अपराध-दुर्घटना
-
२०७६ मङ्सिर २२, आइतबार
मामा–भान्जी पक्राउ
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको...
-
२०७६ मङ्सिर २२, आइतबार
ट्रकमा आगजनी– कोहलपुर तनावग्रस्त
त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो । दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ट्रकमा आगो लगाइदिएका छन् । प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिरहेको छ । झडपमा केही प्रहरी र प्रदर्शनकारी...
-
२०७६ मङ्सिर २०, शुक्रबार
मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु
मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुरबाट रामपुरतर्फ गइरहेको ना४०प ७३१३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु४प ६६५० नंको मोटरसाइ्कल भरतपुर महानगरपालिका–१५ रामपुरमा साँझ ५ः४५ बजे ठक्कर खाएको हो । प्रहरीका अनुसार ना४०प...
-
२०७६ मङ्सिर १९, बिहिबार
चन्द समूहका युवा सचिव पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उहाँले बताउनुभयो । प्रहरी उपरीक्षक नवराज भट्टले भन्नुभयो, “...
-
२०७६ मङ्सिर १९, बिहिबार
मुस्ताङमा भारतीय नागरिकको मृत्यु
मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृत्यु भएको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-
२०७६ मङ्सिर १९, बिहिबार
आगो लगाएर हत्या गरेको आरोप
शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् । उहाँका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाउनुभएको छ । हत्यामा उहाँका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ । जिल्ला प्रहरी...
-
२०७६ मङ्सिर १८, बुधबार
दर्शनार्थी बोकेको पिकअप दुर्घटना, दुईको मृत्यु, १६ घाइते
महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने १६ घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्तनियादेवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । अठार दर्शनार्थी बोकेर...
-
२०७६ मङ्सिर १७, मंगलबार
जीप दुर्घटनामा १४ जनाको मृत्यु
गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ...
-
२०७६ मङ्सिर १७, मंगलबार
फरार प्रतिवादी तीन वर्षपछि पक्राउ
सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ, म्याग्दे गाउँपालिका–३ बस्ने ३४ वर्षीय थमन भुजेल छन् । विसं २०७३ कात्तिक १७ गते पृथ्वीराजमार्गस्थित म्याग्दे–३ मा भएको सवारी दुर्घटनाको घटनामा तनहुँ जिल्ला अदालतबाट विसं २०७४ मङ्सिर १२ गतेको फैसलाबाट दोषी ठहर भएका भुजेललाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज...
-
२०७६ मङ्सिर १७, मंगलबार
लागुऔषध गाँजासहित भारतीय पक्राउ
प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित भारतको दरभङ्गा जिल्ला शिवराम थाना–२ निवासी ३८ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो । यस्तै अभद्र व्यवहार मुद्दामा फरार एक महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय...
-
२०७६ मङ्सिर १७, मंगलबार
जङ्गलमा शव फेला
मकवानपुरगढी गाउँपालिका–४ स्थित जङ्गलमा एक महिलाको शव फेला परेको छ । आज बिहान मनकामना सामुदायिक वनको जङ्गलमा फेला परेको शव मकवानपुरगढी –४ बस्ने सोमबहादुर पाख्रिनकी श्रीमती अन्दाजी ३९÷४० वर्षीया प्रीतिमायाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यही मङ्सिर १४ गते बेलुका घरबाट हराई बेपत्ता भएकी उनको आफन्तले खोजतलास गर्ने क्रममा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
-
२०७६ मङ्सिर १७, मंगलबार
अनलाइन विज्ञापनबाट ठगी
पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् । आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि खानेकुरा अनलाइनबाट बुक हुन्छ र घरमै आपूर्ति हुन्छ । यसरी सामान खरिदमा विचार पु¥याइएन भने ठगिन सक्ने प्रवल सम्भावना छ । यस्तै एउटा घटना काठमाडौँमा...


