STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ भाद्र ४, बिहिबार

    निषेधाज्ञा पालना नगर्नेहरु होल्डमा, होल्ड सवारी बेलुका ८ बजेपछि मात्र दिइने

    काठमाडौँ – कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले गएरातिबाट सुरु हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएपछि उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन् । निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् । सुरक्षाकर्मीहरु प्रत्येक चोक र गल्लीहरुमा परिचालन भएका छन । प्रशासनले निषेधाज्ञा पालना...

  • २०७७ भाद्र ४, बिहिबार

    कोरोनाको कारणले सन्चार क्षेत्रमा पारेको प्रभाव र समाधानबारे अन्तरक्रिया

    नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना मा काेभिड- १९ को जाेखिम, सञ्चार गृह र सञ्चारकर्मिमा परेको प्रभाव न्यूनीकरणको उपाय विषयक अनलाइन अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । दबूका केन्द्रिय अध्यक्ष सुरजबीर बज्राचार्यको सभापतित्वमा भएको सो अनलाइन सम्मेलनको सहजीकरण दबुका सचिव के के मानन्धरले गर्नु भएको सो कार्यक्रममा दबुका महा सचिव सुनिल महर्जनले स्वागत मन्तव्य राख्दै सम्मेलनको उद्देश्यमाथि प्रकाश...

  • २०७७ भाद्र २, मंगलबार

    भोलि मध्यरातदेखि उपत्यकामा एक साता निषेधाज्ञा

    काठमाडौं – कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाबाहेक अरु सेवाहरु...

  • २०७७ श्रावण ३२, आइतबार

    भदौ १ देखि कीर्तिपुर लकडाउन

    ललेन्द्र शाक्य कोरोना भाइरसको जोखिम बढ्दै गएपछि भदौ १ गतेदेखि ९ गतेसम्म कीर्तिपुर नगरपालिका लकडाउन हुने भएको छ । कीर्तिपुर नगरपालिका जनचेतना र लकडाउन सुशासन अनुगमन समितिको संयोजनमा आइतबार बसेको आकस्मिक बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना भाइरस कोभिड १९ को संक्रमण न्यूनीकरण र नियन्त्रण गर्न भदौ ९ गतेसम्म सार्वजनिक यातायात समेत बन्द गरिने निर्णय सो बैठकले गरेको छ । लकडाउनको अवधिमा औषधि...

  • २०७७ श्रावण ३२, आइतबार

    मध्यपुर थिमीमा भदौ ९ सम्म लकडाउन

    काठमाडौं – कोरोना जाेखिम बढेसँगै मध्यपुर थिमी नगरपालिकाले पनि लकडाउन जारी गरेकाे छ। आजबाट भदौ ९ गतेसम्मका लागि लकडाउन लागु गरिएकाे नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन्ल ।  समुदायस्तरमा कोरोना फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो ।  नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । लकडाउनपछि पसल, व्यवसाय ठप्प भएको छ । अत्यावश्यक सामान...

  • २०७७ श्रावण ३१, शनिबार

    बूढानीलकण्ठमा पाँचभन्दा बढी भेला हुन प्रतिबन्ध

    बूढानीलकण्ठ – बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । केही समयदेखि वडामा कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको जनाउँदै यही साउन २९ गते बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्र कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको हो । त्यस्तै वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्यान्डबल ग्राउण्ड एरिया, बालुवाखानी चोक, रुद्रमती चोक र फ्रेन्डसिप...

  • २०७७ श्रावण ३१, शनिबार

    नेपाल कोरिया अस्पतालका कर्मचारीमा स‌ंक्रमण • आईसीयू, ओपीडी सेवा बन्द

    काठमाडाैं – नेपाल कोरिया मैत्री अस्पतालका ३ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आईसीयू, ओपीडी लगायत सेवा बन्द भएका छन् । मध्यपुर थिमिकाे साे अस्पतालमा कार्यरत नर्स र कर्मचारीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । अस्पताल प्रशासनले तत्कालकाे लागि अस्पातालको आईसीयू, ओपीडी लगायत सेवा बन्द गर्ने निर्णय गरेको हो । संक्रमित चारै जनालाई अस्पतालमै आइसोलेसन गरेको जनाएको छ ।...

  • २०७७ श्रावण ३१, शनिबार

    सानेपामा विपन्नका लागि ‘अक्सिजन बैंक’

    काठमाडौँ – आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समपर्णले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैंक’ स्थापना गरेको हो । स्थापना गरिएको बैंकको आज लाइन्स क्लब वी वानका ड्रिष्टिक...

  • २०७७ श्रावण ३०, शुक्रबार

    ईन्द्रचोकदेखि जुद्धशालिकसम्मका पसलहरु एक साता बन्द हुने

    काठमाडौं – काठमाडौं महानगरपालिका २४ वडाले काठमाडौंको जुद्धशालिकदेखि ईन्द्रचोकसम्मका पसलहरु एक हप्ताको लागि बन्द गर्न अनुरोध गरेको छ । कामपा २४ वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बिहीबार एक सुचना प्रकाशित गरी सो क्षेत्रमा एक साताको लागि पसलहरु बन्द गर्न अनुरोध गरेका छन् । सो क्षेत्रमा कोरोना संक्रमित भेटिएकाले जोखिम नियन्त्रणको लागि पसलहरु बन्द गर्न अनुरोध गरिएको वडाध्यक्ष श्रेष्ठले जनाएका छन् । सो...

  • २०७७ श्रावण ३०, शुक्रबार

    जोखिम नियन्त्रणको लागि कीर्तिपुरका पसलहरु बन्द गरियाे

    काठमाडौं – कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि कीर्तिपुरभित्रका व्यापार, व्यवसाय पनि बन्द भएका छन् । कीर्तिपुर नगरपालिकाया पदाधिकारी, जनप्रतिनिधि एवं सुरक्षा निकायद्वारा बिहीबार संयुक्त रुपमा बजारको अनुगमन गरी खोलिएका रेष्टुरेन्ट, चियापसल एवं ठूला किरानापसलहरु बन्द गराएका थिए । कीर्तिपुर अस्पलतामा कोरोना भाइरसबाट संक्रमित भेटिएपछि व्यवसायहरु बन्द गर्न लगाएका हुन् । संक्रमण नियन्त्रणको लागि...

  • २०७७ श्रावण ३०, शुक्रबार

    विष्णुमती किनारमा बनिरहेकाे फिल्टर प्लान्टकाे सूचना माग्दै स्थानीयवासी

    काठमाडौँ – राजधानीको मध्यभागमा रहेको विष्णुमती किनारमा उपभोक्ता समितिमार्फत निर्माण भइरहेको ‘फिल्टर प्लान्ट’ आयोजनाले सूचना पाटी नराखेपछि स्थानीयवासी सूचना माग्न सम्बन्धित कार्यालय पुगेका छन् । राजधानीको मुटुमै अपारदर्शीरुपमा योजना सञ्चालन भइरहेको र त्यससम्बन्धी जानकारी स्थानीयवासी एवं वडा कार्यालयलाई समेत नभएको समाचार राससमार्फत यही साउन २१ गते सार्वजनिक भएको थियो । काठमाडौँ महानगरपालिका–१९...

  • २०७७ श्रावण ३०, शुक्रबार

    शिक्षण अस्पतालका थप ४ स्वास्थ्यकर्मीमा संक्रमण

    काठमाडौं – शिक्षण अस्पताल महाराजगञ्जका थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । योसँगै शिक्षण अस्पतालमा २२ जनालाई कोरोना पुष्टि भएको छ। संक्रमण बढेसँगै अस्पतालकाे इमर्जेन्सी वार्ड सिल गरिएकाे छ । गत बुधबार इमर्जेन्सी वार्डमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरूको सम्पर्कमा आएका लगभग १ सय स्वास्थ्यकर्मीको स्वाब संकलनका लागि पठाइएको थियो। तीमध्ये थप ४ जनामा...

Pages