STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ माघ ३, शुक्रबार

    ३५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

    झापाको कनकाई नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । कनकाइ–३ बाट विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिहीबार सुरुङ्गाकै एक होटलमा बसेका मोरङ उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय नितेन कार्की र बिर्तामोड नगरपालिका–३ का ३९ वर्षीय राजनप्रसाद उप्रेतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

  • २०७६ माघ ३, शुक्रबार

    चार किलोमा पहिरो खस्यो, नारायढागढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

    अविरल वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । हिजोदेखि परेको अविरल वर्षात्ले यस सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चार किलोडाडाँमा आज बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । पहिरो पन्छाउन जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको इलाका...

  • २०७६ माघ २, बिहिबार

    जङ्गलमा तास खेल्दा प्रहरी नियन्त्रणमा

    इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद रु एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र...

  • २०७६ माघ २, बिहिबार

    रु ३५ लाख मूल्य बराबरको मोबाइल बरामद

    नेपाल प्रहरीले भन्सार छलेर ल्याइएको १०७ थान मोबाइल फोनका सेट बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना६ख १५३४ र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख ७३९५ नंको बस जाँचका क्रममा ती मोबाइल बुधबार बरामद गरेको हो । प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त थापाले दुई बसमा जाँचका क्रममा रु ३५ लाख मूल्य बराबरको मोबाइल बरामद गरेको जानकारी दिनुभयो । “चालक...

  • २०७६ माघ २, बिहिबार

    खसी चोर पक्राउ

    नेपाल प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–१ का १८ वर्षीय प्रमोदकुमार यादवलाई खसी र बोका चोरी गरेको आरोपमा पक्राउ गरेको छ । स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी विक्री गरेको आरोप लगाउँदै प्रमोदलाई बुधबार नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार यादवले चोरी गरेका ती खसी र बोकालाई सिरहा नगरपालिका–८ बस्ने सकुन्तीदेवी...

  • २०७६ माघ २, बिहिबार

    वन्यजन्तुको चोरी शिकार वृद्धि

    जिल्लाका उच्च भेगमा हिमपात शुरु भएपछि वन्यजन्तुको चोरी शिकार गर्ने कार्य बढेको छ । जिल्लाका जोरायल, मन्नकापडी, नापानी, देउताल, मुस्ताल, गनगडेउडार, अनारखोला, मुथे, चौकुने, बोगटान, अल्लेवन तथा खप्तड क्षेत्र नजिकका जङ्गललगायत जङ्गलमा वन्यजन्तुको चोरी शिकार बढेको छ । उच्च लेकारी भेगमा दिनहुँ चारी शिकार भइरहेको स्थानीयवासी डम्मर मौनीले बताउनुभयो । वन्यजन्तुको शिकार गर्नेहरु बन्दुक, भाला, खुकुरी लिएर...

  • २०७६ माघ १, बुधबार

    देवघाटमा प्रहरीको गाडी दुर्घटना, एकको मृत्यु, २९ घाइते

    तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि आएको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारि घुम्तीमा दुर्घटनामा परेको हो । घाइतेहरुको अहिले पुरानो...

  • २०७६ पौष २९, मंगलबार

    रुमाल बरामद

    कञ्चनपुरको महाकाली नगरपालिकाबाट भन्सार छलेर भारत निर्यात हुन लागेको रु २६ लाख ८८ हजार बराबरको महिला रुमाल गम्छा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । महाकाली नगरपालिकामा रहेको सशस्त्र प्रहरी बल बिओपी पोष्टले भारत निर्यात हँुदै गरेको अवस्थामा भारतीय नम्बरको युपे १८ सिए ४८९२ नम्बरको ट्रकबाट हालै सो मूल्य बराबार रुमाल नियन्त्रणमा लिएको पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामसिंह भण्डारीले...

  • २०७६ पौष २९, मंगलबार

    गाडीभित्र अश्लील गतिविधि गर्ने पक्राउ

    सार्वजनिक सवारी साधानभित्र अश्लील गतिविधि गर्ने युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । अभियुक्त तनहुँको तत्कालीन अरुणोदय गाविस घर भई हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाल छन् । विसं २०७५ माघ ११ गते बसभित्र त्यस्तो गतिविधि गरेको दृश्य सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । गत वर्ष साउनमा खिंचिएको भिडियो सात महिनापछि माघमा अपलोड गरेको खुल्न आएको...

  • २०७६ पौष २८, सोमबार

    लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिँदा पक्राउ

    नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र लाइसेन्स बनाइदिने एकजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतबार एकान्तकुनाबाट पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले रु पाँच हजार लिएर ट्रायल पास गराउन खोज्ने बस्नेतलाई पक्राउ गरिएको जानकारी...

  • २०७६ पौष २७, आइतबार

    आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु

    नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ । बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । उहाँले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताउनुभयो ।

  • २०७६ पौष २७, आइतबार

    डोटीमा ब्लड बैंक नहँुदा चारजनाले अकालमा ज्यान गुमाए

    निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुआत गरेको छ । सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको यस अस्पतालले रगत अभावलाई अन्त्य गर्न सो अभियानको सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । रगत अभावका कारण अहिलेसम्म जिल्लामा चार जनाको अकालमा ज्यान गुमाउनु परिसकेको बताइएको छ । दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी शनिबार अभियानको शुभारम्भ...

Pages