खेलकुद
-
२०८१ श्रावण ११, शुक्रबार
पेरिसमा ओलम्पिक आजदेखि सुरु
काठमाडौं - फ्रान्सको पेरिसमा आयोजित ओलम्पिक–२०२४ आजदेखि आधिकारिक रूपमा सुरु हुँदै छ । प्रतियोगिताअन्तर्गत पुरुष फुटबल जुलाई २४ देखि सञ्चालन गरिएको थियो । महिला फुटबल जुलाई २५ देखि सुरु गरिएको थियो । प्रतियोगितामा विश्वभरका कुल २०६ देशको सहभागिता छ । आप्रवासी ओलम्पिक टिम समेत समावेश छन् । प्रतियोगितामा ३२ खेलका ३२९ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । त्यसमा विश्वभरका कुल १० हजार ७१४ खेलाडीको सहभागिता छ...
-
२०८१ श्रावण ६, आइतबार
एसिसी महिला एसिया कपमा नेपाल पाकिस्तानसंग पराजित
काठमाडौं - एसिसी महिला एसिया कप अन्र्तगत नेपाल पाकिस्तानसंग पराजित भएको छ । श्रीलंकामा आइतबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसंग ९ विकेटबाट पराजित भएको हो।टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ११ दशमलब ५ओभरमा १ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । पाकिस्तानका लागि सबैभन्दा वढि गुल फिरोजाले ३५ बलमा १० चौक्कासंगै ५७ रन...
-
२०८१ श्रावण ४, शुक्रबार
एईमाथि नेपालको सहज जित
काठमाडौँ -श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराएको हो । टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन...
-
२०८१ आषाढ ३१, सोमबार
स्पेन युरो कप २०२४ विजेता
जर्मनीमा जारी युरो कप २०२४ फुटबल प्रतियोगितामा स्पेनले इङ्ल्यान्डलाई २-१ ले हराउँदै विजेता बनेको छ । आइतबार जर्मनीको बर्लीनमा सम्पन्न फाइनलमा स्पेनले इङ्ल्यान्डलाई निर्धारित ९० मिनेटमा २-१ ले हराएको थियोे । मध्यान्तर सकिएको २ मिनेटमै स्पेनका निको विलियम्सको गोलबाट अग्रता लिएका थिए । इंगल्यान्डका कोल पामरले ७३ मिनेटमा बराबरी गोल गरे तापनि स्पेनका मिकेल ओयारजावेलले ८६ अाैं मिनेटमा गोल गरि स्पेनलाई...
-
२०८१ आषाढ ६, बिहिबार
विश्वकपमा नेपालका लागि ‘नाइट गेम’ र ‘पीच’ बाधक : कप्तान रोहित
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पीच असहज भएको बताएका छन्। नवौं संस्करणको टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ब्याटिङका लागि पीच असहज भएको र आफूहरुलाई ‘नाइट गेम’ खेल्ने बानी नपरेको अनुभव बाँडेका हुन्। उनले भने, ‘पहिलो गेममा पनि त्यतिकै कन्फिडेन्स नै थियो। हामीमा एक्सपेरियन्स...
-
२०८१ आषाढ ३, सोमबार
अन्तिम खेलमा पनि चुक्यो नेपाल, बंगलादेशसँग २१ रनले पराजित
काठमाडौँ - टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । टी–२० विश्वकपमा कुनै पनि टोलीले रक्षा गरेको यो सबैभन्दा न्यून लक्ष्य थियो । नेपालको इनिङ्स ध्वस्त बनाउन तान्जिम हसन साकिबले ४ विकेट लिए । ४ ओभरमा २ मेडेन राख्दै उनले ७ रन मात्र खर्चिए...
-
२०८१ आषाढ १, शनिबार
टी–२० विश्वकप : इतिहास रच्न एक रनले पछिपरे
काठमाडौँ - टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै इतिहास रच्नबाट चुकेको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे ।...
-
२०८१ जेठ ३१, बिहिबार
‘प्रथम कीर्तिपुर वडा १० कप’ ब्याडमिन्टन प्रतियोगिता २०८१ असार २ गतेदेखि
कीर्तिपुर/“स्वास्थ्य र मित्रताको लागि खेलकुद” श्लोगान गुञ्जायमान गर्दै ‘प्रथम कीर्तिपुर वडा १० कप’ ब्याडमिन्ट प्रतियोगिता २०८१ हुने भएको छ । कीर्तिपुर नगरपालिका १० वडाको आयोजनामा तथा कीर्तिपुर १० वडा खेलकुद उसमितिया प्रायोजनमा हुनलागेको उक्त ब्याडमिन्टन प्रतियोगिता यही आउँदो असार २ गतेदेखि ८ गतेसम्म हुने जानकारी आयोजक कीर्तिपुर १० वडाले दिएको छ । कीर्तिपुरको १० वडा जिफागःस्थित ब्याडमिन्टन...
-
२०८१ जेठ ३०, बुधबार
टी-२० विश्वकप : वर्षाको कारण नेपाल-श्रीलंकाको खेल रद्द
आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् । मंगलबार रातिदेखि लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकेर खेल रद्द भएको हो । नेपाल र श्रीलंकाका दुवै खेलाडीले समर्थकलाई धन्यवाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थिति थियो । आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजर्भ डे राखिएको छ । त्यसैले...
-
२०८१ जेठ २८, सोमबार
सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल खेल्ने
काठमाडौं - क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ मा सहभागी हुने भएका छन् । सन्दीप वेस्ट इन्डिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेस गरेको क्यानले विज्ञप्ति जारी गर्दै...
-
२०८१ जेठ २८, सोमबार
विश्वकप क्रिकेट स् भारतद्वारा पाकिस्तान पराजित
भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । विश्वकपको पहिलो खेलमा भारतले आयरल्यान्डलाई पराजित गरेको थियो । अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा भारतले दिएको एक सय सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १३ रनमा समेटियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१...
-
२०८१ जेठ २७, आइतबार
यी स्टार फुटबलरले युरोकप गुमाउने
काठमाडौं- यही जुन १४ बाट युरोप फुटबलको महाकुम्भ युरोकप सुरु हुँदैछ। जर्मनीमा हुने युरोकप-२०२४ मा युरोपका २४ देशले भाग लिँदै छन्। युरोकप आउन अब एक सातामात्र बाँकी रहँदा धेरै उच्च प्रोफाइल फुटबलरले यस पटकको युरोकप गुमाउने भएका छन्। केही खेलाडीहरू चोट र निलम्बनका कारण तथा केही खेलाडीहरू राष्ट्रिय टिममा छनौट हुन नसकेका कारण युरोकपमा नदेखिने भएका हुन्। मिनी विश्वकप भनिने युरोकप गुमाउने सबै भन्दा ठुलो...


