खेलकुद
-
२०७६ भाद्र ११, बुधबार
खेलमैदान निर्माण
म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोट स्थित कैलाशफाँटमा बगर सम्माएर खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ १२० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिका स्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्याम सुन्दर कँडेलले बताउनुभयो । प्याराफिट, घेराबार निर्माण र बीचमा रहेको...
-
२०७६ भाद्र ११, बुधबार
साफ च्याम्पियनसिपः फाइनमा पुग्न नेपाललाई चुनौती
भारतमा जारी साफ यू–१५ पन्ध्र वर्षमुनि च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गरेमा मात्र फाइनलमा स्थान बनाउने छ । त्यस्तै हिजो भएको खेलमा नेपालले साविक विजेता बङ्गलादेशलाई ४–१ गोलअन्तरले पराजित गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो । नेपाल र...
-
२०७६ भाद्र १०, मंगलबार
पोखरामा प्रदेशस्तरीय छेलो प्रतियोगिता हुने
विभिन्न पर्व तथा उत्सवमा प्रचलित छेलो ठेलो प्रतियोगिता पछिल्लो समय हराउँदै गएको अवस्थामा पोखरामा यस खेलको प्रदेशस्तरीय प्रतियोगिता गरिने भएको छ । पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट र इन्द्रेणी एकीकृत विकास केन्द्रको अगुवाइमा हरितालिका तीजका अवसरमा आयोजना गरेको तीज मेलामा यही भदौ १४ गते गण्डकी प्रदेशस्तरीय छेलो प्रतियोगिता गर्न लागिएको हो । पोखरा महानगरपालिका–१ टुँडिखेलको खेलमैदानमा सञ्चालन हुने...
-
२०७६ भाद्र १०, मंगलबार
साफ यू–१५ फुटबल ः नेपाल विजयी
भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ पन्ध्र वर्षमुनि पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ । भारतको कल्याणी रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गोलले हराएको हो । यसअघि नेपालले श्रीलङ्कालाई २–० गोलले हराएको थियो । बङ्गलादेशसँगको खेलमा नेपालका लागि क्रिशन अधिकारी यादवले दुई तथा सुगन जिमी र प्रदीप लम्सालले एक÷एक गोल गरे । बङ्गलादेशका लागि मियाँले...
-
२०७६ भाद्र ६, शुक्रबार
राष्ट्रिय फुटबल टोलीले मलेसियन क्बलसँग मैत्रीपूर्ण खेल खेल्ने
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यही भदौ ९ गते हुने उक्त मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली राष्ट्रिय फुटबल टोली आज राति १०ः०० बजे मलेसिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ एन्फा ले जनाएको छ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एशियाको दोस्रो चरण छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग...
-
२०७६ भाद्र ५, बिहिबार
एसिया कपमा सहभागी हुने खोलाडी छनोट
यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ उन्नाइस वर्षमुनि एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सहभागी हुने खेलाडी छनोट गरिएको छ ।यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपालले आज रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । सो टोलीमा छनोट हुनेहरूमा कप्तान पौडेलसहित रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख, सन्दीप...
-
२०७६ भाद्र ४, बुधबार
फुटबल – नेपाल भारतसँग पराजित
भारतमा जारी पाँचौँ संस्करणको यू–१५ पन्ध्र वर्षमुनि साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । कल्याणी रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ५–० को फराकिलो गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा तीन गोल ग¥यो भने खेलको दोस्रो हाफमा दुई गोल थप्यो । भारतको जितमा महेसनले खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै भारतका सुभो पाउले...
-
२०७६ भाद्र ३, मंगलबार
एभिसी सेन्ट्रल जोन भलिबलमा तीन खेल हुँदै
नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुँदैछ । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने उक्त प्रतियोगिताअन्तर्गत पहिलो खेलमा समूह ‘बी’ को बङ्गलादेश र सोही समूहको अफगानिस्तानबीच खेल हुनेछ । खेल ३ बजेपछि शुरु हुनेछ । हिजो भएको पहिले खेलमा...
-
२०७६ भाद्र २, सोमबार
ह्याण्डबलको महिला टोली भारत प्रस्थान
भारतको जयपुरमा आयोजना गरिएको आठौँ एशियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । बुधबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका खेलाडी तथा प्रशिक्षकलाई नेपाल ह्याण्डबल सङ्घले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो । सो अवसरमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेशसभा सदस्य एवम सङ्घका...
-
२०७६ भाद्र २, सोमबार
‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’
“जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”, तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भन्नुभयो, “सानैदेखि क्रिकेट एकदमै मन पथ्र्यो, क्रिकेट खेल्दाखेल्दै आजको अवस्थामा आइपुगेको हुँ ।” उपकप्तान मल्लले शुरुआती चरणमा फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेको अनुभव सुनाउनुभयो । “आज आफू...
-
२०७६ श्रावण ३२, शनिबार
पाथीभरा गोल्डकपः मोरङ विजयी
चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । टाइबेकरमा मोरङले घरेलु टोली ताप्लेजुङ–११ लाई ५–४ गोलल पराजित गरेको हो । यस अघि निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र शङ्कर राईले गोल गरेका थिए । ताप्लेजुङका लागि क्रिस राई, सन्तोष...
-
२०७६ श्रावण २९, बुधबार
‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ असोज ११ देखि
आगामी असोज ११ गतेदेखि १८ गतेसम्म झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ हुने भएको छ । प्रतियोगितामा दुई विदेशी टिमसहित नेपालका विभागीय टोलीको सहभागिता रहने मङ्गलबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइयो । विगत दुई वर्षदेखि खेलकूद क्षेत्रमा अघि बढिरहेको जायोन स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता हुने र प्रदेश नं १ को...


