STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८१ श्रावण २७, आइतबार

    सहकारी पीडित स्थापितको उपचार नपाएर मृत्यु, राजधानीमा प्रदर्शनी

    काठमाडौं - सहकारी पीडितहरूले शवको बाकस बोकेर राजधानीमा प्रदर्शन गरेका छन्। सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको हो । स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् ।  निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने...

  • २०८१ श्रावण २७, आइतबार

    भारतीय विदेश सचिवद्वारा नेपालभाषा परिषद्को भवन उद्घाटन

    काठमाडौं - दुईदिने नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौंस्थित नेपालभाषा परिषद्को नयाँ भवनको उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र भारतीय विदेश सचिव मिश्रीले आइतबार संयुक्त रूपमा उक्त भवनको उद्घाटन गरेका हुन् । भारतले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत नेपालभाषा परिषद्को नयाँ भवन निर्माण गरिएको काठमाडौंस्थित भारतीय...

  • २०८१ श्रावण २५, शुक्रबार

    काठमाडौँ प्लाजा नजिकको सडकमा भ्वाङ

    काठमाडौँ - राजधानीको काठमाडौँ प्लाजा नजिकको सडक भासिएका कारण सडक अवरुद्ध भएको छ । काठमाडौँ महानगरपालिका कार्यालय नजिकै रहेको सडकमा भ्वाङ परेपछि रातिदेखि सडक अवरुद्ध भएको हो ।  दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । सडक भासिएको स्थानमा टुकुचा खोला पर्दछ । 

  • २०८१ श्रावण २२, मंगलबार

    वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित

    गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ । सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छभने नेपाली कांग्रेस र नेपाल...

  • २०८१ श्रावण २१, सोमबार

    स्वयम्भूमा एक महिनासम्म लाग्ने गुँला पर्व सुरु

    नेवार समुदायले मनाउने गुँला पर्व बिहीबारबाट सुरु भएको छ ।साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रमा गर्ने गरिन्छ ।यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन्।नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ।बौद्ध धर्मावलम्बीहरु बिहान सबेरै...

  • २०८१ श्रावण २१, सोमबार

    गुणिला अर्थात् ‘गुंलापर्व’ आजदेखि सुरु

    काठमाडौँ - एक महिनासम्म मनाइने ‘गुंलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत‌्को गुंलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ । "गुणिला" वा राम्रोबाट आएको ‘गुं’ र ‘ला’ को अर्थ ‘महिना’ वा धर्मकर्म गर्न राम्रो महिनाको रूपमा गुंला भनिएको हो । गोपालराजवंशावलीमा समेत यश महिनालाई 'गुणिला' लेखिएको पाइन्छ । यस महिना बजाइने बाजा विशेषलाई "गुंला...

  • २०८१ श्रावण २०, आइतबार

    ‘उपचार गर्न काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य’

    बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरवासी जनताले अब उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ । नेकपा एमाले सूर्यविनायक नगरपालिका–७ वडा कमिटीले आज गुण्डूमा आयोजना गरेको सम्मान र विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भमा बोल्दै उहाँले सहज उपचारको व्यवस्था गर्ने बताउनुभएको हो । “क्यान्सर पीडितलाई एकलाख रुपैयाँ अनुदान दिने मन्त्रीपरिषद्को पहिलो...

  • २०८१ श्रावण २०, आइतबार

    सोमबारदेखि स्वयम्भूमा एकमहिने मेला

    स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले...

  • २०८१ श्रावण २०, आइतबार

    आज रातो मच्छिन्द्रनाथको भोटोजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौँ -  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले  जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो...

  • २०८१ श्रावण १७, बिहिबार

    बुंगःद्यः (रातो मच्छिन्द्रनाथ)को रथलाई जावलाखेल पुर्‍याइयो

      ललितपुर - वर्षा र सहकालका देवताका रूपमा पूजिने बुंगःद्यः- रातो मछिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइएको छ। ललितपुर महानगरपालिकास्थित पुल्चोकका स्थानीयवाबासीसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँबासीले संयुक्तरूपमा रथलाई तानेर जावलाखेल पुर्‍याएका हुन्। सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन्। परम्परागत बाजा, झाँकीसहित रातो मछिन्द्रनाथको रथ...

  • २०८१ श्रावण १७, बिहिबार

    रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पु¥याइँदै

    पाटन, वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पु¥याइने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले दिनुभएको जानकारी अनुसार ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा  रथलाई तानेर आज जावलाखेल पु¥याइनेछ ।  सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र...

  • २०८१ श्रावण १६, बुधबार

    ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प

      गए राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् । ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ । “डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौँ, बाढीको चपेटामा परेका...

Pages