अपराध-दुर्घटना
-
२०७६ मङ्सिर ८, आइतबार
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बाँकेको कोहलपुरमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे८प ९६७८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका अर्जुन खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार, मृतक २६ वर्षीय खत्री कोहलपुरका...
-
२०७६ मङ्सिर ८, आइतबार
कर्तव्य ज्यान मुद्दामा फरार चार पक्राउ
कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन् । उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका–४ काँडाका श्रीमान् भनिने ३१ वर्षीय समर्पन बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजित भनिने ३५ वर्षका आकाश बुढा र ३२ वर्षका दीपक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले...
-
२०७६ मङ्सिर ८, आइतबार
ट्रकको ठक्करबाट एकको मृत्यु
भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आज बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौँडातर्फ जान आउँदै गरेको ना६ख १८९६ नंको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर...
-
२०७६ मङ्सिर ६, शुक्रबार
पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै हत्या गर्नेलाई जन्मकैद
जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिनुभयो । दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै ०७५...
-
२०७६ मङ्सिर ५, बिहिबार
खेलमैदानमा आगलागी ः सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धार
सप्तरीको राजविराज–६ स्थित रङ्गशालामा अचानक आगलागी भएको छ । एक–एक गरेर लहरै भएका घरहरु जल्न थाले । अत्तालिएका मानिसहरु भागाभाग गर्न थाले । आगो निभाउने क्रममा चारजना स्थानीयवासी घाइते भए । त्यसैमध्ये एक जनाले वारुणयन्त्र र सुरक्षाकर्मीलाई फोन गरेर जानकारी गरायो । आगो निभाउन राजविराज नगरपालिकाको वारुणयन्त्र र घाइतेहरुको उद्घारका लागि तत्कालै राजविराजस्थित भीम दल गण विपद् युनिटका सेनाहरु आइपुगे ।...
-
२०७६ मङ्सिर ५, बिहिबार
मौरीको टोकाइबाट एक बालकको मृत्यु, पाँच घाइते
वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ । मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा चार वर्षीय रविकुमार राय, स्थानीयवासी २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो...
-
२०७६ मङ्सिर ५, बिहिबार
जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जिपकोे ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ बस्ने ३४ वर्षीय देवराम टमटा रहेको छ । कञ्चनपुरको झलारीबाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नंको महिन्द्रा जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका टमटाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । टाउको र शरीरमा गम्भीर चोट...
-
२०७६ मङ्सिर ५, बिहिबार
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बर्दियाको गुलरिया नगरपालिका–३ पुरानो सरजु नदी हुलाकी सडकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–१ का ३५ वर्षीय राजेश यादव रहेका छन् । खैरापुरदेखि गुलरियातर्फ गइरहेको भे४प ७२१७ नंको मोटरसाइकल नालामा पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।
-
२०७६ मङ्सिर ५, बिहिबार
मारुती सिमेन्टको स्काभेटरमा बम विस्फोट
मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ । गएराति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिनुभएको जानकारीअनुसार मारुती सिमेन्ट फ्याक्ट्रीको एक स्काभेक्टर बमबाट पूर्णरुपमा क्षति भएको छ । अरु एक डोजर र एक टिपरमा सामान्य क्षति पुगेको छ । मारुती सिमन्टले सिन्धुलीको दुधौली नगरपालिका...
-
२०७६ मङ्सिर ५, बिहिबार
नेप्से ओरालै लयमा
धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७।७४ विन्दुले घटेर एक हजार १२०।६० विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।७८ विन्दुले घटेर २४६।८९ विन्दुमा पुगेको छ । नेप्से ओरोलो लागे पनि कारोवार रकम भने औसतमा सीमित भएको छ । कूल १६७ कम्पनीको १० लाख ५० हजार ४१२ कित्ता शेयर रु २९ करोड ७७ लाख ९७ हजार ७१ मूल्यमा खरीद बिक्री भए...
-
२०७६ मङ्सिर ४, बुधबार
धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता
प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । मङ्गलबार मात्रै दाङको बबई गाउँपालिका वडा नं २ ट्वाङखोला बस्ने ४८ वर्षीय रणबहादुर वलीलाई पक्राउ गरेको छ । सोही ठाउँमा हिँड्डुल गरिरहेको अवस्थामा मङ्गलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । वली विप्लव समूहका...
-
२०७६ मङ्सिर ४, बुधबार
प्रहरीलाई पचास हजार घुस दिन खोज्ने महिला पक्राउ
प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ५० हजार घुस दिन खोज्ने होटलका सञ्चालक ४० वर्षीया सोममाया राईलाई मङ्गलबार राति पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा...


