र बसपार्कबाट उद्धार गरेको मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । अठार वर्षमुनिका २१ र माथिका ७४ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय...

  • २०७६ पौष ११, शुक्रबार

    मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

    फोहर विसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । फोहर बोकेर पासाङल्हामु मार्ग हँुदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ । ना२क ३३८ नंको मिनीट्रक दुर्घटना...

  • २०७६ पौष ११, शुक्रबार

    फर्निचर उद्योगमा आगलागी

    दोलखाको शैलुङ गाउँपालिका वडा नं ३ लाम्चेआहालमा जीवन श्रेष्ठले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गए राति भएको आगलागीमा उद्योगमा रहेको ठूलो चिरान उपकरण, जेनेरेटर, ८०० क्युफिट सल्ला तथा उत्तिसको तयारी गोलिया काठ र अन्य विद्युतीय सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक सुञ्जीत तामाङले जानकारी दिनुभयो । प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो । राति उद्योगमा...

Pages