अपराध-दुर्घटना
-
२०७६ मङ्सिर १२, बिहिबार
‘टेष्ट राइड’ पछि मोटरसाइकल गायब
कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ । व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन् । होस पु¥याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ । काठमाडौँमा यसैगरी टेष्ट राइड गर्दा मोटरसाइकल नै गायब भएको छ । मोटरसाइकल धनी मिलन सुब्बाले रु छ लाख ५० हजार पर्ने एउटा मोटरसाइकल बिक्रीमा छ भनेर हाम्रो बजार...
-
२०७६ मङ्सिर १२, बिहिबार
कर्णालीमा रोकिएन हिंसा
दुई वर्षअघि लेकबेँसी–७ सुर्खेतकी १७ वर्षीया एक किशोरीले अन्तरजातीय बिहे गर्नुभयो । बिहे गरेको चार महिनासम्म दुवैको सम्बन्ध राम्रो थियो । एकअर्काबीच गहिरो माया थियो तर, यो माया लामो समयसम्म टिक्न सकेन । विवाह भएको पाँचौँ महिनाबाट उनीहरुबीचको माया यातनामा परिणत भयो । पतिले किशोरीलाई खर्च बन्द गराइदिनुको साथै राति अबेर घरमा आएर कुट्न थाले । पतिको कुटाइ सहन नसकेपछि ती किशोरी बाध्य भएर न्यायका लागि...
-
२०७६ मङ्सिर ११, बुधबार
चुनावीसभा नजीकै विस्फोट
कास्की क्षेत्र नं– २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज गरेको चुनावी सभास्थल पोखरा प्रदर्शनी केन्द्र नजीकै बम विस्फोट भएको छ । सभास्थलभन्दा झण्डै दुई सय मिटरको दुरीमा ठूलो आवाजसहित विस्फोट भएको र विस्फोटबाट पार्किङ गरेर राखिएका दुईवटा सवारी साधनमा सामान्य क्षति भए पनि अन्य कुनै मानवीय क्षति नभएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक...
-
२०७६ मङ्सिर १०, मंगलबार
लागुऔषध चरेससहित पक्राउ
लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ । चरेस झोलामा लुकाइछिपाई बोकेर हिँडिरहेका अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट विशेष...
-
२०७६ मङ्सिर १०, मंगलबार
झोले चिकित्सक’ले उपचार गर्दा दुईको मृत्यु
बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा दुईको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ । सोमबार उपचारका क्रममा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेदवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएपछि अवैधरुपमा सञ्चालनमा रहेका क्लिनिक बन्द गर्न निर्देशन दिइएको हो । नरैनापुर गाउँपालिकामा भारतका श्रावस्ती...
-
२०७६ मङ्सिर ९, सोमबार
वडाध्यक्षको गाडीमा बम विष्फोट
अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ । वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः०० बजे बम विष्फोट भएको घटनास्थलमा पुग्नु भएका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो । विष्फोटनबाट नजिकैको घरमा समेत प्वाल परेको छ । सो घरमा ११ जना...
-
२०७६ मङ्सिर ९, सोमबार
धुलिखेलबाट नौ लाखसहित जुवाडे पक्राउ
जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ । पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गए राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले रु नौ लाख ५७ हजार ८७० नगद तथा एक सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई...
-
२०७६ मङ्सिर ९, सोमबार
हस्तकलाका सामग्री चोर्ने पक्राउ
प्रहरीले रु १२ लाख मूल्य बराबरको हस्तकलाका ९काँस तथा पित्तल० सामग्री चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई आइतबार राति पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक...
-
२०७६ मङ्सिर ८, आइतबार
जन्ती बस दुर्घटनामा एकको मृत्यु, ४० घाइते
पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो । दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...
-
२०७६ मङ्सिर ८, आइतबार
लागुऔषधसहित दुई युवक पक्राउ
प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गएराति दुई युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल गाउँपालिका–१ मलहनिया निवासी २१ वर्षीय अमरेश यादव र २१ वर्षीय पङ्कज यादवलाई पक्राउ गरेको हो । भारतीय बजारतर्फबाट स१०प ६१९ नंको मोटरसाइकलमा आउँदै गरेका दुवै जनालाई जाँच गर्दा लागुऔषध नोफिन...
-
२०७६ मङ्सिर ८, आइतबार
घर जलेर नष्ट
चन्दननाथ नगरपालिका–२ कालेखोलीस्थित स्थानीयवासी विष्णु भण्डारीको घर आगलागीबाट ध्वस्त भएको छ । नगरपालिकाको दमकल, स्थानीय, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरी आगो नियन्त्रण गर्ने काम भइरहेको प्रहरी निरीक्षक नवीन वलीले बताउनुभयो । आगलागीबाट मानवीय क्षति नभए पनि घरभित्रका लत्ताकपडा, अन्नपात र भाँडाकँुडा जलेर नष्ट भएको जनाएको छ ।
-
२०७६ मङ्सिर ८, आइतबार
महाबौद्ध गुम्बाको मूर्ति चोरी
भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ गोप्य दानपेटिका फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिनुभयो । गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उहाँले बताउनुभयो । गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । उहाँले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताउनुभयो । बिहान ४ः०० बजे गुम्बामा...


