STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ मङ्सिर ४, बुधबार

    एक हजार र पाँच सयका नक्कली नोट फेला

    स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ । वालिङमा भेटिएका शङ्कास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको राष्ट्रिय सहकारी बैंक वालिङका शाखा प्रमुख सुवास आचार्यले बताउनुभयो । वालिङस्थित विभिन्न तीनवटा सहकारी संस्थाबाट राष्ट्रिय सहकारी बैंक वालिङ शाखामा जम्मा गर्न ल्याइएका नोट नक्कली पाइएको आचार्यले...

  • २०७६ मङ्सिर ४, बुधबार

    बालिका हराउनेक्रम बढ्दो

    पछिल्लो समयमा बालकभन्दा बालिका हराउने क्रम बढ्दो छ । आर्थिक वर्ष २०७५÷७६ को असारसम्म तीन हजार ४२२ बालबालिका हराएका थिए । तीमध्ये बालक एक हजार ५१ तथा बालिका दुई हजार ३७१ रहेको छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ सार्वजानिक गरिएको ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन २०७६’ मा ३ हजार ४२२ बालबालिका हराएको उल्लेख गरिएको छ । हराइका ती बालबालिकामध्ये दुई हजार ५४० मात्र...

  • २०७६ मङ्सिर ३, मंगलबार

    गोरु काटेर खाने चार पक्राउ

    बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् । साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन् । पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता...

  • २०७६ मङ्सिर ३, मंगलबार

    श्रेष्ठ दम्पतीको हत्या गर्ने अझै पत्ता लागेन

    काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका श्रेष्ठ दम्पतीका हत्यारा पत्ता लागेका छैनन् । गत कात्तिक १८ गते राति सो ठाउँका श्रेष्ठ दम्पतीको लुटेरा समूहले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको थियो । सो घटनाका बारेमा अनुसन्धान भइरहेको भए पनि अझै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो । प्रहरीले घटनामा...

  • २०७६ मङ्सिर ३, मंगलबार

    बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

    पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् । गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले बालिकालाई...

  • २०७६ मङ्सिर ३, मंगलबार

    आगलागीबाट धनमाल जलेर नष्ट

    काठमाडौँ महानगरपालिका–४ चण्डौलस्थित एक घरमा आगलागी हुँदा झण्डै रु छ लाख बराबरको क्षति भएको छ । विद्युत् चुहिएर स्थानीय विमला अधिकारीको घरमा आज बिहान आगलागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घरमा आगलागी हुँदा भाडामा रहेको पान पसल र कपाल काट्ने सैलुनमा समेत क्षति पुगेको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २०७६ मङ्सिर २, सोमबार

    गिटी–बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार

    झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति–५ का ३५ वर्षीय रामकुमार थारू चौधरी घाइते भएका हुन् । उनको बाँया हातमा चोट लागेको छ । मेचीनगर–९ का ३६ वर्षीय...

  • २०७६ मङ्सिर २, सोमबार

    चितुवाको डमरु मृत फेला

    जिल्लाको व्यास नगरपालिका–७ मा चितुवाको डमरु मृतावस्थामा फेला परेको छ । व्यास नगरपालिका–७ स्थित लोककल्याण सामुदायिक वनमा आज बिहान चितुवाको डमरु मृतावस्थामा फेला परेको हो । अन्दाजी २ वर्ष र १० किलो रहेको उक्त चितुवाको डमरुलाई डिभिजन वन कार्यालयको प्राङ्गणभित्र खाडल खनेर पुरिएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिनुभयो । पेट फुटेको र घाउ चोट लागेको अवस्थामा फेला परेको डमरुको मृत्युको कारणबारे...

  • २०७६ मङ्सिर २, सोमबार

    बस दुर्घटनामा १२ घाइते

    दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको ना५ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार...

  • २०७६ मङ्सिर १, आइतबार

    भीमफेदी कारागारबाट कैदी फरार

    मकवानपुरको भीमफेदी कारागारबाट गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन् । कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन् । कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन कसैको सहयोग रहेको आशङ्का गर्दै कारागार वरिपरि १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेकाले अनुसन्धान भइरहेको जानकारी दिनुभयो । यद्यपि पर्खालको केही...

  • २०७६ मङ्सिर १, आइतबार

    चौकीबाट भाग्ने क्रममा हामफाल्दा सेनाका जवानको मृत्यु

    अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए ।...

  • २०७६ मङ्सिर १, आइतबार

    आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु

    पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज बिहान भएको आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको छ । गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवाको जलेर मरेका छन् । लामखुट्टे धपाउन बालिएको घूरबाट आगो सल्की आगलागी हुँदा ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । धुनियाको गोठमा भएको आगलागीमा परी बाख्राका पाठा १८...

Pages