अपराध-दुर्घटना
-
२०७६ कार्तिक २१, बिहिबार
कीर्ते गरेर चार करोड ६० लाख ठगी, छ पक्राउ
नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली कागजात बनाएर काठमाडौँ–३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि बैंकबाट रु चार करोड ६० लाख कर्जा निकालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता...
-
२०७६ कार्तिक २१, बिहिबार
नदीमा हामफालेर मृत्यु
नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए । तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको उहाँले बताउनुभयो । यसअघि गत शनिबार पौडिएर नारायणी पार गर्न...
-
२०७६ कार्तिक २१, बिहिबार
बढ्दै बाघ आक्रमण, त्रासमा स्थानीयवासी
पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको निकुञ्जका अधिकारीहरु बताउँछन् । बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र...
-
२०७६ कार्तिक २१, बिहिबार
अदालतबाट सजाय पाएर फरार अभियुक्त पक्राउ
अङ्गभङ्ग मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहाको अर्नामा गाँउपालिका–४ का ५० वर्षीय घुरनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लुकीछिपी बसिरहेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले बुधबार साँझ यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । अङ्गभङ्ग मुद्दामा...
-
२०७६ कार्तिक २१, बिहिबार
पेस्तोल र गोलीसहित पक्राउ
नेपाल प्रहरीले पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई आज दिउँसो पक्राउ गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले युएस मेड लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिको अन्य परिचय भने खुल्न...
-
२०७६ कार्तिक २०, बुधबार
मदिरा बिक्री गर्ने र खानेलाई कारवाही गरिने
जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ । सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको मङ्गलबारको बैठकले वडाभरिमा मदिरा बिक्री वितरण व्यापक भएको भन्ने गुनासो आएपछि बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो । वडाभरिमा मदिरा बिक्री वितरण गर्नेलाई रु १० हजार र खानेलाई रु पाँच हजार जारिवाना तिराउने निर्णय...
-
२०७६ कार्तिक २०, बुधबार
दुर्घटनामा एकको मृत्यु
चितवनमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला...
-
२०७६ कार्तिक २०, बुधबार
स्यालको टोकाइबाट १६ घाइते
स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलका १६ घाइते भएका छन् । बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलातर्फबाट मङ्लबार साँझ अचानक गाउँ पसेको बहुला स्यालले जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतङ्कित बनेका छन्...
-
२०७६ कार्तिक २०, बुधबार
नक्कली सुन देखाई ठगी गर्ने पक्राउ
नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले मङ्गलबार साझँ बेँसीगाउँबाट पक्राउ गरेको छ । बिक्री वितरणका लागि नक्कली सुन देखाई हिँडिरहेका भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय बौद्धले दोलखा गौरीशङ्कर गाउँपालिकाका २३ वर्षीय मीनबहादुर तामाङ र सोही ठेगाना भएका २० वर्षीय पेम्बा तामाङलाई नियन्त्रणमा लिएको हो । लामो समयदेसख ‘फाइन गोल्ड वान केजी’ लेखिएको सुनजस्तो देखिने पहँेलो धातु बोकेर...
-
२०७६ कार्तिक २०, बुधबार
नरपानीमा कार दुर्घटना तीनको मृत्यु, दुई घाइते
सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिनुभयो । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी छ । घाइतेलाई उपचारका...
-
२०७६ कार्तिक २०, बुधबार
जनावरका छाला हड्डी पोलेर प्रदूषित गराउनेलाई कारवाही गरिने
ललितपुर महानगरपालिकाले जनावरका छाला हड्डी पोलेर वातावरण प्रदूषित गराउनेलाई कारवाही गर्ने जनाएको छ । केही दिनअघि ललितपुर महानगरपालिका–१४ को नख्खुखोला नजिक असुरक्षित रुपमा जनावरका छाला र हड्डी जलाउँदै गरेको अवस्थामा पक्राउ परेका तीन जनालाई नगर प्रहरी ऐन अनुसार कारवाही गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले बताउनुभयो । ऐन अनुसार जरिवाना तिराएर त्यहाँ रहेको जनावरको छाला र...
-
२०७६ कार्तिक १९, मंगलबार
सुकुटे दुर्घटना अझै पाँच घाइते अस्पतालमै
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो । सो क्रममा धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचाररत ४७ मध्ये चारलाई आइतबार नै थप उपचारका लागि काठमाडौँ पठाइएको र बाँकीको उपचार भइरहेकामा ४१ घाइते उपचारपछि घर फर्किसकेका...


