उपत्यका
-
२०७७ श्रावण २४, शनिबार
पीसीआर भनेको औषधी होइन : कामनपा मेयर शाक्य
विजयरत्न असंबरे • कोरोना संक्रमण बढिरहेको याे अवस्थामा हामी आफै सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना नियन्त्रण गर्न नसकिने कुरा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनु भएको छ । काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुुहुँदै उहाँले यस्ताे बताउनु भएको हाे । अहिले कोरोना फैलिएकोले पीसीआर परीक्षण व्यापक गर्नुपर्यो भनी आवाज उठिरहेकोमा पनि...
-
२०७७ श्रावण २४, शनिबार
कोरोनाले पारेको प्रभावबारे ललितपुरमा बृहत चिन्तन्
विजयरत्न असंबरे• विश्वव्यापि महामारीको रुपमा फैलिरहेको कोरोनाले काठमाण्डौं उपत्यकामा पारेको प्रभावबारे ललिपुरको मङ्गलबजारमा आयोजित एक कार्यक्रममा बृहत चिन्तन मनन् गरिएको छ । नेवाः ग्वाहालि पुचः हःखाःको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख वक्ता सामाजिक अभियन्ता एवं विकासविज्ञ अनिल चित्रकारले मानिसहरुले प्रकृतिमाथि गरेको अतिक्रमणको परिणाम स्वरुप विभिन्न भाइरसको प्रकोप बढेको औंल्याउनु भएको थियो...
-
२०७७ श्रावण २४, शनिबार
काठमाडाैंकाे हाडिगाउँ क्षेत्र सिल
काठमाडौं – काठमाडाैंकाे हाडिगाउँ क्षेत्र सिल गरिएकाे छ । पुरानाे नेवार बस्ती हाडिगाउँकाे काेताल क्षेत्रमा ८ जना काेराेना संक्रमित भेटिएपछि साे क्षेत्र सिल गरिएकाे जनाइएकाे छ । काठमाडाैं महानगरपालिका ५ वडामा पर्ने साे टाेलमा नेपाल प्रहरीका संक्रमितका परिवार रहेका छन् । संक्रमितकै कारण स्थानीय घरधनीहरुमा पनि संक्रमण देखिएकाे जनाइएकाे छ ।
-
२०७७ श्रावण २३, शुक्रबार
बागलुङमा नेवार समुदायका जात्रा स्थगन
बागलुङ– कोरोना सङ्क्रमणको जोखिम हुन नदिन यहाँको नेवार समुदायमा प्रचलित जात्रा र नाचहरु स्थगन गरिएको छ । भदौरे जात्राअन्तर्गतका सबै नाच यस वर्ष नदेखाउने निर्णय भएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले जानकारी दिनुभयो । “समाजको बैठक बसेर यस वर्ष जात्रा र नाच ननिकाल्ने निर्णय गर्र्यौँ”, उहाँले भन्नुभयो, “कोरोना महामारीका कारण उत्पन्न विषम स्थितिका कारण जात्रा रोक्नुपर्यो ।” नेवार...
-
२०७७ श्रावण २३, शुक्रबार
विद्यालय सञ्चालन तयारी अन्योलमा
काठमाडौँ – राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी गरे पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अभिभावक बालबालिकालाई विद्यालय पठाउने नपठाउने द्विविधामा छन् । कागेश्वरी मनोहरा नगरपालिकाले साउन १ गतेदेखि नै नगर क्षेत्रका शैक्षिक संस्था खोल्ने तयारी गरेको थियो । यसका लागि असार १५ गतेदेखि विद्यार्थी भर्ना आह्वान गरेको थियो । साउनदेखि विद्यालय चलाउने वातावरण...
-
२०७७ श्रावण २३, शुक्रबार
सङ्क्रमित बढ्न थालेपछि कोभिड–१९ अस्पतालमा शय्याको अभाव
काठमाडौँ – उपत्यकामा दिनहुँ कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या बढेपछि कोभिड–१९ तोकिएका (डेडिकेटेड) अस्पतालमा चाप बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा सङ्क्रमितको भर्ना हुने सङ्ख्या बढिरहेको छ । बिहीबार मात्र उपत्यकामा ८७ जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म उपत्यकामा करिब ७०० मा सङ्क्रमण देखिएको छ । अस्पतालमा...
-
२०७७ श्रावण २३, शुक्रबार
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवाबारे अन्योल
काठमाडौँ – दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवालाई कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लाग्न सकेको छैन । यातायात व्यवस्था ऐनमा नसमेटिएको यो सेवालाई न त कुनै व्यवस्थामा समेटिएको छ न त कारवाहीको दायरामा नै ल्याइएको छ । संशोधनका क्रममा रहेको सवारी तथा यातायात व्यवस्था ऐनमा सो व्यवस्था समेट्ने गरी छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले...
-
२०७७ श्रावण २३, शुक्रबार
‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त अमूर्त)’ सार्वजनिक
काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले अनुसन्धान ग्रन्थ ‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त अमूर्त)’ नामक कृति सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय संस्कृति विभागले अध्ययन अनुसन्धान गरी तयार पारेको पुस्तक आज पशुपतिमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले सार्वजनिक गर्नुभएको हो । पशुपति क्षेत्रको गुरुयोजना बनाउने क्रममा विभागले गरेको...
-
२०७७ श्रावण २२, बिहिबार
कीर्तिपुर प्रहरी वृत्तको बोर्डमा रञ्जना लिपि
काठमाडौं – जनैपूर्णिमा र रक्षाबन्धनको अवसरमा महानगरी प्रहरी वृत्त कीर्तिपुर कार्यालयमा रञ्जना लिपि समावेश बोर्ड राखिएको छ । कीर्तिपुर महानगरीय प्रहरी वृत्तमा प्रमुखको रुपमा डिएसपी रुकेश तण्डुकार आएपछि नेपालको मौलिक लिपि रञ्जना लिपि समावेश भएको बोर्ड राखिएको हो । नेपालको परिचय र गौरव बोकेको रञ्जना लिपिको प्रयोग गरिएकोमा तण्डुकारले स्थानीयको शुभकामना पाइरहेका छन् । सन् १९४९ जुलाई २२ मा नेपालले...
-
२०७७ श्रावण २२, बिहिबार
विवाद सल्टन बाँकी विष्णुमती पुल : न भत्काइयाे न नयाँ संचालनमै ल्याइयाे
काठमाडौँ – निर्माण सम्पन्न भइसकेर पनि टेकुस्थित विष्णुमती पुल सञ्चालनमा आउन सकेको छैन । पुल निर्माणमा रहेका प्राविधिक त्रुटिका कारण डिभिजन सडक कार्यालयले बन्द गरेर आवतजावतमा रोक लगाएको छ । काठमाडौँ दिगो शहरी यातायात आयोजनाअन्तर्गत पुलको निर्माण एशियाली विकास बैंकको ऋण सहयोगमा भएको थियो । विसं २०७१ असारमा पप्पु कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । पुलमा प्रयोग गरिएका कतिपय निर्माण सामग्री...
-
२०७७ श्रावण २२, बिहिबार
घरजग्गा सम्बन्धि सबै कार्य सहज बनाउन कीर्तिपुर नगरपालिकाबाट भू-सेवा केन्द्र सञ्चालन हुने
विजयरत्न असंबरे विभिन्न लेखापढी वा लेखन्दासहरूकहाँ पुगेर भू सेवा सम्बन्धि काम गर्न सेवाग्राहीहरू पुग्नु पर्ने बाध्यता रहँदै आएको थियो भने अबदेखि लेखापढी कहाँ जान नपर्ने गरी किर्तिपुर नगरपालिकाले त्यस्ता सबै कार्यहरु कीर्तिपुर नगरपालिकामा अब भू-सेवा केन्द्र स्थापना भई सञ्चालन हुने भएको छ । यस सम्बन्धी अनुमति पत्र हिजो साउन २१ गते बुद्दबारका दिन मालपोत अधिकृत कलंकीका प्रमुख श्री टेकराज अर्यालले...
-
२०७७ श्रावण २१, बुधबार
थिमिकाे नीलबाराही नाच यस वर्ष राति मात्र नचाइने
भक्तपुर – मध्यपुरथिमि नगरपालिका वडा नं ८ र ९ बोडेमा तीनदिन र चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन गरिने भएको छ । दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच आज राति करिब १०ः बजेदेखि शुरु हुने भएको छ । कोरोना भाइरस सङ्क्रमण रोक्न वडा नं ८ र ९ का वडाध्यक्षसहितको बैठकले नाचलाई यस वर्ष राति मात्रै सञ्चालन गर्ने निर्णय गरेको...


