STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०७६ मङ्सिर १८, बुधबार

    खो खोमा नेपाललाई रजत

    तेस्रो पटक नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद सागnअन्तर्गत आज भएको खो खोमा नेपालको महिला टोलीले रजत पदक जितेको छ । कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनल खेलमा भारतसँग नेपाल १७–५ ले पराजित हँुदै रजत पदक जितेको हो । नेपाल पहिलो इनिङमा १६–३ ले पछि परेको थियो । महिला खो खोमा नेपालले जितेको सबैभन्दा ठूलो पदक नै यही हो । लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा नेपाल समूह एको...

  • २०७६ मङ्सिर १७, मंगलबार

    १३औँ साग महिला फुटबलमा नेपालको विजयी शुरुआत

    १३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले विजय शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको हो । नेपालले पूरा समय श्रीलङ्कालाई दबाबमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो । नेपालका लागि सरु लिम्बूले ८८ आँै मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको १५औँ...

  • २०७६ मङ्सिर १७, मंगलबार

    उसुमा नेपाललाई दुई स्वर्ण

    तेह्रौँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत आजदेखि शुरु भएको उसु खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा नेपालका विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण पदक जित्नुभएको हो । पुरुषमा विजयले ९।४८ अङ्क जोड्दै स्वर्ण पदक जित्नुभएको हो । उहाँले बङ्गलादेश र श्रीलङ्काका खेलाडीलाई पछि पार्नुभएको थियो । रजत पदक जितेको बङ्गलादेशले ९।३४अङ्क ल्याएको थियो भने...

  • २०७६ मङ्सिर १७, मंगलबार

    एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक पदक

    राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले आज स्वर्णपदक हात पार्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको खेलमा सन्तोषीले ३५ मिनेट ०७।९४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक हात पार्नुभएको हो । उहाँले भारतकी कविता यादवलाई ०।०१ सेकेण्डलेपछि पार्दै नेपाललाई एथ्लेटिक्समा पहिलो स्वर्ण दिलाउनुभयो । भारतकी कविताले...

  • २०७६ मङ्सिर १६, सोमबार

    बिडिसिए कपः उपाधि एनसिसीलाई

    बिडिसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १९ औँ संस्करणको उपाधि निङ्ग्लाशैनी क्रिकेट क्लब एनसिसीले हात पारेको छ । उपाधि भिडन्तमा एनसिसीले पञ्चकोटी युवा क्लबलाई १२९ रनले पराजित गरेको हो । निङ्ग्लाशैनी खेल मैदानमा सम्पन्न फाइनल खेलमा एनसिसीले दिएको २१३ रनको विशाल लक्ष्य पन्छाएको पञ्चकोटी १६ दशमलव ४ ओभरमा ८३ रनमा सीमित रह्यो । जसमा किसन बुडालले १४ र आशिष बुडालले ११ रन बनाउनुबाहेक अन्य दोहोरो...

  • २०७६ मङ्सिर १६, सोमबार

    तेह्रौँ साग नेपाललाई पहिलो स्वर्ण पदक श्रेष्ठलाई

    नेपालका मण्डेकाजी श्रेष्ठले १३औँ दक्षिण एशियाली खेलकूद साग मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाउनुभएको छ । सातदोबाटोस्थित कराँते हलमा आज भएको कराँतेको व्यक्तिगत पुरुष एकल कातामा श्रेष्ठले नेपाललाई स्वर्णपदक दिलाउनुभएको हो । उहाँले पाकिस्तानका खेलाडी निएमातुल्हालाई पराजित गर्दै स्वर्ण पदक हात पार्नुभएको हो । श्रेष्ठले २५।७२ अङ्क जोड्नुभयो । यता रजत पदक हात पार्नुभएका पाकिस्तानका खेलाडीले २४।९२ अङ्क...

  • २०७६ मङ्सिर १६, सोमबार

    तेह्रौँ साग स् ट्रायथोलनमा नेपाललाई स्वर्ण पदक

    नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत पोखरामा आज सञ्चालन भएको ट्रायथोलन खेलमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । पोखराको फेवाताल किनारस्थित गौरीघाटमा सञ्चालन भएको प्रतियोगिताको महिला इभेन्टतर्फको फेवातालमा ७५० मिटर पौडी तथा २० किमी साइकल र पाँच किमी दौड एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा पूरा गरी सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । नेपालसहित भारत र श्रीलङ्का गरी तीन...

  • २०७६ मङ्सिर १६, सोमबार

    तेह्रौँ साग महिला टिम कातामा नेपाललाई स्वर्ण पदक

    तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता साग अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ । सातदोबाटोस्थित कराँते हलमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । नेपाले २४।८८ अङक ल्याउँदा रजत जितेको पाकिस्तानले २३।३ अङ्क प्राप्त ग¥यो । नेपाली टिममा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की हुनुहुन्थ्यो । समूह चरणको खेलमा नेपालले २४।७४,...

  • २०७६ मङ्सिर १५, आइतबार

    तेह्रैँ साग जित्ने मनोबलसँगै महिला फुटबल टोलीको ‘ओपनिङ टच’

    पोखरा रङ्गशाला फुटबल मैदानमा महिला फुुटबल टोलीले आज ‘ओपनिङ टच’ गरेको छ । १३औँ साग अन्तर्गतको महिला फुटबल प्रतियोगिता यही मङ्सिर १७ देखि हुँदैछ । फुटबल मैदानको काम केही बाँकी भए पनि प्यारापिट लगायतका काम शनिबार सकिएको थियो । मैदान बाहिरको सिन्थेटिक एथ्लेटिक ट्रयाक वरिपरि काम भइरहेको छ । माछापुच्छ«े हिमालको काखमा सिङ्गारिएको नवनिर्मित फुटबल मैदानमा नेपाली महिला फुटबल टोलीले ‘ओपनिङ टच’ गरेका हुन्...

  • २०७६ मङ्सिर १५, आइतबार

    साग ः खोखोमा नेपालको जित

    तेह्रौँ दक्षिण एशियाली खेलकूद सागअन्तर्गत आज भएको खोखोको पुरुषतर्फको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले बङ्गलादेशलाई २१–१९ अङ्कले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको हो । जितसँगै नेपालले तीन अङ्क जोडेको छ । खोखोमा नेपालले पहिलोपटक बङ्गलादेशलाई पराजित गरेको हो । पहिलो इनिङको पहिलो टर्नमा चेन्जिङ गरेको नेपालले १२ अङ्क जोड्दा दोस्रो टर्नमा...

  • २०७६ मङ्सिर १४, शनिबार

    १३औँ साग आर्चरीमा तीन स्वर्ण जित्ने लक्ष्य

    यही मङ्सिर १५ गतेदेखि शुरु हुने १३औँ दक्षिण एशियाली खेलकूद सागको धनुकाँण आर्चरीमा कम्तीमा तीन स्वर्ण पदकको लक्ष्यसहित नेपाली खेलाडी तथा प्रशिक्षकले मेहनत गरिरहेका छन् । श्रीलङ्कामा सम्पन्न दशौँ संस्करणदेखि नेपालले आर्चरीमा सहभागिता जनाउन शुरु गरेको थियो । पहिलो सहभागितामै मात्र सीमित रहेकामा बङ्गलादेशमा भएको ११औँ संस्करणमा टिम रिकर्भ विधामा कास्य तथा अघिल्लो पटक भारतमा भएको १२औँ संस्करणमा...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    साग प्रतियोगितामा प्रहरीबाट ९२ खेलाडीले खेल खेल्ने

    नेपाल प्रहरीबाट १३ औँ दक्षिण एशियाली खेलकूद सागमा नेपाल प्रहरीको तर्फबाट ९२ खेलाडी खेल्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट ४४ महिला र ४८ पुरुष गरी ९२ खेलाडीको सहभागिता रहने भएको हो । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नेपाल प्रहरीले १९ खेलमा सहभागिता जनाउने जानकारी दिनुभयो ।...

Pages