STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८१ आषाढ २७, बिहिबार

    भद्रकाली मन्दिरका सत्तल पुनःनिर्माण गरिँदै

    राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनःनिर्माण गर्न लागिएको हो । सत्तलको दक्षिणी भागको एउटा भवनबाट पुनःनिर्माण सुरु गर्ने गरी आज काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गर्नुभयो । तीन वर्षमा रु ३४ करोड ७० लाखको लागतमा निर्माण...

  • २०८१ आषाढ २५, मंगलबार

    काठमाडौं महानगरको नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित

    काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। मंगलबार बसेको नगर सभाको बैठकले गामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो।  नीति तथा कार्यक्रमसँगै महानगरको बजेट पनि सर्वसम्मत पारित भएको छ।  वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै नीति तथा कार्यक्रम र बजेट पारित भएको हो। 

  • २०८१ आषाढ २४, सोमबार

    ऐतिहासिक धारा पुनःनिर्माण

      ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा (जरुँहिटी) उत्खनन गरेको छ । यसक्रममा महानगरले सो स्थानमा उद्यान निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएको धारालाई पुन निर्माण गरेर सञ्चालनमा समेत ल्याएको छ । महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत रुपमा सो धारा पुनःनिर्माण गरिएको हो । उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिनुभयो...

  • २०८१ आषाढ २२, शनिबार

    हनुमन्ते खोलाले आफ्नो क्षेत्र ओगटेपछि बस्ती पस्यो

    भक्तपुर - लगातारको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलाले आफ्नो क्षेत्र लिएपछि बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ । भारी वर्षाका कारण हरेक वर्ष...

  • २०८१ आषाढ २२, शनिबार

    वाग्मती नदी टेकु दोभानसम्म उर्लियो

    काठमाडौँ - काठमाडौँको टेकु दोभान डुबानमा परेको छ । अविरल वर्षासँगै नदी उर्लिएर आएपछि बाढी आवास क्षेत्रमा प्रवेश गरेको हो । शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौँ उपत्यका भएर बग्ने नदी र खोलामा बाढी आएको छ । बाढीका कारण उपत्यकाका धेरै क्षेत्रहरू डुबानमा परेका छन् ।

  • २०८१ आषाढ १५, शनिबार

    ललितपुरको नक्खुखोलामा पक्की पुल निर्माण

      ललितपुर महानगरले आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने नक्खु खोलामा सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण गरेको छ । पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै निर्धारित समयभन्दा पाँच महिनाअघि नै समाप्त भएको बताउनुभयो ।...

  • २०८१ आषाढ १०, सोमबार

    बालेनप्रति नगरसभा सदस्यहरूद्वारा कटाक्ष

    काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति नगरसभा सदस्यहरुले कटाक्ष गरेका छन्।  महानगरको जारी १५औँ नगरसभा अन्तर्गत सोमबारको बैठकमा नगरसभा सदस्य (कार्यपालिका सदस्य)हरुले कटाक्ष गरेका हुन्।  नगरसभा सदस्य अनिता कार्की ढोलीले मेयर बालेनले केही समय अघि सिंहदरबार जलाउँछु भनेको विषयलाई लिएर आक्रोश व्यक्त गरिन्। उनले आफ्नो व्यक्तिगत रिसइबीले सिंहदरबार जलाउँछु भन्दा सरकारले...

  • २०८१ आषाढ १०, सोमबार

    ढुङ्गेधारा छ, पानी छैन

    भक्तपुरको लोकन्थलीकी राजमाया हेक्कालाई ढुङ्गेधारामा कलकल बगेको पानी अँजुलीमा थापेर खाएको सम्झँदा अहिले सपनाजस्तै लाग्छ । उमेरले ७५ नाघेकी राजमाया भन्नुहुन्छ, “धारामा चौबिसै घण्टा सफा पानी आउँथ्यो । धारामै थापेर पिउँथ्यौँ । अहिले त त्यस्ता ढुङ्गेधारा नै छैनन्, भएकामा पनि पानी झर्दैन । त्यसैले यो विगत सम्झँदा अहिलेको पुस्ताले त एकादेशको कथा जस्तै भन्न थालिसकेको छ ।” त्यसो त पहिला पहिला अहिलेजस्तो...

  • २०८१ आषाढ ९, आइतबार

    नदी सफाइ गर्दै काठमाडौँ महानगर

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले  अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन् ।  सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । उक्त समूहले अन्य नदीमाभन्दा इच्छुमतीमा बढी फोहर...

  • २०८१ आषाढ ९, आइतबार

    तारकेश्वर नगरपालिकाले तेस्रोलिङ्गीलाई मासिक प्रोत्साहन भत्ता दिने

    काठमाडौं - काठमाडौंको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरुपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई मासिक रु. पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ ।  तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरुप आर्थिक वर्ष २०८१/८२ देखि मासिक रु। पाँच हजार प्रदान गर्न लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संविधानले गरेको परिकल्पनाअनुसार तेस्रोलिङ्गी समुदायलाई...

  • २०८१ आषाढ ६, बिहिबार

    ललितपुर महानगरको नीति : जनताको कर, जनतालाई खबर

    काठमाडौं- ललितपुर महानगरपालिकाले ‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै कर संस्कृति सबलीकरण गर्ने नीति लिएको छ।  महानगरपालिकाको पाँचौं नगरसभा बैठकमा बुधबार आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले कर असुली प्रक्रियालाई थप सहज र पहुँचयोग्य बनाउन विद्युतीय राजस्व प्रणालीलाई स्तरोन्नति गरिने बताइन्। यसका लागि महानगरले नगरवासीबाट...

  • २०८१ आषाढ ५, बुधबार

    ‘संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव छ’

      संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव भएको बताउनुभएको छ । आज काठमाडौँमा सांस्कृतिक संस्थानको ५२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले समाजमा जागरणको सशक्त माध्यमका रूपमा रहेको संस्कृतिलाई पर्यटनसँग जोड्नसके समृद्धिमा योगदान पुग्ने बताउनुभयो । मन्त्री तामाङले संस्कृतिका माध्यमबाट सामाजिक रूपान्तरणका लागि जागरण अभियान र...

Pages