STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ कार्तिक १९, मंगलबार

    सुकुटे दुर्घटना अझै पाँच घाइते अस्पतालमै

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो । सो क्रममा धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचाररत ४७ मध्ये चारलाई आइतबार नै थप उपचारका लागि काठमाडौँ पठाइएको र बाँकीको उपचार भइरहेकामा ४१ घाइते उपचारपछि घर फर्किसकेका...

  • २०७६ कार्तिक १८, सोमबार

    बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हँुदै

    म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ । दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा मालिका गाउँपालिका–७ विमकी ७० वर्षीया सतदेवी भट्टचन, बिमकै ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवी जुग्जाली र गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डे रहेको जिल्ला प्रहरी...

  • २०७६ कार्तिक १८, सोमबार

    सहकारीको रकम हिनामिना गर्ने चारजना कारागार चलान

    रु ४३ करोड रकम अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ । जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतबार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर सुवेदी, बैंङिक प्रबन्धक अरुणकुमार पाठक र सहउपसहायक बलराम यादवलाई थुनामा राख्न आदेश दिएको हो ।...

  • २०७६ कार्तिक १८, सोमबार

    भन्सार छली गर्नेविरुद्ध मुद्दा

    भन्सार छली गरेको आरोपमा विभिन्न व्यक्तिलाई राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । भन्सार चोरी पैठारीमा भारतीय नागरिकसहितका व्यक्ति संलग्न भएकाले उनीहरुविरुद्ध रु ५६ लाख ६० हजार बिगो असुलउपर गरी कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको विभागले आज एक विज्ञप्तिमार्फत जनाएको छ । भारतीय मालवाहक ट्रकमा लुकाइछिपाइ विल विजक तथा पैठारी गरेको भन्सार प्रज्ञापन पत्र र महसुल तिरेको प्रमाणसमेत नभएको...

  • २०७६ कार्तिक १८, सोमबार

    कालङ्गा सुरुङभित्र मजदुर थुनिए

    बुङ्गल क्षेत्रमा निर्माण भइरहेको कालङ्गा जलविद्युत् आयोजनामा काम गर्ने चार मजदुर सुरुङभित्र थुनिएका छन् । उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन् । दैलेखको गुराँस गाउँपालिका–३ का महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउँद र बझाङको बुङ्गल नगरपालिका–१ का शेरसिंह धामी सुरुङभित्र थुनिएको प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिनुभयो । आठ सय...

  • २०७६ कार्तिक १८, सोमबार

    बालविवाह रोक्ने अभियानकर्मी आफैँ जोखिममा

    वैशाख २० गतेको विवाहका लागि १८ गते गाउँमा निम्ता बाँडियो । दैलेखमा भएको परिवार नेपालगञ्ज झ¥यो । नेपालगञ्जमा विवाहको तयारी शुरु गरियो । बालविवाहविरुद्ध काम गर्ने अभियानकर्मीले त्यसको सुइँको पाउनुभयो । उहाँले गनापुर प्रहरी चौकीलाई खबर गर्नुभयो । नेपालगञ्ज उपमहानगर–२० नयाँबस्तीकी हीरा खत्री बालविवाह रोक्न पुग्नुभयो । उहाँका कारण ६ जोडीले एकै पटक गर्न लागेको बालविवाह रोकियो । एक जोडीले भागेर भारतमा...

  • २०७६ कार्तिक १८, सोमबार

    शाहीलाई आक्रमण गर्ने पक्राउ

    भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अभियोगमा भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको छ । अन्यको खोजी भइरहेको...

  • २०७६ कार्तिक १७, आइतबार

    रुखबाट लडेर मृत्यु

    नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ । शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सदरमुकाम ल्याइएको थियो । गएराति नै उनको उपचार हुन...

  • २०७६ कार्तिक १७, आइतबार

    लागुऔषध ब्राउनसुगरसहित तीन पक्राउ

    लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ । बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । तीनै जनालाई लागुऔषध शीर्षकमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी...

  • २०७६ कार्तिक १७, आइतबार

    पूर्व सभामुख महराको थुनछेक बहस

    काठमाडाँै जिल्ला अदालतमा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुुनछेक बहस शुरु भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान शुरु भएको उक्त अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । बहस सकिएपछि उहाँलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने भन्ने आदेश जारी हुने बताइएको छ । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुलुकी...

  • २०७६ कार्तिक १७, आइतबार

    सुकुटे बस दुर्घटनामा ६ को निधन

    दोलखाको मागेदेउरालीबाट काठमाडौँ गइरहेको बस सुकुटेमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु धेरै घाइते भएका छन् । बिहान करीब १ बजे भएको दुर्घटनामा तीन महिला र एक बालकसहितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ्लेले बताउनुभयो । बस खोलामा डुबेको छ । बसमा ४० जना सवार रहेको घाइतेले बताएका छन् । अहिले उद्धारको काम भइरहेको प्रहरिले जनाएको छ ।

  • २०७६ कार्तिक १५, शुक्रबार

    पूर्वपश्चिम राजमार्गको बौनिया“ सडकखण्ड अवरुद्ध

    बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि कारवाहीको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनिया“ सडकखण्ड अवरुद्ध पारेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा बिहीबार साँझ बसले ठक्कर दिएका बर्दगोरिया गाउ“पालिका–१ का आठ वर्षीया अंशु चौधरीको भारतको लखनउ र घोडाघोडी नगरपालिका–८ का १२ वर्षीय लक्ष्मण चौधरीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएपछि स्थानीयवसीले राजमार्ग अवरुद्ध पारेका...

Pages